विजय थापापुस १९, वाशिंगटन डीसी l दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए )को बोर्ड अफ ट्रस्टी (एएनए संचालक समिति )ले एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती गरेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापापुस १९, वाशिंगटन डीसी l दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए )को बोर्ड अफ ट्रस्टी (एएनए संचालक समिति )ले एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती गरेको"/>
२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती

२०७३, १९ पुष मंगलवार ०२:४५

विजय थापापुस १९, वाशिंगटन डीसी l दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए )को बोर्ड अफ ट्रस्टी (एएनए संचालक समिति )ले एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती गरेको छ l गत दिसेम्बर २६ ,२०१६ तारिख एएनए संचालक समितिको बैठक को निर्णय अनुसार जनवरी ७ तारिख देखि लागु हुने गरि एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती गरेको छापा बिज्ञप्तिमा जनाइएको छ l 

वर्तमान कार्यकारी समितिको कार्यकाल अवधि आगामी जनवरी ६ तारिखमा समाप्त हुने भएकोले जनवरी ७ तारिख देखि नै लागु हुने गरि एएनए बोर्ड अफ ट्रस्टी निर्णय गरेको छ l एएनए अन्तरिम कार्यकारी समितिले जनवरी ७ देखि काम अर्को चुनाबको व्यवस्था नहुन्जेल एएनए को बार्षिक सम्मेलन जुलाई ४ तारिख सम्म काम गर्ने जनाएको छ l 

एएनए संचालक समिति ले वर्तमान सभापति शम्भु  ढुंगाना तथा समितिलाई कुसल नेतृत्व प्रदान गर्न सफल भएकोमा धन्यवाद दिएको छ l  एएनए अन्तरिम कार्यकारी समितिले एएनए संचालक समितिको निर्देशन अनुसार काम गर्ने तथा अर्को चुनाब द्वारा नयाँ कार्यकारी समिति गठन नहुन्जेल काम गर्ने जनाएको छ l 

हरेक दुई बर्ष को जुन महिनामा निर्वाचन हुने गरेता पनि जनवरी २०१५ मा अदालत द्वारा एएनए संचालक समितिको नियुक्ति भएकोले उक्त कार्यकारी समितिको म्याद आगामी जनवरी ६ ,२०१७ मा समाप्त हुने छापा बिज्ञप्तिमा उल्लेख गरेको छ l 

यसै गरि निवर्तमान अध्यक्ष रोजर अधिकारी लाई एएनए संचालक समितिले संचालक समितिको सदस्यमा नियुक्त गरेको छ l उनको समय अवधि जनवरी ७ मा म्याद गुज्रिने हुन्छ भने वर्तमान अध्यक्ष शम्भु ढुंगाना एएनए संचालक समितिमा प्रवेस गर्ने छन l

उक्त एएनए संचालक समिति ( बोर्ड अफ ट्रस्टी ) सन् २०१५ मा स्थापित भएको हो भने गत बर्ष एएनए एटलान्टा सम्मेलनका साधारण सभाले अनुमोदन गरेको छापा बिज्ञप्तिमा जनाईएको छ l एएनए अन्तरिम कार्यकारी समितिमा सभापतिमा मेदिनी अधिकारी ,वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी ,संचार निर्देशकमा तुलसी जोशी ,समिति सदस्यमा विजय श्रेष्ठ तथा राजेन्द्र खतिवडा लाई नियुक्त गरिएको छ l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ