असार १३, काठमाडौं | साउदी अरब लगायत ६ मुलुकले लगाएको नाकावन्दी लम्बिँदा नेपाली कामदारको प्रमुख गन्तव्य कतारको रोजगारीमा कायम संकट लम्बिने देखिएको छ ।

साउदी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १३, काठमाडौं | साउदी अरब लगायत ६ मुलुकले लगाएको नाकावन्दी लम्बिँदा नेपाली कामदारको प्रमुख गन्तव्य कतारको रोजगारीमा कायम संकट लम्बिने देखिएको छ ।

साउदी"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा संकट अझै लम्बिने संकेत

१३ असार २०७४, मंगलवार ०३:१२

असार १३, काठमाडौं | साउदी अरब लगायत ६ मुलुकले लगाएको नाकावन्दी लम्बिँदा नेपाली कामदारको प्रमुख गन्तव्य कतारको रोजगारीमा कायम संकट लम्बिने देखिएको छ ।

साउदी गठबन्धनले जत जुन ५ तारेखदेखि कतार विरुद्ध नाकावन्दी घोषणा गरेको थियो । संकट शुरु भएको तीन हप्ता वितिसक्दा पनि समस्या समाधानको ठोस संकेत देखिएको छैन । बदलामा कतारमाथि रणनीतिक स्वार्थ बोकेका मुलुकहरु पक्ष–विपक्षमा उभिन थालेका छन् । 

कतारको परम्परागत मित्र ईरानका राष्ट्रपति हसन रौहानीले कतारमाथि साउदी अरब नेतृत्वको गठबन्धनले राखेका १३ बुँदे शर्त अस्वीकार्य भन्दै  तेहरान कतारसँगै उभिने बताएका छन् । अमेरिकी विदेशमन्त्री रेक्स टिलेर्सनले साउदी गठबन्धनले कतारले पूरा गर्न नसक्ने शर्त राखेको प्रतिक्रिया दिएका छन् । टर्कीका राष्ट्रपति रिसेप तायिप ईडोगान पनि कतारका पक्षमा उभिदै साउदी नेतृत्वको १३ बुदेँ मागमा कतारले लिएको अडान ठीक रहेको बताएका छन् । यो अन्तर्राष्ट्रिय दाउपेचले समस्या लम्बिने धेरैको आकलन छ ।

कतारमाथि घेराबन्दी गरेर नाकावन्दी गरेका साउदी अरबसहित ६ अरब मुलुकले १० दिनको अल्टिमेटमसहित पूरा गर्न अगाडि बढाएका १३ वटा माग कतारले आफ्नो सार्वभौमसत्तामाथिको आक्रमण भन्दै पूरा गर्न नसक्ने बताएको छ । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारलाई पठाएको मागमा कतारी स्वामित्वमा रहेको अलजजिरा न्युज नेटवर्क बन्द गर्ने लगायतका कतारको दीर्घालीन हितसँग जोडिएका विषय पनि परेका छन् । सन् १९९६ मा अरेबिक भाषाको समाचार च्यानल अलजजिरा शुरु गरिएको थियो । अरब नेताहरुबारे बहुआयामिक तथा आलोचनात्क विवरणहरु दिएर तुरुन्तै दशौँ लाख दर्शक तान्न सफल भएको यो च्यानलले अमेरिकी ट्वीन टावर आक्रमणपछि ओसामा बिन लादेनको भिडियो प्रसारण गरेर विश्वव्यापी चर्चा प्राप्त गरेको थियो । उक्त च्यानल सय भन्दा बढी देशमा पुगेको आकलन गरिएको छ । कतारले ‘आफ्नो आवाज’का रुपमा लिएको उक्त प्रशारणलाई बन्द गर्ने माग कुनै हालतमा स्वीकार गर्न नहुने आवाज कतारी विश्लेषकहरुको छ । यद्यपि कतारले साउदी गठनबन्धनले राखेका मागको सूची प्राप्त गरेको पुष्टि गर्दै अध्ययनपछि आफ्नो आधिकारिक प्रतिक्रिया कुवेतमार्फत पठाउने बताएको छ । सँगसँगै सन् २०२२ को विश्वकप फुटबल पनि जोडिएकाले समस्याको समाधानमा समय लाग्ने आकलन शुरु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य