सुरेन्द्र इङ्नाम/साउन ८, बेलायत । गत २३ जुलाई २०१७ को दिन बेलायतको गोर्खाभिल्ला रेष्टुरा, आशफोर्डमा बसेको क्लवको अर्धवार्षिक भेलाले  “नेपाल च्यारीटी म्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेन्द्र इङ्नाम/साउन ८, बेलायत । गत २३ जुलाई २०१७ को दिन बेलायतको गोर्खाभिल्ला रेष्टुरा, आशफोर्डमा बसेको क्लवको अर्धवार्षिक भेलाले  “नेपाल च्यारीटी म्"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

च्यारीटी म्याच नेपालमा खेल्ने एफ्सी केन्ट भेटरेनको निर्णय

८ श्रावण २०७४, आईतवार १५:२५


सुरेन्द्र इङ्नाम/साउन ८, बेलायत । गत २३ जुलाई २०१७ को दिन बेलायतको गोर्खाभिल्ला रेष्टुरा, आशफोर्डमा बसेको क्लवको अर्धवार्षिक भेलाले  “नेपाल च्यारीटी म्याच” नेपालमा खेल्ने निर्णय गरेको छ ।

बेलायतमा नेपाली समुदाय बिच फुटबल खेल केहि वर्ष यताबाट उत्साह पुर्बक बढीरहेको छ । यसै सन्दर्भमा “फुटबल क्लब केन्ट भेटेरेन” को स्थापना २०१४ मा भए यता यस क्लबले ३ वर्ष भित्रै धेरै टुर्नामेन्टहरु जितेर छोटो समयमै ख्यातिप्राप्त गरि एक उदाहरणिय क्लब बनेको छ । 

हालसालै बेलायतमा हुने नेपाली समुदायविचको सबैभन्दा ठुलो खेल गोरखा कप सरासर ३ पटक जितेर कप पचाएको छ । यस क्लबले केहि च्यारीटी म्याचहरु खेल्ने र त्यस बापत आएको रकमले कुनै च्यारीटी सँस्थारुलाई सहयोग गर्ने प्रतिवद्धताका साथ यस क्लवको स्थापना भएको हो ।

विगत ६ महिनाबाट नेपाल गएर च्यारिटी म्याच खेल्ने योजना बनाउदै आएको यस क्लबले अन्त्यमा नेपाल गएर २ म्याचहरु सन २०१८ को २२ फरवरी देखि ९ मार्च भित्र खेल्ने निर्णय गरेको छ । 

पहिलो मैतृपुर्ण खेल काठमाण्डौमा राजुकाजी शाक्यको सहयोगमा र दोस्रो मैतृपुर्ण खेल पोखराको साहारा क्लबका बिक्रम थकालीको सम्योजकमा खेल्ने निर्णय गरेको हो, कुन दिन को सँग र कसरी खेल्ने र कुन कुन च्यारीटी सँस्थारुलाइ सहयोग गर्ने भन्ने विभिन्न ब्यबस्थापनको काम अर्को मिटिङको निर्णयले पारित गर्ने भएको छ ।

यसै निर्णयसँगै च्यारीटीको लागी स्पोन्सर, डोनेसन सङ्कलनको लागी टिम म्यानेजर बुद्धी सुनुवार, सहायक म्यानेजर भास्कर राई, टिम क्याप्टेन पदम योङहाङ र खेलाडी श्याम लामालाई क्लबले जिम्मा दिइएको छ । नामावली तथा टिम छनौटको जिम्मा भने ट्रेनिङ्कोच लोक चेम्जोङलाई दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता