२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा ‘नेपाल फेस्टिवल’ को तयारी अन्तिम चरणमा

२०८१, १४ मंसिर शुक्रबार ११:२०

टोकियो | जापानमा हुन लागेको १४ औं नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका मंसिर १५ र १६ गते (तदनुसार नोभेम्बर ३० र डिसेम्बर १ ) टोकियोको नाकानो सिकिनोमोरी पार्कमा भेस्टिवल हुन लागेको हो ।

विशेषगरी जापानमा ‘नेपाली हाउस’ निर्माणका लागि सहयोग जुटाउन यो फेस्टिवलको आयोजना गरिएको जनाइएको छ । जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहु सांस्कृतिक केन्द्रको निर्माण समेत यस फेस्टिवलको उद्देश्य रहेको आयोजक गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानले जनाएको छ ।

फेस्टिवलकाआर्थिक संकलन अभियान, स्टल बुकिङ, स्वयम् सेवक टिम र विभिन्न भेषभूषा मौलिक कला सस्कृति , नेपाली संस्कृतिका प्रतिभा देखाउने एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नविन निउरेले जानकारी दिए । उनका अनुसारर एनआरएनए जापान, जापानका लागि नेपाली राजदुतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा फेस्टिवल गर्न लागिएको उनको भनाइ छ । १४ औं नेपाल फेस्टिवल सञ्चालन हुनेस्थलका लागि स्टल, स्टेज लगायत रहने स्थानको डिजाइनिङ अन्तिम रुपमा पुगेको जानकारी दिँदै फेस्टिवल मूल आयोजक समितिका उपसंयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष सुभास लामिछानेले विगतका वर्षमा भन्दा यस वर्ष स्टलको सख्या वृद्धि गरिएको र कार्यक्रम हुने स्थान समेत फराकिलो हुने भएको बताए ।

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा डकुमेन्ट्री र फोटो प्रदर्शनको आवश्यक संयोजन गर्ने कार्य पनि भइरहेको प्रवक्ता खगराज गौतम बताए । ‘यस पटकको नेपाल फेस्टिवलमा नेपाललाई चिनाउने गरि स्टलको व्यवस्था गरि नियमित रुपमा डकुमेन्ट्री प्रदर्शन र फोटो प्रदर्शन गरिने छ’, गौतमले भने, ‘नेपाल मौलिक कला संस्कृति, सामाजिक रीतिरिवाज, पर्यटकीय स्थल लगायत समेटिएको डकुमेन्ट्री र सोहि अनुसारका फोटो प्रदर्शन गरिने छ ।’

धार्मिक र सामाजिक सत्भावसहितको नेपाल हाउस निर्माण गराउने मुख्य योजनासहित यस पटकको नेपाल फेस्टिवल गरिन लागेकोले जापानस्थित संघ संस्था, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई खुला हृदयका साथ आर्थिक सहयोग गर्नका लागि आर्थिक व्यवस्थापन उप समितिका संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेले अनुरोध गरे । ‘दीर्घकालीन महत्वको योजनासहित यस वर्षको नेपाल फेस्टिवल गरिन लागेकोले यस्तो सुवर्ण अवसरमा मुख्य गरेर जापानवासी व्यावसायी, सामाजिक व्यक्तित्वसहित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले आफूले सक्दो आर्थिक सहयोग गरेर पुण्यलाभ लिनका लागि विशेष अनुरोध गर्दछु’, आर्थिक व्यवस्थापन उप समितिका संयोजक शर्मा गैरेले भने ।
नेपाल फेस्टिवलका लागि स्टल बुकिङ भइसकेको छ । जसअनुसार फेस्टिवलमा ४० वटा व्यापारिक स्टल रहने छन् । जसमा १२ वटा नेपाली खानाको र अन्य व्यापारिक तथा आयोजकको प्रयोजिनका लागि रहने छन् । फेस्टिवलमा नेपाली खाना, नेपाली कपडा र अन्य नेपाली उत्पादनको कारोबार हुने छ ।

फेस्टिवलको अनुमानित खर्च एक करोड ४० लाख येन रहेको एनआरएनए जापानका प्रवक्ता गौतमले जानकारी दिए । फेस्टिवलमा दिपओए फाउन्डेसन जापान, पूर्ण ट्रेडिङ, एनआरएनए आईसीसीका उपाध्यक्ष रोबिन शेरचन, व्यवसायी राजन भट्टराई, पे एनपीएल नाकम क्रेडिट कार्डले मुख्य आर्थिक सहयोग गरेको एनआरएनए जापानले बताएको छ । गैरआवसीय नेपाली संघ एनआरएन जापानले सन् २०१२ देखि जापानमा नेपाल फेस्टिवलको गर्दै आएको छ । १४ औं नेपाल फेस्टिवल २०२४ का सदस्य सचिव तथा एनआरएनए जापानका महासचिव टिकाराम खरेलले भने, ‘नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरुको अपनत्वको अनुभूति गराउन यो फेस्टिवल एक माध्यमको रुपमा हुने विश्वास हामीले लिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी