2026-09-27 01:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज चार बन्धकको शव हस्तान्तरण गर्दै हमास, शनिबार ६ जना बन्धक रिहा हुने

काठमाडौँ | हमासले आज बिहीबार दुई बालकसहित चार बन्धकहरूको शव हस्तान्तरण गर्ने जनाएको छ । हस्तान्तरण गरिने शवहरूमा बिबास परिवारका सदस्यहरू शिरी र उनका साना छोराछोरी नौ महिनाका कफिर र चार वर्षका एरियल पनि समावेश हुनेछन् ।

उनीहरुलाई हमास समूहले ७ अक्टोबर २०२३ मा अपहरण गरेको थियो । तिनीहरू इजरायली बमबारीमा मारिएको हमासले आरोप लगाएको छ । यस बारेमा इजरायलले भने केही पुष्टि गरेको छैन । बालबालिकाका बाबु यार्डेनलाई हमासले यस महिनाको सुरुमा रिहा गरेको थियो ।

हमास समूहका वार्ताकार खालिल अल-हय्याले आउँदो शनिबार थप छ जना जिवितै बन्धकहरू रिहा गर्ने बताएका छन् । यसको बदलामा, इजरायलले गत अक्टोबरपछि पक्राउ परेका सबै महिलाहरू र १९ वर्षभन्दा कम उमेरका व्यक्तिहरूलाई रिहा गर्नेछ । यसका साथै इजरायलले गाजामा केही भग्नावशेष हटाउने उपकरणहरू पनि पठाउन अनुमति दिने बताइएको छ ।

हमासले नोभेम्बर २०२३ मा इजरायली हवाई आक्रमणमा उनीहरू मारिएको दाबी गरेको थियो, तर कुनै प्रमाण प्रस्तुत गरेको थिएन । इजरायली सेनाले पनि यसबारे कुनै पुष्टि गरेको छैन । एक इजरायली अधिकारीका अनुसार मृत बन्धकहरूको पहिचान इजरायलमा पुष्टि गरेपछि मात्र तिनीहरूको नाम सार्वजनिक गरिनेछ ।

हमासले शनिबार रिहा गरिने छ जना इजरायलीहरू मध्ये दुई जनाको नाम घोषणा गरेको छ । उनीहरू एभेरा माङ्गिस्तु र हिशाम अल-सैयद हुन्, जसलाई २०१४ र २०१५ मा गाजामा छिरेपछि पक्राउ गरिएको थियो । युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत, हमासले ३३ जना बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको थियो । यसको बदलामा, इजरायलले करिब १,९०० जना प्यालेष्टिनी बन्दीहरूलाई रिहा गर्ने सहमति गरेको थियो ।

हाल ७३ जना बन्धकहरू गाजामा छन्– जसमा इजरायली सैनिकहरू, सर्वसाधारण (जीवित र मृत दुवै), थाई र नेपाली नागरिक पनि छन् । ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा करिब १,२०० जनालाई हत्या गरेको थियो र २५१ जनालाई बन्धक बनाएको थियो । इजरायलले यसको जवाफमा १५ महिनासम्म सैन्य आक्रमण चलाएको थियो, जसमा गाजाको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार ४७,४६० जना फिलिस्तिनी मारिएका छन् ।

शनिबार थप ६ जना इजरायली बन्धक रिहा हुने

यसैबीच प्यालेस्टिनी विद्रोही समूह हमासले थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । उत्तरी गाजामा मानिसहरूलाई फर्कन इजरायलले अनुमति दिने बदलामा थप बन्धकहरूलाई यो हप्ता रिहा गर्न लागेको हो ।

इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको पहिलो चरणमा गाजामा बन्दी रहेका बाँकी छ जना बन्धकहरूलाई रिहा गर्ने सहमति गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ ।

इजिप्टको राजधानी कायरोमा भएको वार्तापछि नयाँ समझदारीमा पुगेको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ । गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले बन्धकहरूलाई रिहा गरेको छ । इजरायलले बदलामा २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह