प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनको तयारी पुरा

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

विजय थापा/चैत १८, वाशिंगटन डिसी l प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनको तयारी लगभग पुरा भएको मञ्चका महासचिव प्रभु थापाले ईनेप्लिजलाई बताए l मेरिल्याण्ड राज्यको बाल्टिमोरमा मार्च ३१ देखि अप्रिल २ सम्म हुने कार्यक्रम रहेको छ l

प्रारम्भिक चरणमा प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भनिएता पनि अध्यक्ष नेपाल मै व्यस्तको कारण  नआउने भएका छन् l

तीन वर्षपछि हुन लागेको मञ्चको दोश्रो अधिवेशनको लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट कृयासिल सदस्यहरुबाट छानिएर आएका २५० जति प्रतिनिधिहरुले सो अधिवेशनमा भाग लिनेछन ।

अध्यक्ष ओली व्यस्तताका कारण आउन नसके पछि पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि तथा एमाले संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथि रहने भएका छन् l

बिशेष अतिथिमा पूर्व सामान्य प्रशासन मन्त्रि युवराज कार्की तथा पूर्व स्वास्थ्य मन्त्रि खगराज अधिकारी समेत को उपस्थिति रहने भएको छ l यसै गरी पूर्व सांसद जगदिश कुशयत तथा अमेरिका भ्रमणमा रहेकी अनेरास्ववियूकी अध्यक्ष नबिना लामा पनि सहभागी हुने जानकारी थापाले दिएका छन् l

अधिवेसनको सांस्कृतिक कार्यक्रमको लागि हास्य कलाकार सागर लम्साल (बले सोल्टी ) हरि प्रसाद निरौला (कक्रोज ) तथा लोक गायक भगवान भण्डारी लगाएतको उपस्थिति रहने छ l

३ दिन सम्म चल्ने कार्यक्रम रहेता पनि मार्च ३१ तारिख साँझ ५ बजे देखि प्रतिनिधि हरुको दर्ता तथा साँझ सांस्कृतिक कार्यक्रम रहने छ भने अप्रिल १ तारिख शनिबार बिहान १० बजे देखि १२ बजे सम्म उद्घाटन कार्यक्रम रहने छ l

त्यहि दिन बन्द सत्र हुने र अप्रिल २ तारिख आइतबार नेतृत्व चयन आरम्भ हुने भएको छ l अप्रिल १ बजे अधिवेसन समापन हुने छ l  प्रवासी नेपाली मञ्च अमेरिकाको तर्फ बाट डीसी महानगर क्षेत्रमा बसोबास गर्नु हुने सबै समुदाय ,संघ तथा संस्थाका प्रतिनिधिलाई उपस्थितिको लागि अनुरोध यसै संचार मार्फत संस्थाका महासचिव प्रभुराम थापाले आग्रह गरेका छन् l

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply