३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफैले लगाएको बेल्टमा झुण्डिएका थिए यम बुद्ध

२ माघ २०७३, आईतवार १३:२१

माघ २, काठमाडौँ | सनिबार बाथरुममा झुन्डिएको अवस्थामा फेला परेका र्यापर तथा गायक यम बुद्ध स्टेजमा यम बुद्ध आज सामाजिक संजालमा श्रद्धान्जलीमै व्यक्त भएका छन् । सामाजिक संजाल ट्वीटरमा आइतबार १ नम्बरको ट्रेण्डमा चलेका गायक यम बुद्धले आफ्नै बेल्टले पासो लगाएर आत्महत्या गरेको परीवार स्रोतले जनाएको छ । 

सन् २००९ मा विद्यार्थी भिजामा लन्डन आएर सन् २०११ मा नेपाल फर्किएका उनी बिहेपछि २०१४ मा श्रीमतीको स्पाउज भिजामा यूके आएका थिए । 

लन्डन साउथ हयारो नजिक फिल्ड इन्ड रोड, रइसलिपमा ससुराली घरमा बस्दै आएका ३० वर्षीय यम शुक्रबार रोयल मेल (हुलाक सेवा कम्पनी) को काम सकेर घर फर्किएका थिए । घर आएर खाना खायर मध्येरात सम्म जागै रहेका उनि आफ्नी श्रीमती अस्मिता सेढाईंसँगै सुतेका थिए । तर त्यसको करिव तीन घण्टापछि करिव साढे तीन बजे बाथरुम छिरेका उनि त्यहि अलमलिए । साढे तीन बजे बाथरुम छिरेका उनि किन आफ्नो ओछ्यानमा फर्केनन् भन्ने कुरा उनिसंगै सुतेकी श्रीमतीले थाहा पाइनन् वा उनि निन्द्रामा परिन । बिहान ६ बजेतिर मात्र त्यही घर बस्ने एक जना बाथरुम जान खोज्दा ढोका लक अवस्थामा थियो ।

लक भइरहेको ढोका अर्को चावीले खोल्दा मात्र थाहा भयो कि कुनै व्यक्ति बाथरुममा झुण्डीरहेको थियो । उनि थिए यम बुद्ध (अनिल अधिकारी) । उनि टावल झुण्ड्याउने बलियो डन्डीमा बेल्टको सहाराले घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा थिए । 

पारिवारिक स्रोतका अनुसार यमले पछिल्लो पटक आफु सफल बन्न नसकेको कारणलाई आत्महत्याको कारण मानेको छ । पछिल्लो समय उनको लोकप्रियता खस्कदै गएको कारण उनले आत्महत्या गरेको भनिएपनि सामाजिक संजालमा बिभिन्न खालका अड्कलबाजी भएका छन् । २५ बर्षे यमकि श्रीमतीले श्रीमानको मृत्युको बिषयमा कुनै प्रतिक्रिया नदिएका कारण अहिलेसम्म उनको आत्महत्याको घटनाको एकिन कारण भने बाहिरिन सकेको छैन । श्रीमतीसंगै सुतेका भनिएका उनले एकासी राति तीन बजे किन आफैलाई मार्ने बाटो रोजे भन्ने कुरा अनुमान लगाउन पनि गाह्रो छ । 

परिवार स्रोतले अनुमान लगाएजस्तो पछिल्लो असफलतानै उनको आत्महत्याको कारण थियो भने उनले अझै केहि दिन आफुलाई कुर्न सक्थे किनकी आत्महत्याको दुई दिन अघिसम्म यम ५ वटा गीतहरुको संग्रह निकाल्न रेकर्डिङमै व्यस्त थिए । करिब ९५ प्रतिशत रेकर्डिङ सकिइसकेको र जनवरी १५ भित्र एल्बम रिलिज गर्ने तयारी गर्दै गरेका यमले आफ्नो पछिल्लो एल्बम पर्खन सक्थे । त्यति मात्र नभई उनले आगामी इभेन्टको समेत प्लानिंग तथा इभेन्ट हाल समेत बुकिंग गरिसकेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’