विजय थापा | वाशिंगटन डीसी | ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा) को चौथो सम्मेलन गत मे २६ शनिवार अमेरिकाको न्यूजर्सीमा सफलता पूर्वक सम्पन्न गर्दै नयाँ कार्यकारी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा | वाशिंगटन डीसी | ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा) को चौथो सम्मेलन गत मे २६ शनिवार अमेरिकाको न्यूजर्सीमा सफलता पूर्वक सम्पन्न गर्दै नयाँ कार्यकारी"/>

2026-09-08 01:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्युजर्सी एन्टा चौथों सम्मेलन सफलता पूर्वक सम्पन्न, नयाँ कार्य समितिमा विजय सिंह निर्वाचित

विजय थापा | वाशिंगटन डीसी | ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा) को चौथो सम्मेलन गत मे २६ शनिवार अमेरिकाको न्यूजर्सीमा सफलता पूर्वक सम्पन्न गर्दै नयाँ कार्यकारी समितिको समेत गठन गरेको छ |

आगामी दुई बर्षको लागि नया कार्य समितिको सभापतिमा विजय सिंह , वरिष्ठ उपाध्यक्षमा डा. सुबोध मल्लिक, उपाध्यक्षमा अरविन्द सिंह, उपाध्यक्षमा सुभाष कुमार बैठा, सचिवमा इन्द्रदेव साहु, सह सचिवमा जितेन्द्र ठाकुर, कोषाध्यक्षमा मुकेस कर्ण निर्वाचित भएका छन् |

यसै गरि प्रवक्तामा अपरजिता झा तथा सदस्यहरुमा ओम गोइत , खुस्बु मिश्र, मोहन यादव, रतनेश झा, अर्चना कायस्थ् लगायतका सदस्य हरु निर्वाचित भएका छन् | सम्मेलनको मुख्य नारा मधेसका लागि शान्ति र समृद्धि भन्ने रहेको थियो भने सम्मेलनमा विभिन्न राज्यहरुमा बसोबास गर्ने मधेसी समुदायको प्रतिनिधिमूलक सहभागिता रहेको थियो |

सो सम्मेलनमा आपसी सहयोग ,आफ्नो भाषा, संस्कृति, रिती रिवाजको संरक्षण र सम्वर्धन गर्ने जस्ता बिषयमा गहन छलफल भएको थियो | आफु बिदेशमा रहेता पनि आफ्नो देश / मातृभुमीको को लागि सहयोग र विकास गर्ने बिषयमा वक्ताहरुले कार्यपत्र प्रस्तुत गर्दै आफ्ना मन्तव्य राखेका थिए |

उदघाटन कार्यक्रममा नेपालका लागी पूर्व राजदूत स्कोट डेलेसी ,कोरियन एडभोकेन्सीका मैनेजिंग डायरेक्टर जे. डी. किम, एलाइन्स फर पिस विलडिगं का पूर्व सभापति चार्ल्स दामवाच, प्रमुख अतिथि राघवेन्दर द्विवेदी, एन्टाका संस्थापक सभापति रतन झा, डा. उपेन्द्र कर्ण, डा. नविन सिंह,ललित झा लगायत अन्य अतिथिहरुले मन्तव्य राखेका थिए |

एन्टाका सभापति डा. चक्रधर मिश्रको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन सचिव अरविन्द सिंहले गरेका थिए | सम्मेलनमा विभिन्न सांस्कृतिक साँझ भेषभूषा रितीरिवाज, भाषा संस्कृति झल्किने झाँकीहरु प्रदर्शन गरिएको थियो | सम्मेलनको आयोजना न्युयोर्क शाखाले गरेको थियो । सम्मेलनमा समाज सेवा लगायत अन्य बिभिन्न क्षेत्रमा काम गरेका ख्याति प्राप्त  विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल