2026-09-08 08:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२० नेपालीलाई डिपोर्ट गर्दै पोर्चुगल !

काठमाडौँ | पोर्चुगलले १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने भएको छ । दलालहरूको चंगुलमा फसेका नेपालीलाई पोर्चुगल सरकारले डिपोर्ट गर्न लागेको हो ।

पोर्चुगल सरकारले २०२५ को जनवरी ७ देखि १८ सम्मको अवधिमा १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने निर्णय गरेको लामो समयदेखि पोर्चुगलमा रहेका नेपाली केशव बास्तोलाले जानकारी दिए । “यहाँको सरकारले उनीहरू सबैलाई जालसाजीको आरोपमा डिपोर्ट गर्ने निर्णय गरेको हो,” उनले भने ।

बास्तोलका अनुसार, भिसा अवधि बढाउन र बस्ने अनुमति लिनका लागि नेपालीले पेस गरेका कागजातमा नक्कली छाप लगाएको पाइएपछि पोर्चुगलको प्रहरीले उनीहरूको कागजात जाँच गरेको थियो । जाँचका क्रममा प्रमाणीकरणका लागि लगाइएको छाप नक्कली भएको पाइएको हो । त्यसपछि पोर्चुगलले १२० नेपालीलाई डिपोर्ट गर्ने निर्णय गरेको हो ।

“जालसाजी मुद्दामा १२० नेपालीलाई ६ महिनाभित्र पोर्चुगल छोड्न र पाँच वर्षसम्म पोर्चुगल प्रवेश गर्न नपाउने गरी कारबाही सुनाइएको छ,” बास्तोलाले बताए ।

नेपालीले पेस गरेका प्रहरी रिपोर्ट, जन्मदर्ताजस्ता कागजाज प्रमाणीकरण गर्दा लगाइएको छाप नक्कली पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित