विजय थापा/साउन २५, अमेरिका l धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ २०७४ सालको जनैपूर्णिमा भब्यता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/साउन २५, अमेरिका l धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ २०७४ सालको जनैपूर्णिमा भब्यता"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिसी नेपाली समाजले अमेरिकामा जनैपूर्णिमा मनायो

२५ श्रावण २०७४, बुधबार ०२:२५


विजय थापा/साउन २५, अमेरिका l धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ २०७४ सालको जनैपूर्णिमा भब्यताको साथ सम्पन्न गरेको छ l

आयोजक डिसी नेपाली समाज भएता पनि डिसी महानगर क्षेत्रका अन्य संघ तथा संस्थाको बिशेष सक्रियता तथा सहयोगमा सम्पन्न जनैपूर्णिमा अन्य संघ तथा संस्थाका स्वयमसेवकहरू खटेका थिए l 

डिसी महानगर क्षेत्र सेरोफेरोका श्रद्धालु भक्तजनहरुका लागि गत अगष्ट ७ तारिखमा जनैपूर्णिमा वैदिक विधिअनुसार जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम बिहान देखि सांझ सम्म चलेको थियो l बिहान ७ बजे देखि साँझ ७ बजे भएता पनि भक्तजनहरु ८:३० बजे सम्म आउने क्रम रहेकोले चलेको थियो l

सोमबार काममा जानु पर्ने भएता पनि बिहान देखि नै मुसलधारे पानी परेता पनि झन्डै १ हजार ५ सय को हाराहारीमा श्रद्धालु भक्तजनहरु आएका थिए । उपस्थित भक्तजनलार्इ क्वाँटी, पुलाउ,अचार, हलुवा, खर्बुजा खुवाइएको थियो l 

स्थापना काल समेत यस बर्ष २०७४ समेत लगाएर जनै तथा रक्षाबन्धन संस्थाले ८ औ पटक मनाएको हो l डिसी महानगर क्षेत्रका प्रसिद्ध पण्डित राजेन्द्र खनाल तथा अन्य पण्डितहरु द्वारा आउने सबैलाई जनै लगाई दिनुको साथै रक्षाबन्धन पूजन, शान्ति यज्ञ तथा अन्य पूजा अर्चना गरेका थिए l 

सोमबारको साथै नेपालमा चन्द्र ग्रहण परेको अवस्था भएता पनि अमेरिकामा चन्द्र ग्रहण नपर्ने भएकोले समुदायलाई भ्रम सृजना भएको थियो l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन