विजय थापा । फागुन ९, बाल्टिमोर | फेब्रुअरी १९ ,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी उपाध्यक्ष रविना थापाले अध्यक्ष पदको लागि आफ्नो कर्मथलो बाल्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा । फागुन ९, बाल्टिमोर | फेब्रुअरी १९ ,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी उपाध्यक्ष रविना थापाले अध्यक्ष पदको लागि आफ्नो कर्मथलो बाल्ट"/>
2026-10-26 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन अमेरिकाको अध्यक्ष पदमा रविना थापाको उम्मेद्वारी घोषणा

विजय थापा । फागुन ९, बाल्टिमोर | फेब्रुअरी १९ ,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी उपाध्यक्ष रविना थापाले अध्यक्ष पदको लागि आफ्नो कर्मथलो बाल्टिमोर बाट विधिवत रुपमा औपचारिक घोषणा गरेकी छिन् ।

डिसी महानगर क्षेत्रमा लामो समय देखि समाज सेवा तथा विभिन्न संघ/संस्थामा संलग्न भै काम गरि सकेकी थापाले आगामी कार्यकाल २०१७ /२०१९ को लागि अध्यक्ष पदका लागि प्रत्याशी बन्दै उम्मेद्वारी दिएकि हुन् । 

बाल्टिमोरमा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना )को पूर्व अध्यक्ष तथा वर्तमान उपाध्यक्ष भै सफलता पूर्वक काम गरेकी थापाले अहिले सम्मको आफ्नो अनुभव र योगदानलाई निरन्तरता दिँदै सबैबाट प्राप्त सहयोग र सद्भाव अनुसार अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको मन्तब्यको क्रममा बताएकी छिन् ।

थापाको औपचारिक उम्मेद्वारीको घोषणा कार्यक्रममा डीसीमहानगर क्षेत्रका समाज सेवी, लब्ध प्रतिष्ठित व्यक्ति तथा संघ/सँस्थाका बिभिन्न नेपाली समुदायले शुभकामना दिएका थिए । 

थापाले विधिवत उम्मेदवारी दिदै आफ्नो  घोषणा पत्र समेत जारी गरेकी छिन् । आफ्नो नेतृत्व कार्यकालमा एनआरएनए एनसीसी अमेरिका विश्वमा सबैभन्दा उत्कृष्ट दर्जाको एनसीसी हुने र यो मेरो सपना रहेको बताईन ।

यसको साथै घोषणा पत्र विशिष्ट योजनाविद तथा एनआरएनए बिज्ञहरुको समेत परामर्शले तयार पारिएको बताइन ।  निर्वाचन पछि, कार्यसमितिको पहिलो बैठक मै प्रस्तुत गरि कार्यन्वयनको लागि अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेकी छिन् । 

उनले संस्था तथा नेतृत्व बिकासबारे चर्चा गर्दै आफ्नो नेतृत्व कार्यकालमा समितिका सदस्य ,शाखा , सल्लाहाकारहरुको आफ्नो क्षमता र जिम्मेवारी अनुसार सकृयता हुने र सम्पूर्ण कुराहरु बिधान, निति, कानुन र नियम संगत हुनेछन भनि विचार पोखिन ।

यस्को  साथै कोही पनि व्यक्ति अराजक र संस्थाको बिपरित जाने छैनन् भन्दै सदस्यता सबैले खोजी खोजी लिने अवस्थाको सृजना हुने छ भनि आफ्नो घोषणा पत्रमा उल्लेख गरेको बताइन ।

यसको साथै गैर आवासिय नेपाली संघ अन्तऱराष्ट्रिय समन्वय परिषदसँग सत प्रतिशत रुपमा मापदण्डहरु पुरा गरेको एनसीसी हुनेछ। र उनले मन्तब्य कै क्रममा सन् २०१७ मै आइसीसीमा कम्तिमा पनि दुई वटा महत्वपूर्ण स्थान र २०१९ मा विशिष्ट श्रेणीको नेतृत्व दावी गर्ने अवस्थाको नेतृत्व विकास (लिडर्शिप डेभलप) गरिने बताईन ।

अमेरिकामा रहेका नेपाली समुदायहरुको लागि र मातृभूमी नेपालमा गरिने परियोजना गरि आफ्नो कार्यकालमा दुई खाले परियोजना हुने मन्तब्यमा राखिन । सम्पूर्ण परियोजना मध्ये ८० प्रतिशत चाँही अमेरिकामा रहेका नेपाली समुदायको हितमा गरिने बताईन ।

मन्तब्य कै क्रममा उनका घोषणा पत्र अनुसार व्यवस्थापन बारेमा चर्चा गर्दै हप्तामा ५ देखि ६ दिन सम्म दैनिक ८ घण्टा खोल्ने कार्यालय खोलिने बताइन । यसको साथै अन्य बिषयहरु बारेमा ब्यापार व्यवसाय ,लगानी प्रबर्द्धन, युवा, महिला, खेलकुद बिकास, जन स्वास्थ्य, कानुनी, प्राबिधिक परियोजना, सदस्यहरुलाई सहयोग, लाभ ,आकस्मिक सेवा तथा नीतिगत ब्यबस्थापनका साथै कुटनैतिक सम्बन्धको बिकास गरिने बताइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने