२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफैले लगाएको बेल्टमा झुण्डिएका थिए यम बुद्ध

२०७३, २ माघ आईतवार १३:२१

माघ २, काठमाडौँ | सनिबार बाथरुममा झुन्डिएको अवस्थामा फेला परेका र्यापर तथा गायक यम बुद्ध स्टेजमा यम बुद्ध आज सामाजिक संजालमा श्रद्धान्जलीमै व्यक्त भएका छन् । सामाजिक संजाल ट्वीटरमा आइतबार १ नम्बरको ट्रेण्डमा चलेका गायक यम बुद्धले आफ्नै बेल्टले पासो लगाएर आत्महत्या गरेको परीवार स्रोतले जनाएको छ । 

सन् २००९ मा विद्यार्थी भिजामा लन्डन आएर सन् २०११ मा नेपाल फर्किएका उनी बिहेपछि २०१४ मा श्रीमतीको स्पाउज भिजामा यूके आएका थिए । 

लन्डन साउथ हयारो नजिक फिल्ड इन्ड रोड, रइसलिपमा ससुराली घरमा बस्दै आएका ३० वर्षीय यम शुक्रबार रोयल मेल (हुलाक सेवा कम्पनी) को काम सकेर घर फर्किएका थिए । घर आएर खाना खायर मध्येरात सम्म जागै रहेका उनि आफ्नी श्रीमती अस्मिता सेढाईंसँगै सुतेका थिए । तर त्यसको करिव तीन घण्टापछि करिव साढे तीन बजे बाथरुम छिरेका उनि त्यहि अलमलिए । साढे तीन बजे बाथरुम छिरेका उनि किन आफ्नो ओछ्यानमा फर्केनन् भन्ने कुरा उनिसंगै सुतेकी श्रीमतीले थाहा पाइनन् वा उनि निन्द्रामा परिन । बिहान ६ बजेतिर मात्र त्यही घर बस्ने एक जना बाथरुम जान खोज्दा ढोका लक अवस्थामा थियो ।

लक भइरहेको ढोका अर्को चावीले खोल्दा मात्र थाहा भयो कि कुनै व्यक्ति बाथरुममा झुण्डीरहेको थियो । उनि थिए यम बुद्ध (अनिल अधिकारी) । उनि टावल झुण्ड्याउने बलियो डन्डीमा बेल्टको सहाराले घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा थिए । 

पारिवारिक स्रोतका अनुसार यमले पछिल्लो पटक आफु सफल बन्न नसकेको कारणलाई आत्महत्याको कारण मानेको छ । पछिल्लो समय उनको लोकप्रियता खस्कदै गएको कारण उनले आत्महत्या गरेको भनिएपनि सामाजिक संजालमा बिभिन्न खालका अड्कलबाजी भएका छन् । २५ बर्षे यमकि श्रीमतीले श्रीमानको मृत्युको बिषयमा कुनै प्रतिक्रिया नदिएका कारण अहिलेसम्म उनको आत्महत्याको घटनाको एकिन कारण भने बाहिरिन सकेको छैन । श्रीमतीसंगै सुतेका भनिएका उनले एकासी राति तीन बजे किन आफैलाई मार्ने बाटो रोजे भन्ने कुरा अनुमान लगाउन पनि गाह्रो छ । 

परिवार स्रोतले अनुमान लगाएजस्तो पछिल्लो असफलतानै उनको आत्महत्याको कारण थियो भने उनले अझै केहि दिन आफुलाई कुर्न सक्थे किनकी आत्महत्याको दुई दिन अघिसम्म यम ५ वटा गीतहरुको संग्रह निकाल्न रेकर्डिङमै व्यस्त थिए । करिब ९५ प्रतिशत रेकर्डिङ सकिइसकेको र जनवरी १५ भित्र एल्बम रिलिज गर्ने तयारी गर्दै गरेका यमले आफ्नो पछिल्लो एल्बम पर्खन सक्थे । त्यति मात्र नभई उनले आगामी इभेन्टको समेत प्लानिंग तथा इभेन्ट हाल समेत बुकिंग गरिसकेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन