जेठ २७, मलेशिया । वैदेशिक रोजगारी प्रमुख गन्तव्य मलेसिया स्थित मलक्का र जोहोर बारु राज्यमा मुस्लिम हरिरायको अवसरमा " हरिराय कन्सर्ट २०१७ " हुने भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २७, मलेशिया । वैदेशिक रोजगारी प्रमुख गन्तव्य मलेसिया स्थित मलक्का र जोहोर बारु राज्यमा मुस्लिम हरिरायको अवसरमा " हरिराय कन्सर्ट २०१७ " हुने भएको छ । 
2026-09-08 01:05 PM
काठमाडौँ - KTM

मलेशियाको हरिराय कनसर्ट २०१७ मा राजेश पायल राई आउंदै

जेठ २७, मलेशिया । वैदेशिक रोजगारी प्रमुख गन्तव्य मलेसिया स्थित मलक्का र जोहोर बारु राज्यमा मुस्लिम हरिरायको अवसरमा ” हरिराय कन्सर्ट २०१७ ” हुने भएको छ । 

उक्त मलेसियामा हुन लागिरहेको कार्यक्रममा सहभागी हुन ” राई ईश किङ” राजेश पायल राई जाने भएका हुन ।

मुस्लिम समुदायहरुको महान पर्व रामादान ( हरिराय ) को अवसरमा मलक्का स्थित देवन हाङ तुह ओसन हलमा २५ जुलाईमा आयोजना गर्ने लागिएको आयोजक मिलनसार युवा कल्ब मलक्काका सदस्य प्रदीप राईले जानकारी दिएका छन ।

कार्यक्रममा ” राई ईज किङ” सुपर स्टार गायक राजेश पायल राईको अलावा , लोक गायिका मिना लामा , मोडल तथा नृत्यङ्गना मल्लिका थोकर तामाङ र दिनेश काफ्ले हास्य कलाकार नेपालबाट आउने जनाईएको छ ।

यसका साथै मलेशियाको विभिन्न भागमा छरिएर रहेका नेपाली कलाकारहरु सरोज राई , श्री राई , अनुराग श्रेष्ठ , सुमन सन्जिद , केसब राना , बिजय राई , मान कुमार राई , सुमन मगर , मृग बहादुर बुढा , सबिन कुलुङ , अनुज राई , हस्त राई , पत्न राई तथा लोक गायिका बसन्ती थापा मगर ले साङगित प्रस्तुती दिनेछन ।

यसैगरी नृत्यमा प्रतीक्षा राई , सुनिमा तामाङ , खुसी मगर , मेगा मगर र हिरा / शर्मिलाको प्रस्तुति पस्कनेछन । मलेशियामा रहेको कलाकारहरुलाई कार्यक्रम संचालन बिनोद लामा र बिजय राईले गर्नेछन भने राष्ट्रिय नेपालबाट गएको कलाकारले स्वयं प्रस्तुति पस्कने कार्यक्रम आयोजना कल्बका सदस्य प्रदिप राईले बताए ।

कार्यक्रम मकालु साङ्गितिक सरगमले मलेशियामा पहिलो पटक आयोजना गरेको भए पनि कार्यक्रम मनोरञ्जन मुलक रहनेछ । २५ जुलाईमा मलक्कामा कार्यक्रम गरि २६ तारिख जोहोर बारुमा दोस्रो कार्यक्रम गर्न लागिएको हो ।

मलेशियामा हरिरायको अवसरमा सार्वजनिक बिदा हुने र उक्त समयमा प्रवासमा रहेर पनि नेपाली सङ्गीत , कलाकारलाई माया सद्भाव राख्ने र नेपाली दाजुभाइ दिदिबहिनीमा आत्मीयता थप्ने कार्यक्रमको उद्देश्य रहेको छ । मलेशियामा हरेक साल हरिराय तथा चाइनिज न्यु इयरको समयमा साङ्गितिक कार्यक्रम हुने गर्दछन ।

आयोजकका सदस्य प्रदीप राईका अनुसार कार्यक्रमको तैयारी सबै अन्तिम चरण पुगेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल