अर्जुन बराल/साउन १४, सोल । दक्षिण कोरिया सरकारले आफनो देशमा बसोबास गरिरहेका आप्रबासीको संङख्यामा प्रत्येक बर्ष बृद्धि भएको तथ्याङ्कलार्ई आधार मानेर पछिल्ला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अर्जुन बराल/साउन १४, सोल । दक्षिण कोरिया सरकारले आफनो देशमा बसोबास गरिरहेका आप्रबासीको संङख्यामा प्रत्येक बर्ष बृद्धि भएको तथ्याङ्कलार्ई आधार मानेर पछिल्ला "/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा रहेका आप्रबासीको तथ्याङ्क सार्बजनिक

२०७४, १४ श्रावण शनिबार ०८:४३


अर्जुन बराल/साउन १४, सोल । दक्षिण कोरिया सरकारले आफनो देशमा बसोबास गरिरहेका आप्रबासीको संङख्यामा प्रत्येक बर्ष बृद्धि भएको तथ्याङ्कलार्ई आधार मानेर पछिल्ला दश बर्षको आँकडाको आधारमा आप्रबासीको एकिन संङख्या  कोरियाको न्याय मन्त्रालयले पत्ता लगाएको छ ।

कोरियाको कुल जनसंङख्याको चार प्रतिशत अर्थात २० लाख चालीस हजारको हाराहारीमा बिभिन्न पेशा ब्यबसायलाई अबलम्बन गरि कोरियामा रोजगार प्रक्रिया प्रणाली लागु भएका राष्ट्र एंवम त्यो भन्दा बाहिरी मापदण्डबाट कोरिया प्रबेश गरेका अन्य राष्ट्रका नागरिकको समेत गणना गरि उनीहरुको बिबरण तयार पारि राष्ट्रिय तथ्याङ्क बिभागले सरकारलार्ई जानकारी गराएको हो ।

कोरिया सरकारले राष्ट्रिय तथ्याङ्क बिभागको बिबरण मुताबिक प्रकाशन गरेको सुचना अनुसार सन् २००६ देखि लगातार भियतनामीहरुको संङख्या उच्च रहेकोमा बितेको दुई बर्र्र्ष यता एक्कासी घटेर कुल आप्रबासीको ७.३ प्रतिशतले दोस्रो स्थानमा रहेको छ । रोजगार प्रक्रिया प्रणालीको मापदण्ड लागु भएको जनगणतान्त्रीक चीनबाट १०,१६,६०७ अर्र्र्थात कुल आप्रबासीको ४९.६ प्रतिशले अग्रभागमा रहेको छ । 

त्यस्तै संयुक्त अधिराज्य अमेरिकाका १,४०,२२२ नागरिक सहित कोरियामा रहने आप्रबासीमा तेस्रो स्थानमा छ भने थाईल्याण्ड १,००,८६० फिलिपिन्स ५६,९८० उज्वेकिस्तान ५४,४९० को संङख्यामा  क्रमश चौथो, पाँचौ र छैठौ स्थानमा रहेका छन भने दक्षिण कोरिया राष्ट्रिय प्रहरीले भबिष्यमा कोहि कतै अपराधीक पृष्ठभुमीमा आबद्ध नरहुन भनी सबै माथि निगरानी बढार्ईएको छ ।

आप्रबासीहरुलार्ई बिभिन्न नयाँ योजनासहित दक्ष कामदारको सुचीमा अबलम्बन गरि कोरियामा नै रहन आर्कषण गरिएका नयाँ नियम लागु भएको कोरिया सरकारले जनाएपनि ओर्र्ईसिडीको तथ्याङ्कमा जनाएअनुसार सन् २०१७ को अप्रिलसम्म आईपुग्दा चौबिस बर्र्षसम्मका युवायुवतीको बेरोजगार संङख्यामा क्रमश बृद्धि भै ११.२ प्रतिशतमा पुगेको देखाउँछ भने बिज्ञहरु कोरियामा आप्रबासीका निम्ति दिर्र्घकालीन योजना ल्याउँदा कोरियामा युवा बेरोजगार बृद्धि हुनसक्नेतर्र्फ सचेत हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो