सुरेन्द्र इङ्नाम/साउन ८, बेलायत । गत २३ जुलाई २०१७ को दिन बेलायतको गोर्खाभिल्ला रेष्टुरा, आशफोर्डमा बसेको क्लवको अर्धवार्षिक भेलाले  “नेपाल च्यारीटी म्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेन्द्र इङ्नाम/साउन ८, बेलायत । गत २३ जुलाई २०१७ को दिन बेलायतको गोर्खाभिल्ला रेष्टुरा, आशफोर्डमा बसेको क्लवको अर्धवार्षिक भेलाले  “नेपाल च्यारीटी म्"/>

2026-09-08 01:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

च्यारीटी म्याच नेपालमा खेल्ने एफ्सी केन्ट भेटरेनको निर्णय


सुरेन्द्र इङ्नाम/साउन ८, बेलायत । गत २३ जुलाई २०१७ को दिन बेलायतको गोर्खाभिल्ला रेष्टुरा, आशफोर्डमा बसेको क्लवको अर्धवार्षिक भेलाले  “नेपाल च्यारीटी म्याच” नेपालमा खेल्ने निर्णय गरेको छ ।

बेलायतमा नेपाली समुदाय बिच फुटबल खेल केहि वर्ष यताबाट उत्साह पुर्बक बढीरहेको छ । यसै सन्दर्भमा “फुटबल क्लब केन्ट भेटेरेन” को स्थापना २०१४ मा भए यता यस क्लबले ३ वर्ष भित्रै धेरै टुर्नामेन्टहरु जितेर छोटो समयमै ख्यातिप्राप्त गरि एक उदाहरणिय क्लब बनेको छ । 

हालसालै बेलायतमा हुने नेपाली समुदायविचको सबैभन्दा ठुलो खेल गोरखा कप सरासर ३ पटक जितेर कप पचाएको छ । यस क्लबले केहि च्यारीटी म्याचहरु खेल्ने र त्यस बापत आएको रकमले कुनै च्यारीटी सँस्थारुलाई सहयोग गर्ने प्रतिवद्धताका साथ यस क्लवको स्थापना भएको हो ।

विगत ६ महिनाबाट नेपाल गएर च्यारिटी म्याच खेल्ने योजना बनाउदै आएको यस क्लबले अन्त्यमा नेपाल गएर २ म्याचहरु सन २०१८ को २२ फरवरी देखि ९ मार्च भित्र खेल्ने निर्णय गरेको छ । 

पहिलो मैतृपुर्ण खेल काठमाण्डौमा राजुकाजी शाक्यको सहयोगमा र दोस्रो मैतृपुर्ण खेल पोखराको साहारा क्लबका बिक्रम थकालीको सम्योजकमा खेल्ने निर्णय गरेको हो, कुन दिन को सँग र कसरी खेल्ने र कुन कुन च्यारीटी सँस्थारुलाइ सहयोग गर्ने भन्ने विभिन्न ब्यबस्थापनको काम अर्को मिटिङको निर्णयले पारित गर्ने भएको छ ।

यसै निर्णयसँगै च्यारीटीको लागी स्पोन्सर, डोनेसन सङ्कलनको लागी टिम म्यानेजर बुद्धी सुनुवार, सहायक म्यानेजर भास्कर राई, टिम क्याप्टेन पदम योङहाङ र खेलाडी श्याम लामालाई क्लबले जिम्मा दिइएको छ । नामावली तथा टिम छनौटको जिम्मा भने ट्रेनिङ्कोच लोक चेम्जोङलाई दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल