आर.पी.सिर्जन/माघ ९, युएई । युएई स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनको प्रमुख आतिथ्यमा गल्फ स्पाइसी नेपाली रेस्टुरेन्ट उदघाटन भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आर.पी.सिर्जन/माघ ९, युएई । युएई स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनको प्रमुख आतिथ्यमा गल्फ स्पाइसी नेपाली रेस्टुरेन्ट उदघाटन भएको "/>

2026-09-08 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा गल्फ स्पाइसी नेपाली रेस्टुरेन्ट उदघाटन


आर.पी.सिर्जन/माघ ९, युएई । युएई स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनको प्रमुख आतिथ्यमा गल्फ स्पाइसी नेपाली रेस्टुरेन्ट उदघाटन भएको छ । 

युएईको अज्मानस्थित जर्फमा नेपालमा झापा घर भएका लक्ष्मण गीरिको गल्फ स्पाईसी रेस्टुरेन्ट को सुरुवात गर्नुभएको हो । ऊक्त समारोहमा नेपाली समाज युएई का अध्यक्ष सिपी सापकोटा, पत्रकार र झापाली समाज युएईका प्रतिनिधीहरु प्रथम उपाध्यक्ष दिपक बस्नेत, निबर्तमान अध्यक्ष मोहन सिवाकोटी,सचीव पारस लामा र अन्य दुबई क्षेत्रीय समितिका पदाधिकारी सहित करिव २०० जना नेपालीहरुको ऊपस्थिति रहेको थियो । 

संचालक गिरीको उक्त रेस्टुरेन्टमा सबै प्रकारका नेपाली परिकारहरु पाऊनुको साथै बिभिन्न लेबर क्याप हरुमा दैनीक ३००/४०० जनालाई क्यट्रिङको सेवा दिन सकिने र अहिले पनि कन्ट्रयाक गरिसकेको उहाँले बताउनुभयो । 

साथै ब्याबसाय संचालनमा सहयोग पुर्याउनु हुने साथीहरु इन्द्र पुरी, बासु आचार्य, युबराज पौडेल, जनार्दन शर्मा र नीर बहादुर गिरिको हमेसा साथ सहयोग रहेको बताउनु भयो । नेपाली हरु को बैदेशीक रोजगारी को एक प्रमुख गन्तव्य मा पर्ने युएई श्रम को खोजी मा युएई आईपुगेका नेपाली हरु पछिल्लो समय व्यापार व्यबसाय तिर निक्कै आकर्षित देखिएका छन सुरक्षित लगानी र नेपाली हरुको बढ्दो जनसङ्ख्या ले गर्दा नेपाली हरु प्रति लक्षित गरेर खोलीने व्यवसाय मा रेस्टुरेन्ट व्यवसाय निक्कै राम्रो मानिन्छ ।

यसरी नेपालीहरुले बिस्तारै ब्याबसाय बढाउँदै लग्दा नेपाली प्रति हेर्ने अरु देशका मान्छेको दृष्टीकोण पनि उच्च हुँदै जाने गरेको छ । गल्फ स्पाईसीमा ९ जनाले रोजगारी पाउनुका साथै त्यो क्षेत्रमा भएका धेरै नेपालीले आफ्नो घरको स्वादको परिकार खान पाउने हुँदा मख्ख छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल