2026-09-08 09:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्पेनबाट फेरि तीन नेपाली निष्कासित

काठमाडौँ | गैरकानुनी रूपमा स्पेनमा बस्दै आएका तीन नेपालीलाई त्यहाँको अध्यागमन विभागले पक्राउ गरी नेपाल फर्काएको छ।

स्पेनले निष्कासन गरेका नेपालीहरूमा मोहन ओली, नुरुपा छिरिङ घले, र सुस्मिता घर्ती रहेका छन्। उनीहरूलाई गत साता काठमाडौं फर्काइएको स्रोतले जनाएको छ। ओलीलाई कतार एयरलाइन्समार्फत, जबकि घले र घर्तीलाई इन्डियन एयरलाइन्समार्फत नेपाल ल्याइएको हो।

युरोपका विभिन्न देशहरूमा गैरकानुनी रूपमा प्रवेश गरी लुकीछिपी काम गर्ने नेपालीहरूको संख्या उल्लेख्य छ। यस्ता नेपालीहरूलाई बेलाबखत अध्यागमन प्रहरीले पक्राउ गरी निष्कासन गर्ने गरेको नेपाली समुदायले बताउँदै आएका छन्।

यसअघि माघ पहिलो साता पनि पाँच जना नेपाली स्पेनबाट निष्कासित भएका थिए। तीमध्ये अनिल बिसी, चिरञ्जिवी शाही, प्रेमराजा बोहोरा, बेलबहादुर कार्की, र लोकेन्द्र केसी रहेका थिए। उनीहरूलाई पनि कतार एयरलाइन्समार्फत नेपाल पठाइएको थियो।

स्पेनले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरेको हो। चार जनासँग पासपोर्टसमेत नभएको र पासपोर्ट फ्याँकेर लुकीछिपी बस्दै आएका कारण उनीहरूलाई पक्राउ गरी नेपाल फर्काइएको स्पेनिस अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित