भदौ ४, मलेशिया | गैर आवसिय नेपाली संघ मलेशियाको ५ औ अधिबेशनले यतिबेला  मलेशिया तातिएको छ । उक्त संस्थाको अधिबेशन प्रत्येक २ बर्षमा हुने प्राबधान छ । अधिबेशनमा उम्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, मलेशिया | गैर आवसिय नेपाली संघ मलेशियाको ५ औ अधिबेशनले यतिबेला  मलेशिया तातिएको छ । उक्त संस्थाको अधिबेशन प्रत्येक २ बर्षमा हुने प्राबधान छ । अधिबेशनमा उम्म"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन मलेशियाको अधिबेशनमा बहुमतकै लागि यस्तो चलखेल

२०७४, ४ भाद्र आईतवार ०४:२६

भदौ ४, मलेशिया | गैर आवसिय नेपाली संघ मलेशियाको ५ औ अधिबेशनले यतिबेला  मलेशिया तातिएको छ । उक्त संस्थाको अधिबेशन प्रत्येक २ बर्षमा हुने प्राबधान छ । अधिबेशनमा उम्मेदवारी दिन मलेशियामा रहेर विभिन्न संघ-संस्थाका प्रतिनिधित्व गरिरहेका  राजनीतिक दल, समाजसेवी, ब्याबसायी, जातिय सस्था र गैर नेपालीहरुको होडबाजी चलिरहेको छ । एन आर एनका पुर्ब पदाधिकारीहरु अधिबेशनको तिब्र तयारीमा लागिपरेका छन् । बहुमत कस्को पक्षमा आउछ र आगामी कार्यकाल कस्को नेतृत्वमा हुने हो ? भन्ने मलेशियामा श्रम गरिरहेका आम नेपाली नागरिकहरुको सरोकार र चासोको बिसय बनिरहेको छ।

'नेपालका लागि नेपाली' भन्ने एनआरएनको नाराले बिस्वभर सार्थकता नपाएपनि चर्चा भने कमाउने गरेको छ । NRNA प्राय सबै मुलुकमा बिबादास्पद संस्था भन्दा फरक पर्दैन । मलेशियामा पनि त्यस्तै भयो जे हुनुपर्ने त्यो भइरहेको छैन । जे नहुनुपर्ने त्यो भइरहेको छ । त्यसो त केही दिन अगाडि मात्र १/२ ओटा अनलाइन पत्रीकाले उम्मेदवारी लाई लक्षित गरि मलेशियामा एक दशक देखि समाजसेवा र ब्याबसायी गर्दै आइरहेका हरि भट्टराई र रमेस प्रसाद तिवारीले एन आर एन भवन निर्माणमा बोलेको १ लाख ५१ हजार बुझाएका छैनन् भनेर विवादमा तान्ने काम भयो । चुनाब नजिकिदै गर्दा अप्रत्यक्ष रुपमा गलत प्रचारप्रसार गरेर उम्मेदवारी माथी हमलाको प्रयास भएकै हो ।

त्यसैगरी मलेशियाको अधिबेशन नजिकिदै गर्दा अर्को रहस्य पनि खुलेको छ । यहि अगस्ट २७ तारिक हुने एन आर एनको अधिबेशनलाई लक्षित गरेर हर्बो इन्टरनेसनलले पनि बहुमतको लागि आफ्नो सदस्यहरु प्रशिक्षण दिन NRNA कै लगानिमा नेपालबाट हर्बो सम्बन्धि ख्याती प्राप्त ब्याक्तीहरुलाई मलेशिया बोलाएर हर्बो कार्यक्रमको नाममा NRNA चुनाब र अधिबेशन सम्बन्धि मलेशियाका विभिन्न ठाउमा कार्यक्रम तिब्र गरिरहेको एकाएक रहस्य खुलेको छ । त्यसो त यहाँ मलेशियामा रहेर श्रम गरिरहने नेपालिहरु नै हर्बो ब्याबसायमा आवद्ध छन् । हर्बो एन आर एनकै सिर्ष ब्यक्तिहरुले हाकिरहेको एउटा नेटवर्क  ब्याबसाय हो ।

मलेशियाका विभिन्न क्षेत्रमा रहेर हर्बो नेटवर्क  ब्याबसायमा आवद्ध नेपालीहरु NRNA को लगानिमा सदस्यता निशुल्क खान र बस्ने सुबिधा सहित २६ तारिक बेलुकी नै क्वालालम्पुरको एक होटेलमा जम्मा गर्ने योजना रहेको पनि रहस्य खुलेको छ ।

एउटा सामाजिक संस्थाको नेतृत्व चुन्न पुजिबादी र ब्याबसायिक हाबी बनाउने हो भने के यहाका नेपालीहरुले एन आर एनबाट भरपुर सहयोग प्राप्त गर्लान त भन्ने प्रस्न उठ्न थालिसकेको छ ? सामाजिक अभियान र नितिको आधारमा स्वच्छ र बैचारिक प्रतिस्पर्धा हुनुपर्छ तर यहाँ त्यो नभएर जित्नकै लागि यतिधेरै रकम खर्चेर चुनाबको लागि बहुमत जुटाउने एन आर एन मलेशियाको जिम्मेवारी कता तिर मोडिदै छ भन्ने सजिलै अनुमान लाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना