२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियामा आगलागीमा परेर कीर्तिपुरका ३४ वर्षीय केसीको मृत्यु

२०८१, १९ कार्तिक सोमबार १३:४०

मेलबर्न | मेलबर्नको सेन्ट अल्बन्स क्षेत्रमा भएको आगलागीमा परेर ३४ वर्षीय नेपाली युवकको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका वडा नम्बर ४ भत्केपाटी गाम्चाका विशाल केसी आइतबार भएको यस दुःखद घटनामा परेका हुन्।

स्थानीय सञ्चार माध्यमका अनुसार, केसी केही साथीहरूसँगै बसिरहेका घरमा आगलागी भएको थियो। उद्धारकर्मीहरूले घटना स्थलमा तत्कालै पुगे तापनि उनलाई बचाउन सकिएन। छिमेकीहरूका अनुसार, केसीले शनिबार साँझ साथीहरूसँग तिहारको रमाइलो गरेका थिए, तर बिहानै घरमा आगलागी भएपछि उनी भाग्न असमर्थ भए।

अहिले उनको शव पोस्टमार्टमका लागि राखिएको छ र अन्य कानुनी प्रक्रियाहरू अघि बढिरहेका छन्। उनका आफन्त सुशील बाँस्कोटाले कानुनी प्रक्रिया पूरा भएपछि शव नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्। गैरआवासीय नेपाली संघ र नेपाली दूतावाससँग समन्वय गरी शव नेपाल ल्याउन पहल गरिने उनले बताए।

विशाल केसी १० वर्षअघि अस्ट्रेलिया गएका थिए र अस्ट्रेलिया जानुअघि काठमाडौँको हिमालय टेलिभिजनमा केही समय काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता