प्रज्वल पौडेल । पुस २७, रामेछाप । रामेछापमा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । बुधबार (आज) बिहान ७:४० बजे तिरको समयमा मन्थलि .नपा. "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल । पुस २७, रामेछाप । रामेछापमा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । बुधबार (आज) बिहान ७:४० बजे तिरको समयमा मन्थलि .नपा. "/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछापमा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु, ३ जना घाईते

२७ पुष २०७३, बुधबार ०४:१५

प्रज्वल पौडेल । पुस २७, रामेछाप । रामेछापमा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । बुधबार (आज) बिहान ७:४० बजे तिरको समयमा मन्थलि .नपा. १ मक्षेडाँडीमा टिपर दुर्घटना हुदाँ सिन्धुली जिल्ला भद्रकाली – ८ का १८ बर्षिय रमेश बम्जनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा घाईते हुनेहरू मध्ये सिन्धुलीका २१ बर्षिय मोहन खड्का र चालक सर्लाही जिल्लाका ३० बर्षिय मुकुन्द घिमिरेको अवस्था गम्भिर रहेकोले थप उपचारका लागी धुलिखेल अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता प्रेम जाेशीले जानकारी दिनुभयाे । जाेशीका अनुसार रामेछाप डडुवा ५ का २१ बर्षिय कुसुम थामीको तामाकोशी अस्पताल मन्थली रामेछापमा उपचार भई रहेको छ । घटनाको प्रारम्भिक अनुसन्धानमा टिपर तिब्रगतिमा रहेको र मोडमा चालकले उचित नियन्त्रण गर्न नसकेकाे देखिएकाे र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ ।

बिट्टाटार स्थित बज्रगुरु निर्माण सेवा कम्पनिको क्याम्पबाट मन्थलि भैसेश्वर तर्फ आउदै गरेको ना.१ अ यो ५७ नं. को बज्रगुरु निर्माण सेवा कम्पनिले प्रयोग गरेको योजनाको टिपर सडकबाट अन्दाजि ८०-९० मिटर दाहिने तर्फ खसेर साे सवारी दुर्घटनामा भएकाे बताईएकाे छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’