२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको ‘मस्ट वान्टेड’को सूचीमा दुई नेपाली कामदार

२०८१, १० माघ बिहीबार १३:५४

काठमाडौँ | वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली कामदारलाई त्यहाँको मलाक्का अध्यागमन विभागले ‘मस्ट वान्टेड’ सूचीमा राखेको छ । अध्यागमन विभागले कानुन उल्लंघन गरेर फरार भएको भन्दै दिलबहादुर सिँजाली मगर र रबिना राईलाई ‘मस्ट वान्टेड’ सूचीमा राखेर खोजीकार्य गरिरहेको जनाएको हो ।

विभागले एक विज्ञप्ति जारी गर्दै पासपोर्ट नम्बर ४४५५३८७ भएका सिँजाली मगर र ०८३२२५१ भएका राईको खोजी तीव्र पारिएको छ ।

विभागले अन्तिमपटक उनीहरू मलेसियाको रुमा बेरलामत दी सी १–१४, रुमाह पङ्सा बचङ् जया, जलान तुन फातिमा, तमन बचङ जय, ७५३५० मेलका भन्ने स्थानमा देखिएको जनाउँदै अहिले उनीहरू बेपत्ता भएको जनाएको छ ।

उनीहरूमाथि त्यहाँको अध्यागमन विभाग एक्ट १९५९-६३ को बमोजिम अनुसन्धान भइरहेको बताइएको छ । उनीहरूको मलेसियाभर खोजीकार्य भइरहेको जानकारी दिँदै अध्यागमन विभागका उप–सहायक निर्देशक मुहम्मद जरिफ बिन रोस्लामले तत्काल अध्यागमन विभाग नेगेरी मेलाकामा ०६–२३२२६६२ एक्सटेन्सन १६९७ वा ०६–२३२२२५ कार्यालय समयभित्र सम्पर्क गर्न अनुरोध गरेका छन् ।

मलेसियामा साथीभाइसँगको कुलत र छिट्टै धनी बन्ने महत्वाकांक्षाका कारण नेपाली कामदार फस्ने गरेका छन् । मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बस्ने, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन् ।

मलेसियास्थित नेपाली दूतावासले मुलुकको कानुन पालना गर्नुपर्ने र पालना नगरेको खण्डमा सजाय भोग्न तयार हुनुपर्ने जनाएको छ । साथै, कुनै पनि कानुनको उल्लंघन नगर्न र कुनै कारणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत जनाएको छ ।

मलेसिया आउने नेपालीको संख्या बढेसँगै नेपाली दूतावासले गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न अनुरोध गर्दै आएको छ । गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो)ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म जेल कैद सजाय हुने र जेल सजायपछि डिपोर्ट गरिदिने गरेको छ । मलेसियाले पछिल्लो समय गैरकानुनी रूपमा बस्ने नेपालीसहित अन्य मुलुकका कामदारमाथि धरपकड गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा