हेम चन्द्र राई/बैशाख २७, युएई ।  क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल युएई शाखा द्धारा प्रेस बक्तव्य जारी गर्दै उज्यालो नेपाल अभियानका अभियान्ता उर्जा मन्त्री जनार्दन शर्मा (प्रभाकर) र प्राधिकरण प्रमुख कुलमान घिसिङ विरुद्ध एलईडी बल्ब खरिद प्रक्रियामा अर्बौंको आर्थिक चलखेल भनि कान्तिपुर दैनिकमा पत्रकार बलराम बानियाँ ले लेखेका समाचार लगायतका मिडियाहरुमा लेखिएको भ्रम पुर्ण समाचारको घोर भत्सर्ना गरेको छ ।

नेपालको राष्ट्रिय पत्रिका कान्तिपुर दैनिक लगायतका केहि अनलाइन मिडियाहरुले “३८ भारुको बल्ब ६५ भारु किनिँदै, खरिद एेन विपरीतको मन्त्री परिषदको निर्णय ,ठुलो आर्थिक चलखेल शिर्षकमा भ्रम पुर्ण समाचार प्रकाशित गरेका थिए । बिभिन्न मिडियाबाट प्रकासित समाचारलाई खण्डन गर्दै उर्जा मन्त्रालयले पत्रकार सम्मेलन गरि सबै कुरा प्रष्ट पारेको छ ।

हाल बजारमा वारेन्टी भएको लिड बल्बलाई ३७०/४५० रुपैयाँ र वारेन्टी नभएको बल्बलाई ३५० सम्म उपभोक्तहरुले खरिद गरिरहेको अवस्थमा नेपाल प्राधिकरणले कुनै एजेन्ड विना भारतिय कम्पनी इफिसियन्सी सर्भिस लिमिटेड संग सिधै खरिद गरि जनतालाई १०४ रुपैयाँमा विक्रि गर्न लाग्दा नेपालका ठुलो मिडिया तथा अनलाइन समाचारहरुले खरिद एेन विपरीतको मन्त्री परिषदको निर्णय ठुलो आर्थिक चलखेल भनेर समाचार प्रकाशित गरे पछि प्रेस सेन्टर युएई शाखाले कान्तिपुर दैनिक लगायतको अनलाइन मिडियाहरुलाई कारबाहीको माग गर्दै प्रेस वक्तव्य निकालेका छन ।

प्रेस सेन्टर नेपाल युएईका अध्यक्ष अनिस तामाङ र सचिव सुसान आचार्यको हस्ताक्षर रहेको छ ।