Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएनएसको स्वर्ण जयन्ति समारोह अभूतपूर्व सफलताको साथ सम्पन्न (फोटो फिचर)

२०७४, १५ जेष्ठ सोमबार १६:३६

विजय थापा | जेठ १५, वाशिंगटन डीसी | उत्तर अमेरिका कै नेपाली समुदायको सवै भन्दा जेष्ठ सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी (समाज) ५० बर्ष पुगेको उपलक्ष्यमा गत मे २८ तारिख स्वर्ण जयन्ति अद्वितीय प्रस्तुति को साथ सम्पन्न गरेको छ | 


५० बर्ष अगाडी १९६७ मा नेपालका लागी तत्कालिन अमेरिकन राजदुत मानार्थ सभापति एल्सवर्थ बंकरले नेपाल र अमेरिका बीच सम्बन्ध स्थापना गर्ने हेतुले स्थापना गरिएको एएनएस ले विविध कार्यक्रम पस्कदै पुन: समाजमा रक्तसंचार गराएको छ |

मूल त अमेरिकामा जन्मेका दोश्रो पुस्तालाई  प्रमुख प्राथमिकता दिदै उनीहरु भित्र रहेका प्रतिभालाई प्रस्फुटन गर्ने सुवर्ण मौका दिएको छ | अमेरिकामा जन्मेका बालबालिका तथा नेपाली भाषा बोल्न समेत असजिलो लाग्ने भएता पनि विश्व कै कुनै कुनामा गए पनि नेपाली पन र नेपाली मन भन्ने भावना लाई व्यवहारिक रुपमा प्रमाणित गर्न सफल भएका छन् | 


स्वर्ण जयन्ति कार्यक्रम बिसेष नृत्य ,गीत तथा नाचगान मा केन्द्रित रहेको थियो | उक्त साँस्कृतिक सांगीतिक कार्यक्रमको मुख्य संयोजन को भूमिका निर्वाह गर्ने प्रभा भट्टराई देउजाले सम्पूर्ण जिम्मेबार आफ्नो काँधमा लिएर कार्यक्रमलाई अभूतपूर्व सफल बनाउन कुनै कसर नछोडेको कार्यक्रमले प्रमाणित गरि दिएको छ | 

अमेरिका नेपाल सोसाइटीका पदाधिकारी, स्वयम् सेवक तथा शुभ चिन्तकको बिशेष सहयोगमा कार्यक्रम अपार सफलता साथ सम्पन्न भएको छ | कार्यक्रममा अमेरिक सिनेटर ,सांसद तथा अन्य बिदेशीहरुले समेत शुभकामना को साथै मन्तब्य राखेका थिए | कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि) को उपस्थिति रहेको थियो | 


स्वर्ण जयन्तिको अवसरमा कार्यक्रम सुरु गर्नु अगाडी रक्तदान कार्यक्रम राखिएको थियो भने ३९ जनाले रक्तदान गरेको जानकारी संयोजक सान कि अध्यक्ष मंजु कार्की संग्रौलाले दिएकी छिन् |

यसै गरि ५० बर्ष पुगेको अवसरमा एएनएस हेरिटेज फोटो कन्टेस्ट नामक प्रतियोगिताको आयोजना समेत गरिएको थियो | उक्त प्रतियोगिताको संयोजन नेपाली दुताबास का छायाचित्रकार पत्रकार तथा वृतचित्र निर्माता/निर्देशक कुमार श्रेष्ठले गरेका थिए |

उक्त प्रतियोगितामा प्रथम स्थानमा बज्रपानी नृत्य को तस्बिर बनाउने किजन शाक्य ,द्वितीय स्थानमा धौलागिरी हिमाल बनाउने संकल्प केसी तथा तृतीय स्थानमा नेपालको भूकम्प जानु अगाडी खिचेको तस्बिर बनाउने पाटन दरबार बनाउने मेरिना डंगोल भएका छन् | बिजेताहरुलाई क्यामेरा (चित्र ग्राहिणी ) प्रदान गरिने छ | 

कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु राम मालाकार, अनुप पहाडी (विधा वारिधि ), बिजया शाह, प्रेम संग्रौला, खेम भट्टचन, ठाकुर पुडासैनी (विधा वारिधि ) आदिलाई सम्मान गरिएको थियो |

कार्यक्रममा सांस्कृतिक कार्यक्रममा सहभागी हुने सम्पूर्ण सहभागी कलाकार, स्वयम् सेवक तथा सहयोग गर्ने लाई प्रशंसा पत्र प्रदान गरिनुको साथै डीसीका कराते खेलाडी उज्ज्वल ठकुरी तथा भारोत्तोलक रुप कार्कीलाई समेत सम्मान गरिएको थियो | कार्यक्रमको सभापतित्त्व अध्यक्ष जीवन तिवारीले गरेका थिए |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश