विजय थापा | माघ २७, वाशिंगटन डिसी | अमेरिकामा चार बर्ष अगाडी स्थापना भएको  प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि  नेपालका वर्तमान राष्ट्रिय नेता तथा पूर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा | माघ २७, वाशिंगटन डिसी | अमेरिकामा चार बर्ष अगाडी स्थापना भएको  प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि  नेपालका वर्तमान राष्ट्रिय नेता तथा पूर"/>
2026-10-26 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व प्रधानमन्त्रि केपी ओली अमेरिका आउने

विजय थापा | माघ २७, वाशिंगटन डिसी | अमेरिकामा चार बर्ष अगाडी स्थापना भएको  प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि  नेपालका वर्तमान राष्ट्रिय नेता तथा पूर्व प्रधान मन्त्रि केपी शर्मा ओली आउने भएका छन् |

प्रमुख अतिथीका रुपमा पूर्व प्रधान मन्त्रि ओलीलाई प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेसनमा निमन्त्रणा गरिएको छ | आगामी मार्च ३१ देखि अप्रिल २ सम्म अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा हुने मञ्चको अधिवेशनका लागि ओली आउन भएका छन् |

अमेरिकाको टेक्सास राज्यको ड्यालसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्चका सभापति थापाले प्रमुख अतिथि पूर्व प्रधान मन्त्रि ओली लगायत अन्य बिशेष व्यक्तिहरु पनि आउने जानकारी दिए |

दोश्रो अधिवेसन तीन दिन सम्म चल्ने अधिवेशनको पहिलो दिन उद्घाटन, दोस्रो दिन बन्दशत्र र तेस्रो दिन नेतृत्व चयनका कार्यक्रमहरु राखिएको जानकारी पत्रकार भेटघाटमा दिइएको छ |

पत्रकार सम्मेलनमा अमेरिकाका ५० राज्यहरु मध्ये २२ राज्यहरुमा प्रवासी नेपाली मञ्चका सदस्यहरु रहेको जानकारी दिइएको थियो भने ।मञ्चका १५ राज्य समिति, चार क्षेत्रीय समिति रहेका समेत बताईएको छ | यसै गरि अधिवेशन तयारीका लागि १३ वटा विभाग गठन गर्नुका साथै १ सय १ सदस्यीय तयारी उपसमिति समेत गठन गरेको छ |

 स्थापना काल देखि नै सामाजिक सेवामा समर्पित संस्थाले समाजमा राम्रो काम गर्दै आएको जग जाहेर छ | मञ्चले समाज सेवा अन्तर्गत भुकम्प पीडितलाई राहत वितरण ,नेपाल मै छात्रवृत्ति दिने देखि लिएर अमेरिका आएकाहरुलाई बासको चाजो मिलाई दिने तथा रोजगारी अन्य क्षेत्रमा पनि हर कदम सहयोग गर्दै आएको छ । 

उक्त कार्यक्रममा वर्तमान अध्यक्ष संजय थापाले दोश्रो पटक नेतृत्वमा नआउने बताए भने साथीहरुलाई तयार रहन सुझाब दिएको बताए | स्थापना काल देखि राम्रो नेतृत्व प्रदान गर्दै आएका थापाले नेतृत्व न दोहोर्याउने भए पछि वर्तमान महा सचिव प्रभुराम थापा नेतृत्वमा जाने प्रवल सम्भावना रहेको बुझिएको छ |

वर्तमान महा सचिब थापा अध्यक्ष पदका लागि प्रत्याशी बने भने साथीभाईहरु संग सर्वसम्मति पनि बन्ने सम्भावना हुन सक्ने छ | थापा प्रष्ट वक्ता हुन् भने डीसी महानगर क्षेत्रमा निकै क्रियाशील रहेका छन् | उनि संग अनुभव रहनु को साथै बाल्टिमोर स्थित बानाका पूर्व महा सचिव तथा हाल बानाका सल्लाहकार समेत रहेका थापा लायन्स क्लब अफ बाल्टिमोर नेप्लिज्का सदस्य प्रमुख समेत छन् |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने