बैशाख ६, काठमाडौँ | अस्ट्रेलियन सरकारले दक्ष जनशक्ती भित्र्यााउने उद्धेश्यले प्रदान गर्दै आएको फोरफाइभ सेभेन भिसा रद्द गर्ने निर्णय गरेसंगै त्यसको प्रभाव नेपालीमा पनि द"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ६, काठमाडौँ | अस्ट्रेलियन सरकारले दक्ष जनशक्ती भित्र्यााउने उद्धेश्यले प्रदान गर्दै आएको फोरफाइभ सेभेन भिसा रद्द गर्ने निर्णय गरेसंगै त्यसको प्रभाव नेपालीमा पनि द"/>
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलिया पठाउने दलालहरुको धन्दा चौपट, फोर फाइभ सेभेन भिसा खारेज

२०७४, ६ बैशाख बुधबार ०१:३५

बैशाख ६, काठमाडौँ | अस्ट्रेलियन सरकारले दक्ष जनशक्ती भित्र्यााउने उद्धेश्यले प्रदान गर्दै आएको फोरफाइभ सेभेन भिसा रद्द गर्ने निर्णय गरेसंगै त्यसको प्रभाव नेपालीमा पनि देखिने भएको छ । मंगलबार अस्ट्रेलियाका प्रधानमन्त्री टर्नबुलले दक्ष कामदारका रूपमा विदेशी भित्र्याउने यस्तो भिसा बुधबारदेखिनै लागू हुने गरी रद्द गरेको घोषणा गरे ।

अस्ट्रेलियन सरकारले यो भिषामा लगाएको रोक सँगै नेपाली ब्यवसायीहरूको बलियो आम्दानीको स्रोत बन्द भएको छ भने दक्षता भएका नेपालीहरु छोटो बाटो भएर अस्ट्रेलियामा स्थायी बसोबास गर्ने अवसर बन्द भएको छ । सरकारले फोर फाइभ सेभेन अन्तर्गतको भिषा रद्द गरेपनि अस्थाई बसोबास गर्न प्पाउने २ वा ४ बर्षे भिषाको भने ब्यवस्था गर्ने जनाएको छ । 

नयाँ नीतिसंगै अस्ट्रेलियन पीआरको लागि समेत अब समस्या देखिएको छ । दक्ष कामदारले सजिलै पाउने पिआर समेत अब सहज छैन । अष्ट्रेलियामा फोरफाइभ सेभेन भिषा पाउनको लागि नक्कली काम भएको बिषयमा सरकारले ध्यानाकर्षण गर्दै त्यस्तो खालको भिषा बन्द गराएको हुन सक्ने बताइएको छ ।

नेपालमै पनि बार्षिक सयौंको संख्यामा नेपालीहरुले यस्तो खालको भिषा पाई अष्ट्रेलियामा गएका थिए जसमा निकै ठूलो रकमको चलखेल हुने गरेको थियो । अब भने यस्तो खालको भिषामा अष्ट्रेलिया पठाउनेहरुको धन्दा चौपट भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ