८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले दियो १८ नेपालीलाई आममाफी

१७ चैत्र २०८१, आईतवार १७:४६

काठमाडौँ | कतार सरकारले विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ।कतार सरकारले रमदान र इदको अवसरमा १८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनीहरू अहिले विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका छन्। माफी पाउनेको विवरण भने सार्वजनिक गरिएको छैन।मन्त्रालयले एक विज्ञप्ति जारी गरी आममाफीको निर्णयका लागि कतार सरकारप्रति आभार व्यक्त गरेको छ।

‘नेपाल र कतार राज्यबीचको द्विपक्षीय सम्बन्धमा सौहार्दताको प्रतीकको रूपमा मानवीय आधारमा क्षमादानको यस प्रकारको कार्यलाई मन्त्रालयले उच्च मूल्यांकन गर्दै आभार व्यक्त गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ।

कतारको दोहास्थित नेपाली दूतावासमार्फत नेपाल सरकारको अनुरोधपछि आममाफीको निर्णय भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता