विजय थापा/साउन ३१, वाशिंगटन डिसी l अमेरिका नेपाल मेडिकल फाउन डेसन(एएनएमएफ )ले नेपालमा गएको बाढी पिडितको सहयोगार्थ चिकित्सा सहायताको साथै ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


विजय थापा/साउन ३१, वाशिंगटन डिसी l अमेरिका नेपाल मेडिकल फाउन डेसन(एएनएमएफ )ले नेपालमा गएको बाढी पिडितको सहयोगार्थ चिकित्सा सहायताको साथै ज"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएनएमएफले बाढी पिडितका लागि ५० हजार डलरको कोष वृद्धि गर्ने

३१ श्रावण २०७४, मंगलवार ०१:५९



विजय थापा/साउन ३१, वाशिंगटन डिसी l अमेरिका नेपाल मेडिकल फाउन डेसन(एएनएमएफ )ले नेपालमा गएको बाढी पिडितको सहयोगार्थ चिकित्सा सहायताको साथै जन स्वास्थ्य सम्बन्धि सहयोग गर्ने उद्देश्यले कोष वृद्धि सुरुवात गरेको छ l 

नेपालमा गएको ठुलो धनजनको क्षति भएको अवस्थामा संस्थाले बोलाएको कार्यकारी समितिको बैठकले क्षतिग्रस्त तथा पिडित परिवारलाई सहायता गर्ने निर्णय गरेको छ l 

छिटो भन्दा छिटो राहत तथा सहयोग पुर्याउने उदेश्यले भेला भएको बैठकले $ ५ हजार संकलन गरि सकेको छ भने एक कार्य दल पनि निर्माण गरेको  संस्थाका उपाध्यक्ष डा सन्तोष सापकोटाले दिएका छन् l 

सन् १९९७ मा नेपाली मुलका चिकित्सक को प्रयास तथा नेपाललाई माया गर्ने अमेरिकन चिकित्सकहरुको पहलमा स्थापाना भएको अमेरिका नेपाल मेडिकल फाउनडेसन का संस्थापक अध्यक्ष डा अर्जुन कार्की हुन् l 

गैर मुनाफा सामाजिक संस्था को रुपमा न्युयोर्कमा दर्ता भएको संस्था एएनएमएफको मुख्य उदेश्य नेपालका परियोजनालाई सहयोग गर्नु को साथै स्वास्थ्य सेवा पुर्याउनु रहेको छ l 

यसको साथै नेपालका परियोजना लाई प्रबर्धन गर्दै स्वास्थ्य सेवा वितरणमा नेपाल लाई अधिकतम आत्म निर्भरता बनाउनु रहेको छ l संस्थाले नेपालमा गएको भूकम्पमा पिडित परिवार ,प्रकृति प्रकोप ,मानवीय सेवा जस्ता कार्यमा सहयोग गर्दै आएको र हाल पनि स्वास्थ्य सामुदायिक सेवा भवन निर्माण ,स्वास्थ्य चौकी, खानेपानी परियोजना तथा बिगतमा जाडो महिनामा कम्मल वितरण जस्ता काम गर्दै आएको छ l


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान