मार्च,  मेलबर्न | मेलबर्नमा करीब चार बर्ष अघि स्थापना भएको दिदीबहिनी समाज भिक्टोरियाले शुरुदेखि नै आफ्नो फरक ढंगको कार्यक्रमका कारण आफ्नै किसिमको पहिचान कायम गर्न स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मार्च,  मेलबर्न | मेलबर्नमा करीब चार बर्ष अघि स्थापना भएको दिदीबहिनी समाज भिक्टोरियाले शुरुदेखि नै आफ्नो फरक ढंगको कार्यक्रमका कारण आफ्नै किसिमको पहिचान कायम गर्न स"/>

2026-10-25 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिदीबहिनी समाज भिक्टोरियाको फरक ढंगको नारी दिवस

मार्च,  मेलबर्न | मेलबर्नमा करीब चार बर्ष अघि स्थापना भएको दिदीबहिनी समाज भिक्टोरियाले शुरुदेखि नै आफ्नो फरक ढंगको कार्यक्रमका कारण आफ्नै किसिमको पहिचान कायम गर्न सफल भएको छ । पश्चिम नेपालका बलात्‍कृत महिलाहरुको पुनर्स्थापनाका लागि सहयोग पुर्याउँदै आइरहेको यस संस्थाले “परिवर्तनका लागि साहसी बन” नाराका साथ यस्ले १०७ औं अन्तराष्ट्रिय नारी दिवस पनि फरक ढंगले मनाएको छ ।    

कार्यक्रममा नाचगान, प्रमाणपत्र बितरण र मन्तब्य ब्यक्त गर्ने मात्रै काम भएन, त्यस्का साथमा योगा र ध्यानका बारेमा जानकारी गराउने र अभ्यास गराउने काम समेत भए । 

कार्यक्रममा बोल्दै भिक्टोरियाका अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले संस्थाको शुरुवातदेखि नै आफू यस्का गतिबिधिसंग जानकार रहंदै आएको र यस्का हरेक गतिबिधिमा आफ्नो सहयोग रहने बताउनु भयो । मोरल्याण्ड सिटी काउन्सिलका मेयर हेलेन डाभिडसनले दिदीबहिनी समाज भिक्टोरियाका गतिबिधिबाट आफू प्रभाबित भएको र मोरल्याण्ड सिटी काउन्सिलले यस्का लागि सक्दो सहयोग गर्ने बताउनु भयो । 

आध्यात्मिक गुरुमा सिस्टर राएवोन सिम्सनले योगा र ध्यानको महत्वमाथि प्रकाश पार्दै कार्यक्रममा उपस्थित सबैलाई ध्यानमा सहभागी गराउनु भयो भने काजल किरणले केही सरल योगाहरुलाई अभ्यास गराउनु भयो । 

संस्थाकी संस्थापक अध्यक्ष एबं बर्तमान सचिब जमुना पराजुलीले सहभागीहरुलाई स्वागत गर्दै संस्था के कस्तो अवस्थाबाट बर्तमान अवस्थामा  आइपुगेको भन्ने फेहरिस्त प्रस्तुत गर्नु भयो । 

संस्थाकी कोषाध्यक्ष प्रभा श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै सहयोगी हातहरुको चर्चा गर्दै उनीहरुको सहयोग बिना संस्था यस ठाउँमा हुन नसक्ने भएकोले आगामी दिनहरुमा उहाँहरुको सहयोगले निरन्तरता पाउने अपेक्षाले मूर्त रुप पाउने आशा ब्यक्त गर्नु भयो । कार्यक्रमको सन्चालन अन्जना नेपालले गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने