असार १३, काठमाडौं | साउदी अरब लगायत ६ मुलुकले लगाएको नाकावन्दी लम्बिँदा नेपाली कामदारको प्रमुख गन्तव्य कतारको रोजगारीमा कायम संकट लम्बिने देखिएको छ ।

साउदी"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १३, काठमाडौं | साउदी अरब लगायत ६ मुलुकले लगाएको नाकावन्दी लम्बिँदा नेपाली कामदारको प्रमुख गन्तव्य कतारको रोजगारीमा कायम संकट लम्बिने देखिएको छ ।

साउदी"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा संकट अझै लम्बिने संकेत

२०७४, १३ असार मंगलवार ०३:१२

असार १३, काठमाडौं | साउदी अरब लगायत ६ मुलुकले लगाएको नाकावन्दी लम्बिँदा नेपाली कामदारको प्रमुख गन्तव्य कतारको रोजगारीमा कायम संकट लम्बिने देखिएको छ ।

साउदी गठबन्धनले जत जुन ५ तारेखदेखि कतार विरुद्ध नाकावन्दी घोषणा गरेको थियो । संकट शुरु भएको तीन हप्ता वितिसक्दा पनि समस्या समाधानको ठोस संकेत देखिएको छैन । बदलामा कतारमाथि रणनीतिक स्वार्थ बोकेका मुलुकहरु पक्ष–विपक्षमा उभिन थालेका छन् । 

कतारको परम्परागत मित्र ईरानका राष्ट्रपति हसन रौहानीले कतारमाथि साउदी अरब नेतृत्वको गठबन्धनले राखेका १३ बुँदे शर्त अस्वीकार्य भन्दै  तेहरान कतारसँगै उभिने बताएका छन् । अमेरिकी विदेशमन्त्री रेक्स टिलेर्सनले साउदी गठबन्धनले कतारले पूरा गर्न नसक्ने शर्त राखेको प्रतिक्रिया दिएका छन् । टर्कीका राष्ट्रपति रिसेप तायिप ईडोगान पनि कतारका पक्षमा उभिदै साउदी नेतृत्वको १३ बुदेँ मागमा कतारले लिएको अडान ठीक रहेको बताएका छन् । यो अन्तर्राष्ट्रिय दाउपेचले समस्या लम्बिने धेरैको आकलन छ ।

कतारमाथि घेराबन्दी गरेर नाकावन्दी गरेका साउदी अरबसहित ६ अरब मुलुकले १० दिनको अल्टिमेटमसहित पूरा गर्न अगाडि बढाएका १३ वटा माग कतारले आफ्नो सार्वभौमसत्तामाथिको आक्रमण भन्दै पूरा गर्न नसक्ने बताएको छ । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारलाई पठाएको मागमा कतारी स्वामित्वमा रहेको अलजजिरा न्युज नेटवर्क बन्द गर्ने लगायतका कतारको दीर्घालीन हितसँग जोडिएका विषय पनि परेका छन् । सन् १९९६ मा अरेबिक भाषाको समाचार च्यानल अलजजिरा शुरु गरिएको थियो । अरब नेताहरुबारे बहुआयामिक तथा आलोचनात्क विवरणहरु दिएर तुरुन्तै दशौँ लाख दर्शक तान्न सफल भएको यो च्यानलले अमेरिकी ट्वीन टावर आक्रमणपछि ओसामा बिन लादेनको भिडियो प्रसारण गरेर विश्वव्यापी चर्चा प्राप्त गरेको थियो । उक्त च्यानल सय भन्दा बढी देशमा पुगेको आकलन गरिएको छ । कतारले ‘आफ्नो आवाज’का रुपमा लिएको उक्त प्रशारणलाई बन्द गर्ने माग कुनै हालतमा स्वीकार गर्न नहुने आवाज कतारी विश्लेषकहरुको छ । यद्यपि कतारले साउदी गठनबन्धनले राखेका मागको सूची प्राप्त गरेको पुष्टि गर्दै अध्ययनपछि आफ्नो आधिकारिक प्रतिक्रिया कुवेतमार्फत पठाउने बताएको छ । सँगसँगै सन् २०२२ को विश्वकप फुटबल पनि जोडिएकाले समस्याको समाधानमा समय लाग्ने आकलन शुरु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश