१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था?

२९ पुष २०८१, सोमबार १४:२२

काठमाडौँ | अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलस सहरमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या अहिलेसम्म २४ पुगेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अझ ठूलो हावाहुरीको चेतावनी मौसम पूर्वानुमानकर्ताहरूले दिएसँगै त्यहाँ लागेको आगो झन फैलिने ठानिएको छ। एक साता पुग्न लाग्दा पनि आगो नियन्त्रणमा उल्लेख्य प्रगति नभएको बताइएको छ।

डढेलोबाट अहिलेसम्म करिब २७५ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको छ।

यसैबीच क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपालका अवैतनिक महावाणिज्यदूत ऋषि पुन्नाखर ढकालले डढेलोबाट अहिलेसम्म नेपालीहरू सुरक्षित रहेको जानकारी दिएका छन्।

‘लस एन्जलस क्षेत्रमा रहेका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ,’ ढकालले भने, ‘आगलागी छैटौं दिनमा प्रवेश गरेको छ। नियन्त्रणको प्रयास खासै राम्रो हुनसकेको छैन।’

उनका अनुसार क्यालिफोर्नियाको अल्टाडेना क्षेत्रको १४ हजार ११७ एकड क्षेत्रमा डढेलो लागिरहेको र अहिलेसम्म २७ प्रतिशत डढेलोमात्रै नियन्त्रणमा आएको छ।

त्यस्तै लस एन्जलस सहरको २३ हजार ६५४ एकड क्षेत्रमा डढेलो लागिरहेकोमा ११ प्रतिशत मात्र नियन्त्रणमा आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का