साउन १५, कतार । रोल्पालिको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथमा मध्यपुर्वी खाडिमुलुक देश कतारमा रहेको रोल्पालीहरुको साझा सस्था रोल्पा जलजला सेवा समाज क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १५, कतार । रोल्पालिको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथमा मध्यपुर्वी खाडिमुलुक देश कतारमा रहेको रोल्पालीहरुको साझा सस्था रोल्पा जलजला सेवा समाज क"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पा जलजला सेवा समाज कतारको आठौं अधिवेशन सम्पन्न

२०७४, १५ श्रावण आईतवार ०३:४४


साउन १५, कतार । रोल्पालिको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथमा मध्यपुर्वी खाडिमुलुक देश कतारमा रहेको रोल्पालीहरुको साझा सस्था रोल्पा जलजला सेवा समाज कतारको आठौं अधिवेशन तथा सम्मान कार्यक्रम कतारको सनैया स्थित रोटना रेष्टुरेन्ट सभाहलमा समाजका अध्यक्ष बसन्त थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

गैरअावासिय नेपाली संघ, राष्ट्रिय समन्बय परिषद कतार का अध्यक्ष बिनेश तामाङ प्रमुख अतिथी रहनु भएको थियो भने कार्यक्रममा विभिन्न बैचारिक,राजनीति दल,जातीय,जिल्ला स्थरिय संघ सस्थाका प्रतिनिधि,कलाकार,पत्रकार,समाजसेवि,बुद्धिजीवी लगाएतको बाक्लो उपस्तिथि रहेको कार्यक्रमको संचालन समाजका महासचिव चोम बिष्टले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा सभापति,प्रमुख अथितीले ब्यानेर  उद्घाटन तथा दिप प्रज्वलन गरेका थिए भने प्रदेश बाट भएपनी राष्ट्रिय गित गुनगुनाउदै देशलाई सम्झिदै देशको निम्ति बलिदान दिनुहुने ज्ञात अज्ञात सहिद प्रती एक मिनेट मोहन धारण गर्दै कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्य बाट शिव बुढाथोकीले स्वागत गरेका थिए ।

यस्तै समाजको तर्फबाट कार्यक्रमको  उद्देश माथी सामाजका संयोजक सुर्य बहादुर बिकले समाजको गतिविधि माथी प्रष्ट पारेका थिए। समाजका सचीव देब पुन ले समाजको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

मन्तव्य क्रममा नेपाली महिला समाज कतार उपाध्यक्ष आमिना  खान,प्रदेश नम्बर १ को प्रतिनिधित्व गर्दै मोरङ सुनसरी सेवा समाज कतारका  चिरञ्जीवी तिमिल्सिना,प्रदेश नम्बर ३ को प्रतिनिधित्व गर्दै काभ्रे सेवा समाज कतारका  रमेश सापकोटा, प्रदेश नम्बर ४ को प्रतिनिधित्व गर्दै लमजुङ सेवा समाज बाट बिष्णु लाल श्रेष्ठ,प्रदेश नम्बर ५ को प्रतिनिधित्व गर्दै प्युठानि सेवा समाज बाट बलदेव राणा, प्रदेश नम्बर ७ को प्रतिनिधित्व गर्दै सुदुर पश्चिम सेवा समाज बाट गणेश  बहादुर तिरुवा,नेपाली जन प्रगतिशील मोर्चा कतारका  सचीव राजेश वलि, कतार नेपाली एकता समाज कतारका खिम बुढा,लाली गुराँस फाउन्डेसन कतारका प्रकाश सुवेदी, ,संघिय लिम्बुवान समाजीक मंचका अध्यक्ष नरेन्द्र लिम्बू,दलित एकता संजाल कतारका याम रसाइली,नेपाल मगर संघ शाखा कतारका अध्यक्ष शेर बहादुर रोका लगाएतको बिशेश अथितीले कार्यक्रममा मन्तव्य दिदै समाज ले गरेको क्रियाकलाप माथी सफलता रहेको र आउँदा दिन हरुमा थप नंया जोस जागर बढोस् नयाँ कार्यसमितिमा साथै हार्दिक बधाई समेत व्यक्त गरेका थिए भने,राक प्रवासी सेवा समाज कतार नबराज पुन,बेरि जनप्रीय युवा समूह गुम्चाल ६ रोल्पा कतारबाट पुर्ण बिष्ट, करेङे सेवा समाज कतार कल्याण थापा, दलित एकता संजाल बडाचौर ५ रोल्पा कतारबाट खगेन्द्र बिक,रोल्पा तल्लो गुम्चाल प्रवासी समाज समूह कतार हरि बिष्ट,जनप्रगतिसिल सेवा समाज सिर्प रोल्पा कतार कुल बहादुर खड्का, लगाएतको अथितित्त्वले मन्तव्य दिदै गएको कार्यसमिति र आउनेलाई बधाई दिएका थिए रोल्पाली को र हाम्रो सम्बन्ध सुमधुर गाढा हुने समेत बताएका थिए  त्यस्तै कार्यक्रममा लोक गाएक बलबिक्रम थापा, बिमल सेन्चुरी जीवन बिसि,सागर क्षेत्री लोक गायिका कमला गुरुङ निकै मिठो गित प्रस्तुति राखेर दर्शकलाइ रमाइलो पनको आभाश  दिलाएका थिए । त्यस्तै निर्त्यमा भगवती बस्याल रितु तामाङले प्रस्तुति गरेका थिए । समाजको तर्फबाट सस्थापक तथा पुर्व अध्यक्ष चेतमान रोका सल्लाहकार छवि गुरुङ ले पनि समाजको बारेमा प्रष्ट पारेका थिए।


यस कार्यक्रम बाट नवनिर्वाचित शिव बुढाथोकीको अध्यक्षतामा  नयाँ कार्यसमिति गठन गरेको छ। जसमा प्रथम उपाध्यक्ष चोम बिष्ट द्वितीयत उपाध्यक्ष धिरेन्द्र डाङी,महासचिव देबराज पुन,सचिव जीवन खड्का,कोषाध्यक्ष शिवलाल केसि,सहकोषाध्यक्ष नबराज पुन

सदस्यहरुमा अनिल खड्का,कृष्ण घर्तीमगर,टोप बहादु खड्का, खुम बहादुर गोसाइ,दल बहादुर डाङी, दिपक कुवर,नरेश बिक,पुर्ण बहादुर बिष्ट,हुकुम पुन,सोमलाल बिष्ट,कल्याण थापा,कुल बहादुर खड्का,नन्दलाल केसि,नरेश बिक,तिलक बिक,सुरेश बिक लगाएत रहेकोछ भने सदस्यताहरुको लागि अझै थप गरिन सकिनेछ।

त्यस्तै सल्लाहकारको लागि बसन्त थापाको संयोजकत्वमा नयाँ  सल्लाहकार समिति गठन गरेको छ। जसमा सुर्य बहादुर बिक,चेतमान रोका,छवि गुरुङ,दिल रोका, दिल नेपाली, गोपाल केसि बलराम जैसी, एकराज सुवेदी र रुद्र प्रसाद,केशव बुढाथोकी 

भने कार्यक्रमबाटै समाजको निम्ति सहयोग साथ दिने क्रियासिल सदस्यहरुलाइ सम्मान तथा कदर पत्रले कदर गरिएको थियो। कार्यक्रम अन्त्य तिर प्रमुख अथिती बिनेश तामाङले समाज को कार्यक्रम लाई सफलता पुर्वक सभ्य एवं भभ्य रूपमा सम्पन्न भएको बताउदै नयाँ कार्यसमिति लाई हार्दिक बधाई तथा  कार्य कुशलताको कामना गर्नु भएको थियो भने कतारको समसामयिक बिषयमा कतारमा कार्यरत सम्पुर्णमा नेपाली दाजुभाइ दिदिबहिनीहरुमा सन्देश मुलुक जानकारी समेत गर्नु भएको थियो।

सभापति बसन्त थापाले कार्यक्रममा उपस्थित भएर सहयोग साथ दिनुभएको मा सम्पुर्णलाई धन्यवाद साथै कार्यक्रम सभ्य भभ्य रूपमा सम्पन्न भएको र आउदा दिन मा थप यसरी सहयोग गरिदिनहुने समेत अवगत गराउदै समापन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो