ग्लोबल नेपाल फेस्ट २०१७ बाल्टिमोरले बिदेशीलाई नेपालको चिनारी गराउदै सम्पन्न

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
3 Min Read

विजय थापा/बैशाख १८, वाशिंगटन डीसी l ग्लोबल नेपाल फेस्ट २०१७ बाल्टिमोरले बिदेशीहरुलाई नेपालको चिनारी गराउदै गत अप्रिल २९ तारिख सफलतापूर्वक सम्पन्न गरेको छ l भिन्तुना इन्टरनेसनलको आयोजनामा सम्पन्न उक्त उत्सवको मूल उदेश्य नेपालका कुनै पनि चिजलाई प्रबर्धन गर्नु रहेको छ l

यसको साथै नेपालका संगीत ,कला ,पर्यटक ,संस्कृति ,कलाकार ,हस्तकला ,चित्रकला ,भेषभूषा ,नेपाली ब्यबसाय ,गैर मुनाफा संस्था तथा अन्य चिजलाई व्यापक रुपमा प्रबर्धन गर्ने उद्देस्यले उत्सवको आयोजना गरिएको आयोजकले बताएका छन् l

गत अप्रिल १७ तारिख ग्लोबल नेपाल फेस्ट २०१७ डिसी सफलता पूर्वक सम्पन्न गरेको थियो l उत्सव बिहान ११ बजे देखि साँझ ९ बजे सम्म बिबिध कार्यक्रमहरु को आयोजना गर्दै सम्पन्न भएको थियो  l मूल त् बिदेशीहरुलाई नेपालको पहिचान र नेपाल बारेमा जानकारी दिने उदेस्य भएकोले ग्लोबल नेपाल फेस्ट बाल्टिमोरको मुख्य शहर को बिच मा पर्ने इनर हार्बर ( बन्दरगाह ) मा राखिएको थियो l

उक्त क्षेत्रमा बिदेशीहरुको आवत जावत प्रसस्त हुने हुनाले सहभागी हुन् भन्ने हेतुले गरिएकोले डिसीमा भन्दा बाल्टिमोरमा बिदेशीहरुको सहभागिता ज्यादा रहेको थियो l उक्त कार्यक्रममा उत्सवमा नेपाली व्यवसायी ,गैर मुनाफा सामाजिक संस्था ,डीसी महानगर क्षेत्रका संघ/संस्थाले आफ्नो प्रदर्शन कक्ष समेत राखेका थिए l यसको साथै नेपालका हस्तकलाका सामग्री , बौद्ध स्तुप ,पशुपतिनाथ मन्दिर आदि ईत्यादी पनि सजाइएको थियो l

र नेपाली व्यवसायीहरुले बिभिन्न परिकार का नेपाली खानेकुराहरु मम ,सेल रोटि ,अचार ,भात तथा स्वादिष्ट खानेकुराहरु बेच बिखनको लागि राखेका थिए l

उत्सवमा नेपालका लागि अमेरिकन पूर्व राजदुत स्कट डेलेसी ,समाज सेवी डा श्याम कार्की तथा नासो समुदायका अध्यक्ष गोपाल बिश्वकर्माले शुभकामना दिएका थिए भने कराते खेलाडी उज्ज्वल ठकुरीले आफ्नो बिशेष प्रस्तुति प्रदर्शन गरेका थिए l  ठकुरीले प्रदर्शन बाट उठेको रकम लक्ष्मी प्रतिष्ठानलाई दिने घोषणा गरेका थिए l

उत्सवमा नेपालका लागि अमेरिकन पूर्व राजदुत स्कट डेलेसीले आफुले नेपाल को लागी केहि गरौ भन्ने उदेस्यले स्थापना गरेको सोरवे फाउनडेसन को प्रदर्शन कक्ष खोलेका थिए भने उक्त बिक्रि भएको रकम बाट नेपाल लाई सहयोग गर्ने उदेस्य रहेको पूर्व राजदुत डेलेसीले बताए l

अर्को हेर्न लायक प्रदर्शनी कक्ष भनेको सन् १९६५ मा नेपाल गएर बिशेष गुरुङ समुदाय बिषयमा पुस्तक समेत लेखेका अमेरिकन नागरिक टोड ए राग्सडेल ले ५० बर्ष अगाडी आफुले खिचेका सयौ तस्बिरहरु प्रदर्शन को मुख्य आकर्षण बनेको थियो l

उत्सव मा दिउसै देखि नेपाली संस्कृति झल्किने प्रकारको नृत्य ,गीत ,अर्जुन दाहालको हास्य व्यग्य प्रस्तुति ,महेश छेत्री ,सृजन ताम्राकार ,सबिता श्रेष्ठ ,दिक्षा अधिकारी ,ऐश्वर्य निरौला ,आरजु कार्की आश्लेशा ढकाल ,मिनिका ढुंगेल लगायत  ले गीत तथा नृत्य प्रस्तुति गरेका थिए l

यसै गरि बिशेष नेपाली सारंगी मा श्याम नेपाली तथा रंजन बुढाथोकि को बिशेष प्रस्तुति हेर्न लायक रहेको थियो l  यसै गरि बिशेस अतिथि कलाकार आशेष डंगोल को बिशेष प्रस्तुतिले भरपूर मनोरंजन प्रदान गराएको थियो l

सांगीतिक कार्यक्रम प्रख्यात संचार कर्मी तथा कार्यक्रम प्रस्तोता सरोज केसी तथा मोडल(प्रतिमान )रिमा केसीले कार्यक्रम सयुक्त रुपमा संचालन गरेका थिए l

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply