असार १७, अमेरिका । अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । 

नेपाल र नेपालीको सम्मानक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १७, अमेरिका । अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । 

नेपाल र नेपालीको सम्मानक"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपालको झण्डा झण्डोत्तोलन, नेपालीहरु पनि सम्मानित

१७ असार २०७४, शनिबार १३:४०


असार १७, अमेरिका । अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । 

नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी नगर प्रमुख स्टेभन फुलप द्वारा गत जुन ३० तारिख 'नेपालको झण्डा फहराउने दिवस' (नेपाली फ्लाग रेजिंग डे ) को आयोजना गरी नगर भवन को प्रवेशद्वारको तेश्रो तल्लामा रहेको झण्डा फहराउने खम्बामा अमेरिकी झण्डासंगै नेपाली झण्डा फहराराएर झण्डोत्तोलन गरे । 

नगर प्रमुख फुलपसंग झण्डोत्तोलन समारोहमा नेपाली सामाजिककि अगुवा एवं जर्सी सिटी डाईभर्सिटी एवं इनक्लुजन बोर्डकि सल्लाहकार बिष्णु माया(मानार्थ बिद्या वारोधि ) परियार लगायत उपस्थित नेपालीहरु सहभागी भएका थिए । 

जर्सी सिटी (शहर )नेपालको झण्डा फहराउने दोश्रो अमेरिकि शहर हो । फिलाडेल्फिया सिटीले सन् २०१० को नोवेम्वर १९ तारिख पहिलो पटक नेपालको झण्डा फहराएको थियो । यसै गरि उक्त समारोहमा नगर प्रमुख स्टेभन फुलपद्वारा नेपाली मूलका ३ जना प्रतिभाशाली नेपाली व्यक्तित्वहरु वकिल खगेन्द्र जिसी, वकिल केशबराज सेढाई र युवा नेत्री ऐश्वर्या शर्मालाई सम्मान गरिएको छ ।

समारोहमा अमेरिकाको राष्ट्रगान मिली श्रेष्ठले प्रस्तुत गरिन् भने नेपालको राष्ट्रगान 'नेपाल अमेरिका कलाकार संघ' का कलाकारहरुद्वारा प्रस्तुत गरिएको थियो ।

समारोहमा नगर प्रमुख स्टेभन फुलप, नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराई, जर्सी सिटी काउन्सिल वूमन एट लार्ज जोएस वाटरम्यानले सम्बोधन गरे भने जर्सी सिटी डाईभर्सिटी र ईन्क्लुजन बोर्ड सल्लाहकार डा. विश्णुमाया परियारले उद्घाटन मन्तव्य र प्रदीप परियार थापा मगरले स्वागत मन्तव्य व्यक्त गरे।


समारोहमा नगर प्रमुख फुलपलाई जर्सी सिटी(शहर) नेपाली समाज (जेसिएनसी) ले 'माया को चिनो ' प्रदान गरेको थियो l यसै गरि नेपाल पर्यटन बोर्डका अमेरिकाको लागि पर्यटन एवं साँस्कृतिक सद्भावनादूत सुमन बुढा मगरले नगर प्रमुख फुलपलाई शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति र निम्तो पत्र प्रदान गर्दै नेपाल भ्रमण गर्न निम्तो दिएका थिए । 

उता लङ आईल्याण्ड नेपाली समाजका निवर्तमान अध्यक्ष दुर्गेश जंग कार्कीले फुलपलाई नेपाली बहादुरीताको प्रतीकको रुपमा परम्परागत खुकुरी प्रदान गरेका थिए । सम्मानित व्यक्तित्व खगेन्द्र जिसिले सम्मान ग्रहण गर्दै मेयर फुलपलाई नेपाली टोपी पहिर्‍याई दिएका थिए ।

समारोहमा नेपाली कलाकारहरु नायक एवं निर्देशक बिक्की (खडक) पुलामी मगर, महिला नेत्री कन्चन बस्नेत केसी र बाल कलाकार शृनिती रिजालले नेपाली राष्ट्रिय गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

जर्सी सिटी (शहर )एक मात्र अमेरिकी शहर हो जस्ले नेपालमा सन् २०१५ को अप्रिल २५ तारिख गएको महाभूकम्पबाट प्रभावित नेपाली परिवारहरुको अमेरिकामा रहेका नेपालीहरुको लागि अस्थाई सुरक्षित दर्जा (टिपिएस )प्रदान गर्न अनुरोध गर्दै नगर परिषद बाट प्रस्ताव पारित गरेको थियो । 

सन् २०१५ को जुन २४ तारिख अमेरिकी फेडेरल सरकारको होमल्याण्ड सेक्यूरिटी डिपार्टमेण्टले नेपाललाई १८ महिनाको लागि अस्थाई सुरक्षित दर्जा प्रदान गरेको थियो जुन दोश्रो पटक पुन: नविकरण भैइसकेको छ । जर्सी सिटीले गत फेब्रुवरी ९ तारिख आफूलाई आप्रवासीहरुको लागि स्याङ्चुरी (सुरक्षित) शहर को रुपमा घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी