विजय थापा/भदौ २, अमेरिका l रिजउड नेपाली समाजले आयोजना गर्ने श्रीमदभागवत महापुराण को तयारी लगभग अन्तिम अवस्थामा पुगेको छ l आगामी अगस्त २३  बुधबार देखि अगस्त २९"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/भदौ २, अमेरिका l रिजउड नेपाली समाजले आयोजना गर्ने श्रीमदभागवत महापुराण को तयारी लगभग अन्तिम अवस्थामा पुगेको छ l आगामी अगस्त २३  बुधबार देखि अगस्त २९"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

​न्युयोर्कको रिजउड नेपाली समाजको महापुराणको तयारी अन्तिम

२०७४, २ भाद्र शुक्रबार ०२:०६


विजय थापा/भदौ २, अमेरिका l रिजउड नेपाली समाजले आयोजना गर्ने श्रीमदभागवत महापुराण को तयारी लगभग अन्तिम अवस्थामा पुगेको छ l आगामी अगस्त २३  बुधबार देखि अगस्त २९ मंगलबार सम्म श्रीमदभागवत महापुराण हुने छ l 

दुर्गा मन्दिर तथा नेपाली सामुदायिक भवन निर्माणको सहयोगार्थ सप्ताहब्यापी दोस्रो श्रीमद्भ भागवत पुराणको आयोजना गरिदै छ l यसै बीचमा नेपालमा आएको बाढीको कारण धनजन को ठुलो क्षति भएकोले तत्काल छिटो राहत पुगोस भनि आर्थिक सहयोग समेत गरेको छ l 

गत अगस्त १६ तारिख रिजउड नेपाली समाजका पदाधिकारीले मधेसी एसोसिएसन इन अमेरिकालाई करिव दुई लाख रुपैया (दुई हजार डलर एक डलर ) हस्तान्तरण गरेका छन् l मधेसी एसोसिएसन इन अमेरिकाले बाढी पिडित क्षेत्रमा राहत वितरण युद्ध स्तरमा गर्दै गरेको सामाजिक संजाल मार्फत जनाएको छ l 

बाचन प्रवीण दीनबन्धुको प्रमुख वाचकत्वमा श्रीमदभागवत महापुराणको आयोजना हुने छ l संस्थाले नेपाल सरकारका प्रतिनिधि तथा न्यूयोर्कका नगर प्रमुख तथा विभिन्न धर्मगुरुद्वारा समुदघाटन गरिने समेत योजना बनाएको छ l 

उक्त महा पुराणमा कलश सहित विभिन्न समाजका धर्मगुरुहरुका साथ नगरपरिक्रमा गर्ने कार्यक्रम रहेको छ भने भक्तजनहरुको लागी सुलभ यातायात को व्यबस्था को साथै भोजनको व्यबस्था मिलाइने भएको छ l विभिन्न उप—समिती गठन र कार्य विभाजन गर्ने र करिब १० (दस लाख) डलर संकलन गर्ने उद्देश्यले लिएको छ l 

रिजउड नेपाली समाज गैर राजनीतिक तथा गैर नाफामुलक संस्था हो भने न्युयोर्कमा सन् २००३ मा दर्ता भएको हो l संस्थाले सन् २०१० मा श्रीमद्भागवत महापुराणको आयोजना गरी आफ्नै स्वामित्वमा रिजउडमा जग्गा खरिद गरेको छ l तस्बिर :बिमल नेपाल ​

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना