२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टेक्सासमा एचडिएनपीले १६औ पटक घरबारबिहिनलाई फलाहार सहित खाना खुवायो

२०७३, १८ पुष सोमबार ०२:०३


विजय थापा/पुस १८, वाशिंगटन डीसी । अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले टेक्सास राज्यको फोर्थवर्थ डलसमा गत आइतबार दिसम्बर ३१ तारिख युनिटी पार्कमा घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई फलाहार सहित भोजन गराएको छ ।

झन्डै चार सय जनालाई फलाहार ,स्वास्थ्य, स्वादिस्ट खाना तथा अन्य पौष्टिक आहार आदि खुवाएको छ । एचडीएनपी इन्टरनेसनल उनीहरुको लागि स्वास्थ्य, शिक्षा र जीविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।

हरेक ३ महिनामा यस्ता अशक्त, घरबार बिहिन तथा मागेर जिविको पार्जन गर्नेलाई खुवाउने अन्तर्गत २०१६ को अन्तिम दिन दिसम्बर ३१ तारिख सामूहिक भोजन गराईएको संस्थाका अध्यक्ष देवी डेविड आचार्यले बताए ।

हरेक त्रैमासिक रुपमा खाना खुवाउन पर्ने र यस्को लागि अर्थ पनि संकलन गर्नु पर्ने भएकोले प्रायोजन गर्न ईक्षा राख्ने सबैमा अनुरोध समेत आचार्यले गरेका छन् l संस्थाले नेपालको पशुपतिनाथमा घरवार बिहीन,मागेर हिड्ने तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ ।


यसको अतिरिक्त एचडीएनपी इन्टरनेसनलले उनीहरुको स्वास्थ्य उपचार तथा लुगा कपडाहरु समेत उपलब्ध गराउदै आएको छ l  हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी