अर्जुन बराल/साउन १४, सोल । दक्षिण कोरिया सरकारले आफनो देशमा बसोबास गरिरहेका आप्रबासीको संङख्यामा प्रत्येक बर्ष बृद्धि भएको तथ्याङ्कलार्ई आधार मानेर पछिल्ला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अर्जुन बराल/साउन १४, सोल । दक्षिण कोरिया सरकारले आफनो देशमा बसोबास गरिरहेका आप्रबासीको संङख्यामा प्रत्येक बर्ष बृद्धि भएको तथ्याङ्कलार्ई आधार मानेर पछिल्ला "/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा रहेका आप्रबासीको तथ्याङ्क सार्बजनिक

१४ श्रावण २०७४, शनिबार ०८:४३


अर्जुन बराल/साउन १४, सोल । दक्षिण कोरिया सरकारले आफनो देशमा बसोबास गरिरहेका आप्रबासीको संङख्यामा प्रत्येक बर्ष बृद्धि भएको तथ्याङ्कलार्ई आधार मानेर पछिल्ला दश बर्षको आँकडाको आधारमा आप्रबासीको एकिन संङख्या  कोरियाको न्याय मन्त्रालयले पत्ता लगाएको छ ।

कोरियाको कुल जनसंङख्याको चार प्रतिशत अर्थात २० लाख चालीस हजारको हाराहारीमा बिभिन्न पेशा ब्यबसायलाई अबलम्बन गरि कोरियामा रोजगार प्रक्रिया प्रणाली लागु भएका राष्ट्र एंवम त्यो भन्दा बाहिरी मापदण्डबाट कोरिया प्रबेश गरेका अन्य राष्ट्रका नागरिकको समेत गणना गरि उनीहरुको बिबरण तयार पारि राष्ट्रिय तथ्याङ्क बिभागले सरकारलार्ई जानकारी गराएको हो ।

कोरिया सरकारले राष्ट्रिय तथ्याङ्क बिभागको बिबरण मुताबिक प्रकाशन गरेको सुचना अनुसार सन् २००६ देखि लगातार भियतनामीहरुको संङख्या उच्च रहेकोमा बितेको दुई बर्र्र्ष यता एक्कासी घटेर कुल आप्रबासीको ७.३ प्रतिशतले दोस्रो स्थानमा रहेको छ । रोजगार प्रक्रिया प्रणालीको मापदण्ड लागु भएको जनगणतान्त्रीक चीनबाट १०,१६,६०७ अर्र्र्थात कुल आप्रबासीको ४९.६ प्रतिशले अग्रभागमा रहेको छ । 

त्यस्तै संयुक्त अधिराज्य अमेरिकाका १,४०,२२२ नागरिक सहित कोरियामा रहने आप्रबासीमा तेस्रो स्थानमा छ भने थाईल्याण्ड १,००,८६० फिलिपिन्स ५६,९८० उज्वेकिस्तान ५४,४९० को संङख्यामा  क्रमश चौथो, पाँचौ र छैठौ स्थानमा रहेका छन भने दक्षिण कोरिया राष्ट्रिय प्रहरीले भबिष्यमा कोहि कतै अपराधीक पृष्ठभुमीमा आबद्ध नरहुन भनी सबै माथि निगरानी बढार्ईएको छ ।

आप्रबासीहरुलार्ई बिभिन्न नयाँ योजनासहित दक्ष कामदारको सुचीमा अबलम्बन गरि कोरियामा नै रहन आर्कषण गरिएका नयाँ नियम लागु भएको कोरिया सरकारले जनाएपनि ओर्र्ईसिडीको तथ्याङ्कमा जनाएअनुसार सन् २०१७ को अप्रिलसम्म आईपुग्दा चौबिस बर्र्षसम्मका युवायुवतीको बेरोजगार संङख्यामा क्रमश बृद्धि भै ११.२ प्रतिशतमा पुगेको देखाउँछ भने बिज्ञहरु कोरियामा आप्रबासीका निम्ति दिर्र्घकालीन योजना ल्याउँदा कोरियामा युवा बेरोजगार बृद्धि हुनसक्नेतर्र्फ सचेत हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो