जेठ २७, मलेशिया । वैदेशिक रोजगारी प्रमुख गन्तव्य मलेसिया स्थित मलक्का र जोहोर बारु राज्यमा मुस्लिम हरिरायको अवसरमा " हरिराय कन्सर्ट २०१७ " हुने भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २७, मलेशिया । वैदेशिक रोजगारी प्रमुख गन्तव्य मलेसिया स्थित मलक्का र जोहोर बारु राज्यमा मुस्लिम हरिरायको अवसरमा " हरिराय कन्सर्ट २०१७ " हुने भएको छ । 
2026-10-26 06:34 AM
काठमाडौँ - KTM

मलेशियाको हरिराय कनसर्ट २०१७ मा राजेश पायल राई आउंदै

जेठ २७, मलेशिया । वैदेशिक रोजगारी प्रमुख गन्तव्य मलेसिया स्थित मलक्का र जोहोर बारु राज्यमा मुस्लिम हरिरायको अवसरमा ” हरिराय कन्सर्ट २०१७ ” हुने भएको छ । 

उक्त मलेसियामा हुन लागिरहेको कार्यक्रममा सहभागी हुन ” राई ईश किङ” राजेश पायल राई जाने भएका हुन ।

मुस्लिम समुदायहरुको महान पर्व रामादान ( हरिराय ) को अवसरमा मलक्का स्थित देवन हाङ तुह ओसन हलमा २५ जुलाईमा आयोजना गर्ने लागिएको आयोजक मिलनसार युवा कल्ब मलक्काका सदस्य प्रदीप राईले जानकारी दिएका छन ।

कार्यक्रममा ” राई ईज किङ” सुपर स्टार गायक राजेश पायल राईको अलावा , लोक गायिका मिना लामा , मोडल तथा नृत्यङ्गना मल्लिका थोकर तामाङ र दिनेश काफ्ले हास्य कलाकार नेपालबाट आउने जनाईएको छ ।

यसका साथै मलेशियाको विभिन्न भागमा छरिएर रहेका नेपाली कलाकारहरु सरोज राई , श्री राई , अनुराग श्रेष्ठ , सुमन सन्जिद , केसब राना , बिजय राई , मान कुमार राई , सुमन मगर , मृग बहादुर बुढा , सबिन कुलुङ , अनुज राई , हस्त राई , पत्न राई तथा लोक गायिका बसन्ती थापा मगर ले साङगित प्रस्तुती दिनेछन ।

यसैगरी नृत्यमा प्रतीक्षा राई , सुनिमा तामाङ , खुसी मगर , मेगा मगर र हिरा / शर्मिलाको प्रस्तुति पस्कनेछन । मलेशियामा रहेको कलाकारहरुलाई कार्यक्रम संचालन बिनोद लामा र बिजय राईले गर्नेछन भने राष्ट्रिय नेपालबाट गएको कलाकारले स्वयं प्रस्तुति पस्कने कार्यक्रम आयोजना कल्बका सदस्य प्रदिप राईले बताए ।

कार्यक्रम मकालु साङ्गितिक सरगमले मलेशियामा पहिलो पटक आयोजना गरेको भए पनि कार्यक्रम मनोरञ्जन मुलक रहनेछ । २५ जुलाईमा मलक्कामा कार्यक्रम गरि २६ तारिख जोहोर बारुमा दोस्रो कार्यक्रम गर्न लागिएको हो ।

मलेशियामा हरिरायको अवसरमा सार्वजनिक बिदा हुने र उक्त समयमा प्रवासमा रहेर पनि नेपाली सङ्गीत , कलाकारलाई माया सद्भाव राख्ने र नेपाली दाजुभाइ दिदिबहिनीमा आत्मीयता थप्ने कार्यक्रमको उद्देश्य रहेको छ । मलेशियामा हरेक साल हरिराय तथा चाइनिज न्यु इयरको समयमा साङ्गितिक कार्यक्रम हुने गर्दछन ।

आयोजकका सदस्य प्रदीप राईका अनुसार कार्यक्रमको तैयारी सबै अन्तिम चरण पुगेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने