७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखा सैनिक भर्ती पुनः सुरु गर्न भारतीय सेना प्रमुखको आग्रह

४ माघ २०८१, शुक्रबार १२:०५

काठमाडौँ | भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले नेपाल सरकारसँग गोरखा सैनिक भर्ती पुनः खुलाउन आग्रह गरेका छन् । गत चार वर्षदेखि भारतीय सेनामा गोरखा भर्ती बन्द भएको छ।​

शुरुमा कोभिड महामारीका कारण भर्ती बन्द भएको थियो। त्यसपछि भारत सरकारको अग्निपथ योजनाप्रति असन्तुष्टि जनाउँदै नेपालले गोरखा भर्तीमाथि रोक लगाएको थियो। यो अवधिमा भारत र नेपालबीच यो विषयमा विभिन्न वार्ता भए पनि समाधान निस्किएको थिएन।

गोरखा भर्ती बन्द भएपछि दुई देशबीचको सम्बन्धमा असर परेको छ। चार वर्षसम्म नेपाल सरकारले कुनै जवाफ नदिएपछि भारतीय सेनामा गोरखा ब्रिगेडको भविष्य अनिश्चित बनेको छ।

यूरेशियन टाइम्सका अनुसार जनरल द्विवेदीले गोरखा सैनिकको भर्ती पुनः शुरु गर्न अनुरोध गरेका छन्। जनरल द्विवेदीले भने, ‘मैले व्यक्तिगत रूपमा नेपालका सेना प्रमुखसँग भारतीय सेनामा गोरखा भर्ती पुनः शुरु गर्न आग्रह गरेको छु। आशा छ‚ यो छिटै शुरु हुनेछ। हामीले नेपालसमक्ष आफ्नो प्रस्ताव राखेका छौँ‚ जवाफ पर्खिएका छौँ।’

यद्यपि उनले गोरखा भर्ती कहिलेबाट फेरि शुरु हुन्छ भन्ने स्पष्ट रूपमा बताएनन्। सन् २०२२ मा भारतले अग्निपथ योजना शुरु गरेको थियो। त्यसमा चार वर्षका लागि मात्रै सैनिक भर्ती गरिन्छ। ७५ प्रतिशत अग्निवीर ४ वर्षपछि सेवानिवृत्त हुन्छन्।

नेपाल अग्निवीर योजनाको शर्तसँग सहमत छैन। नेपालले यसलाई त्रिपक्षीय भारत-नेपाल-बेलायत सम्झौताको उल्लंघन भएको ठान्छ।

भारतीय सेनामा गोरखाको भर्ती ऐतिहासिक वीरता र आपसी विश्वासमा आधारित छ। यो सदियौँदेखि प्रचलित छ। सन् १९४७ को त्रिपक्षीय सम्झौताबाट यसलाई औपचारिकता दिइएको थियो। यो सम्झौताले भारतीय र बेलायती सेनालाई गोरखा भर्ती जारी राख्न अनुमति दिएको थियो। यो सम्झौताका शर्तअनुसार ६ वटा गोरखा रेजिमेन्टहरू भारतलाई छुट्याइएको थियो।

हाल भारतीय सेनामा करिब ३४,००० गोरखा सैनिक छन्। भर्ती बन्द हुनुअघि भारतीय सेनाले नेपालबाट वार्षिक १ हजार २ सयदेखि १ हजार ५ सय नेपाली भर्ना गर्ने गरेको थियो।

सन् २०२० देखि १४ हजार गोरखा सैनिकले हालसम्म अवकाश पाइसकेका छन्। यी ठाउँमा नयाँ भर्ना हुन सकेको छैन। यसले भारतीय सेनामा गोरखा बटालियनमा उल्लेखनीय कमी आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी