माघ ५, न्यूयोर्क । न्यूयोर्क निवासी एक उद्यमी महिलाको सहयोगमा काठमाडौंस्थित कपनमा ब्युटिसियन तथा सिलाई तालिम सञ्चालन भएको छ । 

लामो समयदेखि न्यूयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, न्यूयोर्क । न्यूयोर्क निवासी एक उद्यमी महिलाको सहयोगमा काठमाडौंस्थित कपनमा ब्युटिसियन तथा सिलाई तालिम सञ्चालन भएको छ । 

लामो समयदेखि न्यूयो"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूयोर्क निवासी मुनाको सहयोगमा काठमाडौंमा स्वरोजगार तालिम

५ माघ २०७३, बुधबार ०२:४९

माघ ५, न्यूयोर्क । न्यूयोर्क निवासी एक उद्यमी महिलाको सहयोगमा काठमाडौंस्थित कपनमा ब्युटिसियन तथा सिलाई तालिम सञ्चालन भएको छ । 

लामो समयदेखि न्यूयोर्कलाई कर्मथलो बनाई ब्युटिसियन व्यवसायमा संलग्न मुना राई गुरुङको ८० हजार रुपैयाँ सहयोगमा बुढानिलकण्ठ नगरपालिकाभित्रका भूकम्प प्रभावित महिलाहरुलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत ब्युटिसियन तथा सिलाई तालिम शुरु गरिएको हो ।

न्यूयोर्क म्यानहाटनस्थित एम नेल्स एण्ड स्किन केयरकी सञ्चालक मुनाको सहयोगमा काठमाडौंस्थित पुराना कांग्रेस नेता तथा ट्रेड युनियन अभियन्ता आत्माराम पौडेलको संयोजनमा गत माघ ३ गते बुढानिलकण्ठ नगरपालिकाअन्तर्गतको कपनमा उक्त प्रशिक्षण शुरु गरिएको हो ।

दुई जना प्रशिक्षकका साथै तालिमलाई आवश्यक सम्पूर्ण सामग्रीसहित गत सोमबार स्थानीय कांग्रेस क्षेत्रीय सभापति राजु श्रेष्ठले तालिम केन्द्रको उद्घाटन गरे । उद्घाटनपछि स्थानीय १० जना महिलाले सिलाई प्रशिक्षण शुरु गरेको प्रशिक्षण केन्द्रका संयोजक आत्माराम पौडेलले बताए । 

पौडेल भन्छन्–‘हाल अधिकांश स्थानीय महिलाहरुले सिलाई प्रशिक्षण गर्ने चाहना व्यक्त गरेअनुसार सिलाई तालिम केन्द्र शुरु गरे पनि ब्युटिसियन तालिमसमेत दिलाउने हाम्रो केन्द्रको पूर्वाधार तयार नबनेसम्म हाल ५ जना महिलालाई स्थानीय चपलीमा सञ्चालित सिर्जना ब्युटिपार्लरमा ब्युटिसियन तालिमका लागि शुल्क तिरेर पठाएका छौं । 

केही महिनाभित्र ब्युटिसियन तालिमसमेत आफ्नै केन्द्रबाट दिलाउने व्यवस्था गर्नेछौं ।’ पौडेलले स्थानीय महिलाहरुलाई सिलाई तथा ब्युटिसियन तालिम उपलब्ध गराएर स्वरोजगार बनाउने हाम्रो योजनाअनुसार न्यूयोर्क निवासी मुना राईको यो सहयोग निकै महत्वपूर्ण भएको बताए ।

सिलाई प्रशिक्षण तालिम ६ महिनाको हुनेछ । न्यूयोर्कमा महिलाहरुको प्रोत्साहनमा विविध प्रकारको सहयोग उपलब्ध गराउँदै आएकी मुना राई गुरुङले नेपालका महिला दिदीबहिनीहरुको सीप विकासमा केही सहयोग गर्न पाएकोमा अति नै खुसी लागेको बताइन् । 

राई भन्छिन्–‘सानो सहयोगले नेपालका दिदीबहिनीहरु स्वरोजगार भएर केही आर्जन गर्न सक्छन् भने त्यो मेरो लागि गर्वको कुरा हो ।’ राईले यसअगाडि पनि स्थानीय अधिकारको संयोजकत्वमा न्यूयोर्कस्थित नेपालीभाषी महिलाहरुलाई आफ्नै नेल्स सलुनमा ब्युटिसियन तालिमको व्यवस्थापन गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता