मार्च,  मेलबर्न | मेलबर्नमा करीब चार बर्ष अघि स्थापना भएको दिदीबहिनी समाज भिक्टोरियाले शुरुदेखि नै आफ्नो फरक ढंगको कार्यक्रमका कारण आफ्नै किसिमको पहिचान कायम गर्न स"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मार्च,  मेलबर्न | मेलबर्नमा करीब चार बर्ष अघि स्थापना भएको दिदीबहिनी समाज भिक्टोरियाले शुरुदेखि नै आफ्नो फरक ढंगको कार्यक्रमका कारण आफ्नै किसिमको पहिचान कायम गर्न स"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिदीबहिनी समाज भिक्टोरियाको फरक ढंगको नारी दिवस

२०७३, ३ चैत्र बिहीबार ०३:२८


मार्च,  मेलबर्न | मेलबर्नमा करीब चार बर्ष अघि स्थापना भएको दिदीबहिनी समाज भिक्टोरियाले शुरुदेखि नै आफ्नो फरक ढंगको कार्यक्रमका कारण आफ्नै किसिमको पहिचान कायम गर्न सफल भएको छ । पश्चिम नेपालका बलात्‍कृत महिलाहरुको पुनर्स्थापनाका लागि सहयोग पुर्याउँदै आइरहेको यस संस्थाले "परिवर्तनका लागि साहसी बन" नाराका साथ यस्ले १०७ औं अन्तराष्ट्रिय नारी दिवस पनि फरक ढंगले मनाएको छ ।    

कार्यक्रममा नाचगान, प्रमाणपत्र बितरण र मन्तब्य ब्यक्त गर्ने मात्रै काम भएन, त्यस्का साथमा योगा र ध्यानका बारेमा जानकारी गराउने र अभ्यास गराउने काम समेत भए । 


कार्यक्रममा बोल्दै भिक्टोरियाका अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले संस्थाको शुरुवातदेखि नै आफू यस्का गतिबिधिसंग जानकार रहंदै आएको र यस्का हरेक गतिबिधिमा आफ्नो सहयोग रहने बताउनु भयो । मोरल्याण्ड सिटी काउन्सिलका मेयर हेलेन डाभिडसनले दिदीबहिनी समाज भिक्टोरियाका गतिबिधिबाट आफू प्रभाबित भएको र मोरल्याण्ड सिटी काउन्सिलले यस्का लागि सक्दो सहयोग गर्ने बताउनु भयो । 

आध्यात्मिक गुरुमा सिस्टर राएवोन सिम्सनले योगा र ध्यानको महत्वमाथि प्रकाश पार्दै कार्यक्रममा उपस्थित सबैलाई ध्यानमा सहभागी गराउनु भयो भने काजल किरणले केही सरल योगाहरुलाई अभ्यास गराउनु भयो । 

संस्थाकी संस्थापक अध्यक्ष एबं बर्तमान सचिब जमुना पराजुलीले सहभागीहरुलाई स्वागत गर्दै संस्था के कस्तो अवस्थाबाट बर्तमान अवस्थामा  आइपुगेको भन्ने फेहरिस्त प्रस्तुत गर्नु भयो । 


संस्थाकी कोषाध्यक्ष प्रभा श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै सहयोगी हातहरुको चर्चा गर्दै उनीहरुको सहयोग बिना संस्था यस ठाउँमा हुन नसक्ने भएकोले आगामी दिनहरुमा उहाँहरुको सहयोगले निरन्तरता पाउने अपेक्षाले मूर्त रुप पाउने आशा ब्यक्त गर्नु भयो । कार्यक्रमको सन्चालन अन्जना नेपालले गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश