बिजय शर्मा दर्पण | असार २, स्वीटजरल्याण्ड । नेपाल र नेपालीको लागि भन्ने एनआरएनएको मुख्य उद्देश्य अनुरुप बेल्जियम बाशी नेपालीहरुको लागि केहि गर्ने सोच सहित एनआरएन बेल्जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिजय शर्मा दर्पण | असार २, स्वीटजरल्याण्ड । नेपाल र नेपालीको लागि भन्ने एनआरएनएको मुख्य उद्देश्य अनुरुप बेल्जियम बाशी नेपालीहरुको लागि केहि गर्ने सोच सहित एनआरएन बेल्जि"/>
2026-09-08 01:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेद्वारी दिने घोषणा

बिजय शर्मा दर्पण | असार २, स्वीटजरल्याण्ड । नेपाल र नेपालीको लागि भन्ने एनआरएनएको मुख्य उद्देश्य अनुरुप बेल्जियम बाशी नेपालीहरुको लागि केहि गर्ने सोच सहित एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीले उम्मेद्वारी दिने घोषणा गरेका छन ।

गैर आवसीय नेपाली संघ (एन आर एन ए ) बेल्जियमको आगामी दुइ बर्षको कार्यकालको लागि हुने निर्वाचनको चहलपहल व्यापक रुपमा हुन थालेको छ ।

बेल्जियममा लगभग ६ हजार देखि ७ हजार ( अन्दाजी ) नेपालीहरुको बसोबास रहेकोमा १५ -१७ कार्यकालमा २१०० मतदाता रहेका थिए भने अहिले झन् बढ्ने सम्भावना रहेको बेल्जियम निवासी पत्रकार ओम शर्माले  जानकारी दिनु भयो ।

पर्बत जिल्लाको कुश्मा नगरपालिकामा जन्मनु भएका जोशी बिगत १७ बर्ष देखि बेल्जियम बस्दै आउनु भएको छ । २००६-२००८ मा गैर आवासीय नेपाली संघ बेल्जियमको  महा – सचिब समेत रहेका थिए । साथै नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष समेत भैसकेका सन्तोष जोशी अति नै मिलनसार , शालीन तथा सामाजिक व्यक्तित्वको रुपमा आम बेल्जियमबासी नेपालीहरुको मन मस्तिष्कमा बस्न सफल व्यक्ति हुन् । 

डेढ दसकको बेल्जियम बसाईमा  आफुले सधैं नेपाली समुदायको एकता र उन्नतिको लागि काम गरेको जानकारी दिनु भयो ।  अब एनआर एन ए बेल्जियमको नेतृत्व लिएपछि पनि  नेपाली समाजलाई अग्रगामी बाटोमा हिंडाउन आफुले पाएको सामाजिक कामको अनुभब र उर्जा लगाउदै संस्थालाई मजबुत बनाउने लक्ष्य रहेको बताउनु भयो । 

उनले एन आर एन ए बेल्जियमको नेतृत्वमा रहेर मुख्य दुई कामहरु: दिर्घकालीन र आपतकालीन सामाजिक कामहरु गर्ने कुरा बताए । 

दिर्घकालीन कामहरुमा भने नेपालको विकाससंग सम्बन्धित काम र बेल्जीयम बासी नेपालीहरुमा भैपरी आउने समस्या समाधानमा सहयोग गर्ने कामहरु रहेका छन ।आजसम्म बेल्जियमबाट सिकेको ज्ञान ,सीप, क्षमताको आधार र लामो समय बेल्जियम बसाइ अनुभवले आफु योग्य तथा सक्षम उम्मेद्वार भएको दाबीसहित विजय हुने सुनिश्चित भएको भन्दै उम्मेद्वारी दर्ता गर्ने जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल