असार १७, अमेरिका । अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । 

नेपाल र नेपालीको सम्मानक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १७, अमेरिका । अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । 

नेपाल र नेपालीको सम्मानक"/>

2026-10-26 06:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपालको झण्डा झण्डोत्तोलन, नेपालीहरु पनि सम्मानित


असार १७, अमेरिका । अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । 

नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी नगर प्रमुख स्टेभन फुलप द्वारा गत जुन ३० तारिख ‘नेपालको झण्डा फहराउने दिवस’ (नेपाली फ्लाग रेजिंग डे ) को आयोजना गरी नगर भवन को प्रवेशद्वारको तेश्रो तल्लामा रहेको झण्डा फहराउने खम्बामा अमेरिकी झण्डासंगै नेपाली झण्डा फहराराएर झण्डोत्तोलन गरे । 

नगर प्रमुख फुलपसंग झण्डोत्तोलन समारोहमा नेपाली सामाजिककि अगुवा एवं जर्सी सिटी डाईभर्सिटी एवं इनक्लुजन बोर्डकि सल्लाहकार बिष्णु माया(मानार्थ बिद्या वारोधि ) परियार लगायत उपस्थित नेपालीहरु सहभागी भएका थिए । 

जर्सी सिटी (शहर )नेपालको झण्डा फहराउने दोश्रो अमेरिकि शहर हो । फिलाडेल्फिया सिटीले सन् २०१० को नोवेम्वर १९ तारिख पहिलो पटक नेपालको झण्डा फहराएको थियो । यसै गरि उक्त समारोहमा नगर प्रमुख स्टेभन फुलपद्वारा नेपाली मूलका ३ जना प्रतिभाशाली नेपाली व्यक्तित्वहरु वकिल खगेन्द्र जिसी, वकिल केशबराज सेढाई र युवा नेत्री ऐश्वर्या शर्मालाई सम्मान गरिएको छ ।

समारोहमा अमेरिकाको राष्ट्रगान मिली श्रेष्ठले प्रस्तुत गरिन् भने नेपालको राष्ट्रगान ‘नेपाल अमेरिका कलाकार संघ’ का कलाकारहरुद्वारा प्रस्तुत गरिएको थियो ।

समारोहमा नगर प्रमुख स्टेभन फुलप, नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराई, जर्सी सिटी काउन्सिल वूमन एट लार्ज जोएस वाटरम्यानले सम्बोधन गरे भने जर्सी सिटी डाईभर्सिटी र ईन्क्लुजन बोर्ड सल्लाहकार डा. विश्णुमाया परियारले उद्घाटन मन्तव्य र प्रदीप परियार थापा मगरले स्वागत मन्तव्य व्यक्त गरे।

समारोहमा नगर प्रमुख फुलपलाई जर्सी सिटी(शहर) नेपाली समाज (जेसिएनसी) ले ‘माया को चिनो ‘ प्रदान गरेको थियो l यसै गरि नेपाल पर्यटन बोर्डका अमेरिकाको लागि पर्यटन एवं साँस्कृतिक सद्भावनादूत सुमन बुढा मगरले नगर प्रमुख फुलपलाई शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति र निम्तो पत्र प्रदान गर्दै नेपाल भ्रमण गर्न निम्तो दिएका थिए । 

उता लङ आईल्याण्ड नेपाली समाजका निवर्तमान अध्यक्ष दुर्गेश जंग कार्कीले फुलपलाई नेपाली बहादुरीताको प्रतीकको रुपमा परम्परागत खुकुरी प्रदान गरेका थिए । सम्मानित व्यक्तित्व खगेन्द्र जिसिले सम्मान ग्रहण गर्दै मेयर फुलपलाई नेपाली टोपी पहिर्‍याई दिएका थिए ।

समारोहमा नेपाली कलाकारहरु नायक एवं निर्देशक बिक्की (खडक) पुलामी मगर, महिला नेत्री कन्चन बस्नेत केसी र बाल कलाकार शृनिती रिजालले नेपाली राष्ट्रिय गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

जर्सी सिटी (शहर )एक मात्र अमेरिकी शहर हो जस्ले नेपालमा सन् २०१५ को अप्रिल २५ तारिख गएको महाभूकम्पबाट प्रभावित नेपाली परिवारहरुको अमेरिकामा रहेका नेपालीहरुको लागि अस्थाई सुरक्षित दर्जा (टिपिएस )प्रदान गर्न अनुरोध गर्दै नगर परिषद बाट प्रस्ताव पारित गरेको थियो । 

सन् २०१५ को जुन २४ तारिख अमेरिकी फेडेरल सरकारको होमल्याण्ड सेक्यूरिटी डिपार्टमेण्टले नेपाललाई १८ महिनाको लागि अस्थाई सुरक्षित दर्जा प्रदान गरेको थियो जुन दोश्रो पटक पुन: नविकरण भैइसकेको छ । जर्सी सिटीले गत फेब्रुवरी ९ तारिख आफूलाई आप्रवासीहरुको लागि स्याङ्चुरी (सुरक्षित) शहर को रुपमा घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने