असार १७, अमेरिका । अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । 

नेपाल र नेपालीको सम्मानक"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १७, अमेरिका । अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । 

नेपाल र नेपालीको सम्मानक"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपालको झण्डा झण्डोत्तोलन, नेपालीहरु पनि सम्मानित

२०७४, १७ असार शनिबार १३:४०


असार १७, अमेरिका । अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । 

नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी नगर प्रमुख स्टेभन फुलप द्वारा गत जुन ३० तारिख 'नेपालको झण्डा फहराउने दिवस' (नेपाली फ्लाग रेजिंग डे ) को आयोजना गरी नगर भवन को प्रवेशद्वारको तेश्रो तल्लामा रहेको झण्डा फहराउने खम्बामा अमेरिकी झण्डासंगै नेपाली झण्डा फहराराएर झण्डोत्तोलन गरे । 

नगर प्रमुख फुलपसंग झण्डोत्तोलन समारोहमा नेपाली सामाजिककि अगुवा एवं जर्सी सिटी डाईभर्सिटी एवं इनक्लुजन बोर्डकि सल्लाहकार बिष्णु माया(मानार्थ बिद्या वारोधि ) परियार लगायत उपस्थित नेपालीहरु सहभागी भएका थिए । 

जर्सी सिटी (शहर )नेपालको झण्डा फहराउने दोश्रो अमेरिकि शहर हो । फिलाडेल्फिया सिटीले सन् २०१० को नोवेम्वर १९ तारिख पहिलो पटक नेपालको झण्डा फहराएको थियो । यसै गरि उक्त समारोहमा नगर प्रमुख स्टेभन फुलपद्वारा नेपाली मूलका ३ जना प्रतिभाशाली नेपाली व्यक्तित्वहरु वकिल खगेन्द्र जिसी, वकिल केशबराज सेढाई र युवा नेत्री ऐश्वर्या शर्मालाई सम्मान गरिएको छ ।

समारोहमा अमेरिकाको राष्ट्रगान मिली श्रेष्ठले प्रस्तुत गरिन् भने नेपालको राष्ट्रगान 'नेपाल अमेरिका कलाकार संघ' का कलाकारहरुद्वारा प्रस्तुत गरिएको थियो ।

समारोहमा नगर प्रमुख स्टेभन फुलप, नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराई, जर्सी सिटी काउन्सिल वूमन एट लार्ज जोएस वाटरम्यानले सम्बोधन गरे भने जर्सी सिटी डाईभर्सिटी र ईन्क्लुजन बोर्ड सल्लाहकार डा. विश्णुमाया परियारले उद्घाटन मन्तव्य र प्रदीप परियार थापा मगरले स्वागत मन्तव्य व्यक्त गरे।


समारोहमा नगर प्रमुख फुलपलाई जर्सी सिटी(शहर) नेपाली समाज (जेसिएनसी) ले 'माया को चिनो ' प्रदान गरेको थियो l यसै गरि नेपाल पर्यटन बोर्डका अमेरिकाको लागि पर्यटन एवं साँस्कृतिक सद्भावनादूत सुमन बुढा मगरले नगर प्रमुख फुलपलाई शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति र निम्तो पत्र प्रदान गर्दै नेपाल भ्रमण गर्न निम्तो दिएका थिए । 

उता लङ आईल्याण्ड नेपाली समाजका निवर्तमान अध्यक्ष दुर्गेश जंग कार्कीले फुलपलाई नेपाली बहादुरीताको प्रतीकको रुपमा परम्परागत खुकुरी प्रदान गरेका थिए । सम्मानित व्यक्तित्व खगेन्द्र जिसिले सम्मान ग्रहण गर्दै मेयर फुलपलाई नेपाली टोपी पहिर्‍याई दिएका थिए ।

समारोहमा नेपाली कलाकारहरु नायक एवं निर्देशक बिक्की (खडक) पुलामी मगर, महिला नेत्री कन्चन बस्नेत केसी र बाल कलाकार शृनिती रिजालले नेपाली राष्ट्रिय गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

जर्सी सिटी (शहर )एक मात्र अमेरिकी शहर हो जस्ले नेपालमा सन् २०१५ को अप्रिल २५ तारिख गएको महाभूकम्पबाट प्रभावित नेपाली परिवारहरुको अमेरिकामा रहेका नेपालीहरुको लागि अस्थाई सुरक्षित दर्जा (टिपिएस )प्रदान गर्न अनुरोध गर्दै नगर परिषद बाट प्रस्ताव पारित गरेको थियो । 

सन् २०१५ को जुन २४ तारिख अमेरिकी फेडेरल सरकारको होमल्याण्ड सेक्यूरिटी डिपार्टमेण्टले नेपाललाई १८ महिनाको लागि अस्थाई सुरक्षित दर्जा प्रदान गरेको थियो जुन दोश्रो पटक पुन: नविकरण भैइसकेको छ । जर्सी सिटीले गत फेब्रुवरी ९ तारिख आफूलाई आप्रवासीहरुको लागि स्याङ्चुरी (सुरक्षित) शहर को रुपमा घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै