विजय थापा  | चैत ३०, वाशिंगटन | गत अप्रिल ९ तारिख नेपाल वातावरण पत्रकार समुहका परिकल्पनाकार /संस्थापक अध्यक्ष ,लेखक ,बहुआयामिक ब्यक्त्तित्व तथा वरिष्ठ पत्रकार कृष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा  | चैत ३०, वाशिंगटन | गत अप्रिल ९ तारिख नेपाल वातावरण पत्रकार समुहका परिकल्पनाकार /संस्थापक अध्यक्ष ,लेखक ,बहुआयामिक ब्यक्त्तित्व तथा वरिष्ठ पत्रकार कृष्"/>
2026-10-26 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डीसीमा वरिष्ठ पत्रकार तथा लेखक कृष्णप्रसाद सिग्ध्याल संग अन्तरक्रिया

विजय थापा  | चैत ३०, वाशिंगटन | गत अप्रिल ९ तारिख नेपाल वातावरण पत्रकार समुहका परिकल्पनाकार /संस्थापक अध्यक्ष ,लेखक ,बहुआयामिक ब्यक्त्तित्व तथा वरिष्ठ पत्रकार कृष्णप्रसाद सिग्ध्याल संग डीसी क्षेत्रमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राखियो |

छोटो समयको लागि अमेरिकाको डीसी महानगर क्षेत्रको भ्रमणमा रहनु भएका सिग्ध्याल संग नेपाल अमेरिका पत्रकार संघले आगामी मे ६ र ७ तारिखमा हुने साधारण सभा सम्बन्धी जानकारी दिने उदेस्यले राखिएको कार्यक्रममा सिग्ध्याल लाई निमन्त्रणा गरि बोलाईएको थियो | 

उक्त भेटघाट कार्यक्रममा नेजा को साधारण सभा बारेमा नेजाका वर्तमान उपाध्यक्ष गुणराज लुइँटेलले गतिबिधि तथा कार्यक्रम बारेमा जानकारी गराएका थिए |  उक्त भेटघाट तथा छोटो अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जिज्ञासा समेत राखेका थिए | उक्त अन्तरक्रिया कार्यक्रममा कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक सम्पादक योगेश उपाध्याय ,नेजाका संस्थापक अध्यक्ष गिरिस पोख्रेल, नेजाका पूर्व अध्यक्ष कृष्ण शर्मा नेजाका उपाध्यक्ष गुणराज लुइँटेल तथा अन्य संचारकर्मी सहित अतिथिहरुको उपस्थिति रहेको थियो |

अतिथि तथा लेखक कृष्णप्रसाद सिग्ध्यालले आफूले प्रकाशित गरेका पुस्तक नेपाल : छिमेक र बिश्व (२०७३ पुस्तकको बारेमा बोल्दै पहिला अंग्रेजीमा पुस्तक निकाल्छु भन्ने सोचेको बताए | तर पछि ८ कक्षा देखि का बिद्यार्थीहरुले समेत नेपाल र अन्तर राष्ट्रिय सम्बन्ध सम्बन्धी सरल संग बुझ्न सकोस भन्ने हेतुले पुस्तक ल्याएको बताए |

पत्रकार सिग्ध्यालका समकालीन पत्रकार पेशामा रहेका योगेश उपाध्यायले लामो समय पछि भेटघाट हुन् पाएकोमा हर्ष व्यक्त गर्दै पुस्तक को बारेमा आफूले अध्ययन नगरेकोले पुस्तक बारेमा बोल्नु भन्दा अमेरिकामा सिग्ध्यालका पुस्तक नेपाल : छिमेक र बिश्व (२०७३ ) उपलब्ध गराउन आग्रह गरे | 

सिग्ध्यालले ले भर्खर प्रकाशित गरेको पुस्तक नेपाल : छिमेक र बिश्व (२०७३ )को बारेमा संक्षिप्त चर्चा गरेका थिए | उनको यो समेत चौथो पुस्तक रहेको जानकारी गराए | यस अघिका उनका बर्दिया :एक चिनारी (२०५१) ,साना कुरा (२०६७ ) र एउटा पत्रकारको कानुनी दैनिकी (२०६८ ) प्रकाशित भएको बताएका थिए |

अर्थ-राजनीति-समाज-प्रविधिलाई (लोकल टु ग्लोबल “रुपमा मन्थन गरि सरल भाषामा प्रस्तुत गर्न निपुण  सिग्ध्याल व्यावहारिक अर्थशास्त्रका ज्ञाता पनि हुन् | अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनैतिक बिषयमा रिपोर्टिंग /सम्पादन/स्तम्भ लेखन /भ्रमण अनुभव हासिल गरेको बताए |

उनले वातावरण संरक्षण परिषद ,राष्ट्रिय विकास परिषद जस्ता नीतिगत संस्था एवं आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा )मा पनि आबद्ध रहेको इतिहास सुनाए | उनले नेपाल : छिमेक र बिश्व बारेमा चर्चा गर्दै पुस्तक इतिहासको यस्तो कालखण्ड मा लेखिदै छ ,जति खेर शताब्दियौ पछि युरोप र अमेरिका बाट शक्ति पुन :एसिया तर्फ फर्कदै छ भने |

चीन ,भारत ,जापान लगायत अन्य ठुलो क्षेत्रफल ओगटेको दक्षिण पूर्व एसियाका देशहरु र पूर्व सोभियत संघको भूभागका मुलुक को विकास पछि निश्चय पनि एसिया बलियो हुने भनि पुस्तकमा उल्लेख गरेको बताए | उनले चीनले आफ्नो लगानी बिश्व भर व्यापक बनाउदै गरेको समेत बताए |

पुस्तक बाहेक आफुले फिलिपिन्स कि पूर्व राष्ट्रपति कि पत्नी इमाल्दा मार्कोस ,भारतका स्व प्रधान मन्त्रि मोराइजि देशाई ,सम्राटअकिहितो तथा अन्य देशका विशिष्ट व्यक्ति तथा राष्ट्र प्रमुख संग अन्तर्वार्ता लिने अवसर पाएको बताए |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने