२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा नेपाली फेशन शो हुँदै

२०७३, २२ माघ शनिबार १२:४३


माघ २२, दुबई | दुबईमा यही फेब्रुअरी १० तारिखका दिन फेसन सो आयोजना हुने भएको छ । फेसन फ्युजन २०१७ नामको उक्त कार्यक्रमबारे आयोजकले बर दुबईमा रहेको सिराज लस्सी क्याफेटेरियामा पत्रकार सम्मेलन समेत गरेको छ । 

रोयल आइल्याण्ड जनरल ट्रेडिंग तथा छेपारो डट कम का संचालक आकाश खतिवडाले नेपाली पोशाकलाई प्रोत्साहन गर्न कार्येक्रम गर्न लागिएको बताएका छन् । उनका अनुसार अनलाईनबाटै बिभिन्न सामानहरु खरिद गर्न सकिने बिजिनेस पोर्टल छेपारो डट कमको औपचारिक उद्घाटन समेत उक्त कार्यक्रमबाट गरिने छ । छेपारोले नेपाल, युएई, बहराइन र कतारबाट एकैपटक आफ्नो सेवा सुचारु गर्दैछ । 

आयोजक कमिटिका बालकृष्ण मरासिनीले कार्येक्रम मा १० जना बाल बालिका, १० जना महिला मोडल र ५ जना पुरुष मोडललाई र्याम्पमा उतारिने जानकारी दिएका छन् । नेपालमा थुप्रै फेसन शो गरिसकेकी तृष्णा गुरुङको दुबईमा हुने फेसन शो भने पहिलो अन्तर्राष्ट्रिय सोलो शो रहेको छ । उनले नेपाली संस्कृति झल्किने र फेसनलाई फयुजन गरेर तयार पारेका पहिरनहरु लगाएर मोडेलहरु र्याम्पमा उत्रने बताईन । आफुले मोडेलहरुलाई अश्लिल देखाउने खालका पहिरन नभई ग्ल्यामरस लूक्स झल्किने तर्फ़ ध्यान दिएको पनि बताईन । सहभागि मोडेलहरुलाई सावित्री केसीले कोरिओ ग्राफी गराउने छिन् ।

मृगतृष्णा फेसन हाउसको संचालिका डिजाइनर तृष्णा गुरुङ र कोरियो ग्राफर सावित्री केसी दुबई आइपुगे देखीनै फेसन शोमा सहभागी मोडेलहरुलाई प्रशिक्षण सुरु गरिसकेको बताइएको छ । कार्यक्रमका मुख्य आयोजक रोयल आइल्याण्ड जनरल ट्रे डिंग तथा छेपारो डटकमका सञ्चालक आकाश खतिवडा, मृगतृष्णा फेसन हाउसकी संचालिका फेसन डिजाइनर तृष्णा गुरुङ, आयोजक समितिका सदस्य बालकृष्ण मरासिनी र नेत्र चापागाईले पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए ।

कार्यक्रममा गायक हेमन मोक्तानको पनि बेजोड प्रस्तुति रहनेछ । फेशन फ्युजनमा सोजटोपर रुपमा मिस नेपाल २०१४ सुबिन लिम्बु, चर्चित नेपाली नायीकाहरु पूजना प्रधान, रजनी केसी र वर्षा राउतको समेत उपस्थिति रहनेछ । बर दुबईको बैंक स्ट्रीटमा रहेको फोर पोइन्ट्स बाई शेराटोन होटलमा हुने कार्यक्रममा दर्शकका लागि साझ ६३० बजे देखि गेट खुला हुनेछ । आयोजकले दर्शकका लागि १००, २०० र ५०० (साथमा डिनर) का टिकट तोकेको छ भने टिकट कार्यक्रम स्थलबाट समेत लिन सकिने बताइएको छ ।

हेमन मोक्तान फाउन्डेसनको सहयोगार्थ गर्न लागिएको यो कार्यक्रमले नेपाली फेसनको अन्तर्राष्ट्रिय रुपमा विस्तार गर्न टेवा पुराउने आशा गरिएको छ । आयोजकले यस नेपाली फेसन शो मध्य पुर्विय क्षेत्रमै पहिलो पटक हुन लागेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा