विजय थापा/साउन २५, अमेरिका l बोस्टनका नेपाली समुदाय जव कुनै चिजमा आँट र हिम्मत गर्दछन भने त्यो काम फत्ते हुन्छ भन्ने कुरा पुष्टि पुन: गरि दिएका छन् l <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/साउन २५, अमेरिका l बोस्टनका नेपाली समुदाय जव कुनै चिजमा आँट र हिम्मत गर्दछन भने त्यो काम फत्ते हुन्छ भन्ने कुरा पुष्टि पुन: गरि दिएका छन् l <"/>

2026-09-08 01:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोस्टन सप्ताह कलश यात्रा ऐतिहासिक एवम अभूतपूर्व सहभागिता (फोटोफिचर)


विजय थापा/साउन २५, अमेरिका l बोस्टनका नेपाली समुदाय जव कुनै चिजमा आँट र हिम्मत गर्दछन भने त्यो काम फत्ते हुन्छ भन्ने कुरा पुष्टि पुन: गरि दिएका छन् l 

जस्को ज्वलन्त उदाहरण बोस्टन-बोस्टन सप्ताहमा सम्पन्न कलश यात्रा हो l गत अगस्त ६ तारिख देखि सुरुवात भएको सप्ताह को पहिलो दिन आयोजना गरिएको कलस यात्रा ऐतिहासिक ,अपार सफल तथा अभूतपूर्ण साथ उत्साहपूर्वक सम्पन्न भएको छ l  

अमेरिका भर नेपाली समुदायमा व्यापक चर्चा परिचर्चामा रहेको उक्त कलस यात्रा अमेरिकाको नेपाली समुदायमा आयोजना भएको अहिले सम्म कै सवै भन्दा ठुलो कार्यक्रम भएको छ l 

बोस्टन सप्ताह २०१७ को कलस यात्रा रुक्मिणी कार्कीको संयोजकतत्वमा कलश यात्रा समिति गठन भएको थियो l पहिलो दिन गत अगस्त ६ तारिख का दिन १००८ महिलाहरुले आफ्ना सांस्कृतिक भेषभुषामा सप्ताहको सुरुवात गरेका थिए l  

गत अगस्त ६ तारिख देखि १२ सम्म चल्ने सप्ताहब्यापी कार्यक्रम श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सब ,बोस्टन सप्ताह २०१७ को आज तेश्रो दिन भएको छ l 

कलस यात्राको लागि ९२ बर्षिय बृद्ध महिला देखि बालबालिका ,किशोरी तथा सवै उमेरका महिलाहरुको उत्साहजनक उपस्थिति रहेको थियो l सहभागी हुने महिलाहरु आश्चर्य हुनु को साथै श्रद्धापुर्वक र हर्सोल्लास को साथ कलस यात्रामा सहभागीता जनाएका थिए l कलस यात्रामा सहभागी हुने महिलाहरु अत्यधिक रमाउदै जताततै महिला देखे पछि निकै रमाएका थिए भने सहभागीहरु बोस्टन सेरोफेरोबाट गाडी आरक्षित गरेर समेत सहभागी हुन् आएका थिए l 

सहभागीहरु मिस्टिक भ्याली पार्कवे को बिशाल पार्कमा करिब १ हजार ५ सय सहभागीहरु रहेको अनुमान गरिएको छ lकलश यात्रा पछि सप्ताह कक्ष शिबालय मन्दिरको दुर्गा कक्षमा पुगेर बिधिबत श्रीमद्भागबत सप्ताहा महायज्ञ तथा बृहद आध्यात्मिक महोत्सव को उदघाटन गरिएको थियो ।

पहिलो र दोश्रो दिन गरेर करिव २ लाख ७० हजार डलर दान संकलन गरिएको जनाएका छन् l कलस यात्रामा सहभागी भएका महिलाले सप्ताह समाप्त भए पछि न्युनतम रकम $ ५१ डलर तिरे पछि उक्त कलस घर लान पाउने छन्  l कलशहरु भागवत सप्ताह महायज्ञको बिधि बाट सात दिन सम्म पुजिने छन् भने  महोत्सब सम्पन्न भए पछि उक्त कलस आफुले घरमा पूजा गर्ने कोठामा लगेर राख्न सकिने छ 

आध्यात्मिक महोत्सबमा भागवत सप्ताह प्रस्तुतिका वाचनप्रवीण दीनबन्धु पोख्रेल गरि रहेका छन् l  बोस्टन स्थित पशुतिपतिनाथको मन्दिर  र भगवान बुद्धको स्तुप सहितको सामुदायिक भवन स्थापना गर्ने उद्देश्य सहित सन् २०१२ मा स्थापित पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्युइंगल्यान्डको सहयोगार्थ साता ब्यापी कार्यक्रम श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सबको आयोजना गरिएको हो l

बोस्टन सप्ताह २०१७ आयोजनाका लागि  १००१ सदस्यीय समारोह आयोजक मूल समिति गठन गरिएको छ l सप्ताहमा अन्य आकर्षणहरुमा भागवत पुराण तथा कथा वाचन ,वबौद्ध तथा किराँत धर्म शिक्षा ,कलश यात्रा तथा झाँकी प्रदर्शन,लामा पाठ ,रुद्री तथा चण्डी पाठ,ब्रज्रयान गुरूजू पूजा ,गुन्यूचोलो ,सामुहिक ब्रतबन्ध ,ब्रत समापन ,लाखबत्ति ,तुला दान,दश दान ,मूर्ति प्राण प्रतिष्ठा तथा अखण्ड ध्यान (रिले मेडिटेशन) रहने छन् l

तस्बिर :बिमल नेपाल।सान प्रधान 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल