आर.पी.सिर्जन/माघ ९, युएई । युएई स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनको प्रमुख आतिथ्यमा गल्फ स्पाइसी नेपाली रेस्टुरेन्ट उदघाटन भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आर.पी.सिर्जन/माघ ९, युएई । युएई स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनको प्रमुख आतिथ्यमा गल्फ स्पाइसी नेपाली रेस्टुरेन्ट उदघाटन भएको "/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा गल्फ स्पाइसी नेपाली रेस्टुरेन्ट उदघाटन

९ माघ २०७३, आईतवार ०६:४०


आर.पी.सिर्जन/माघ ९, युएई । युएई स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनको प्रमुख आतिथ्यमा गल्फ स्पाइसी नेपाली रेस्टुरेन्ट उदघाटन भएको छ । 

युएईको अज्मानस्थित जर्फमा नेपालमा झापा घर भएका लक्ष्मण गीरिको गल्फ स्पाईसी रेस्टुरेन्ट को सुरुवात गर्नुभएको हो । ऊक्त समारोहमा नेपाली समाज युएई का अध्यक्ष सिपी सापकोटा, पत्रकार र झापाली समाज युएईका प्रतिनिधीहरु प्रथम उपाध्यक्ष दिपक बस्नेत, निबर्तमान अध्यक्ष मोहन सिवाकोटी,सचीव पारस लामा र अन्य दुबई क्षेत्रीय समितिका पदाधिकारी सहित करिव २०० जना नेपालीहरुको ऊपस्थिति रहेको थियो । 

संचालक गिरीको उक्त रेस्टुरेन्टमा सबै प्रकारका नेपाली परिकारहरु पाऊनुको साथै बिभिन्न लेबर क्याप हरुमा दैनीक ३००/४०० जनालाई क्यट्रिङको सेवा दिन सकिने र अहिले पनि कन्ट्रयाक गरिसकेको उहाँले बताउनुभयो । 


साथै ब्याबसाय संचालनमा सहयोग पुर्याउनु हुने साथीहरु इन्द्र पुरी, बासु आचार्य, युबराज पौडेल, जनार्दन शर्मा र नीर बहादुर गिरिको हमेसा साथ सहयोग रहेको बताउनु भयो । नेपाली हरु को बैदेशीक रोजगारी को एक प्रमुख गन्तव्य मा पर्ने युएई श्रम को खोजी मा युएई आईपुगेका नेपाली हरु पछिल्लो समय व्यापार व्यबसाय तिर निक्कै आकर्षित देखिएका छन सुरक्षित लगानी र नेपाली हरुको बढ्दो जनसङ्ख्या ले गर्दा नेपाली हरु प्रति लक्षित गरेर खोलीने व्यवसाय मा रेस्टुरेन्ट व्यवसाय निक्कै राम्रो मानिन्छ ।

यसरी नेपालीहरुले बिस्तारै ब्याबसाय बढाउँदै लग्दा नेपाली प्रति हेर्ने अरु देशका मान्छेको दृष्टीकोण पनि उच्च हुँदै जाने गरेको छ । गल्फ स्पाईसीमा ९ जनाले रोजगारी पाउनुका साथै त्यो क्षेत्रमा भएका धेरै नेपालीले आफ्नो घरको स्वादको परिकार खान पाउने हुँदा मख्ख छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता