माघ ५, न्यूयोर्क । न्यूयोर्क निवासी एक उद्यमी महिलाको सहयोगमा काठमाडौंस्थित कपनमा ब्युटिसियन तथा सिलाई तालिम सञ्चालन भएको छ । 

लामो समयदेखि न्यूयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, न्यूयोर्क । न्यूयोर्क निवासी एक उद्यमी महिलाको सहयोगमा काठमाडौंस्थित कपनमा ब्युटिसियन तथा सिलाई तालिम सञ्चालन भएको छ । 

लामो समयदेखि न्यूयो"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूयोर्क निवासी मुनाको सहयोगमा काठमाडौंमा स्वरोजगार तालिम

२०७३, ५ माघ बुधबार ०२:४९

माघ ५, न्यूयोर्क । न्यूयोर्क निवासी एक उद्यमी महिलाको सहयोगमा काठमाडौंस्थित कपनमा ब्युटिसियन तथा सिलाई तालिम सञ्चालन भएको छ । 

लामो समयदेखि न्यूयोर्कलाई कर्मथलो बनाई ब्युटिसियन व्यवसायमा संलग्न मुना राई गुरुङको ८० हजार रुपैयाँ सहयोगमा बुढानिलकण्ठ नगरपालिकाभित्रका भूकम्प प्रभावित महिलाहरुलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत ब्युटिसियन तथा सिलाई तालिम शुरु गरिएको हो ।

न्यूयोर्क म्यानहाटनस्थित एम नेल्स एण्ड स्किन केयरकी सञ्चालक मुनाको सहयोगमा काठमाडौंस्थित पुराना कांग्रेस नेता तथा ट्रेड युनियन अभियन्ता आत्माराम पौडेलको संयोजनमा गत माघ ३ गते बुढानिलकण्ठ नगरपालिकाअन्तर्गतको कपनमा उक्त प्रशिक्षण शुरु गरिएको हो ।

दुई जना प्रशिक्षकका साथै तालिमलाई आवश्यक सम्पूर्ण सामग्रीसहित गत सोमबार स्थानीय कांग्रेस क्षेत्रीय सभापति राजु श्रेष्ठले तालिम केन्द्रको उद्घाटन गरे । उद्घाटनपछि स्थानीय १० जना महिलाले सिलाई प्रशिक्षण शुरु गरेको प्रशिक्षण केन्द्रका संयोजक आत्माराम पौडेलले बताए । 

पौडेल भन्छन्–‘हाल अधिकांश स्थानीय महिलाहरुले सिलाई प्रशिक्षण गर्ने चाहना व्यक्त गरेअनुसार सिलाई तालिम केन्द्र शुरु गरे पनि ब्युटिसियन तालिमसमेत दिलाउने हाम्रो केन्द्रको पूर्वाधार तयार नबनेसम्म हाल ५ जना महिलालाई स्थानीय चपलीमा सञ्चालित सिर्जना ब्युटिपार्लरमा ब्युटिसियन तालिमका लागि शुल्क तिरेर पठाएका छौं । 

केही महिनाभित्र ब्युटिसियन तालिमसमेत आफ्नै केन्द्रबाट दिलाउने व्यवस्था गर्नेछौं ।’ पौडेलले स्थानीय महिलाहरुलाई सिलाई तथा ब्युटिसियन तालिम उपलब्ध गराएर स्वरोजगार बनाउने हाम्रो योजनाअनुसार न्यूयोर्क निवासी मुना राईको यो सहयोग निकै महत्वपूर्ण भएको बताए ।

सिलाई प्रशिक्षण तालिम ६ महिनाको हुनेछ । न्यूयोर्कमा महिलाहरुको प्रोत्साहनमा विविध प्रकारको सहयोग उपलब्ध गराउँदै आएकी मुना राई गुरुङले नेपालका महिला दिदीबहिनीहरुको सीप विकासमा केही सहयोग गर्न पाएकोमा अति नै खुसी लागेको बताइन् । 

राई भन्छिन्–‘सानो सहयोगले नेपालका दिदीबहिनीहरु स्वरोजगार भएर केही आर्जन गर्न सक्छन् भने त्यो मेरो लागि गर्वको कुरा हो ।’ राईले यसअगाडि पनि स्थानीय अधिकारको संयोजकत्वमा न्यूयोर्कस्थित नेपालीभाषी महिलाहरुलाई आफ्नै नेल्स सलुनमा ब्युटिसियन तालिमको व्यवस्थापन गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा