भदौ ४, मलेशिया | गैर आवसिय नेपाली संघ मलेशियाको ५ औ अधिबेशनले यतिबेला  मलेशिया तातिएको छ । उक्त संस्थाको अधिबेशन प्रत्येक २ बर्षमा हुने प्राबधान छ । अधिबेशनमा उम्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, मलेशिया | गैर आवसिय नेपाली संघ मलेशियाको ५ औ अधिबेशनले यतिबेला  मलेशिया तातिएको छ । उक्त संस्थाको अधिबेशन प्रत्येक २ बर्षमा हुने प्राबधान छ । अधिबेशनमा उम्म"/>
2026-09-08 01:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन मलेशियाको अधिबेशनमा बहुमतकै लागि यस्तो चलखेल

भदौ ४, मलेशिया | गैर आवसिय नेपाली संघ मलेशियाको ५ औ अधिबेशनले यतिबेला  मलेशिया तातिएको छ । उक्त संस्थाको अधिबेशन प्रत्येक २ बर्षमा हुने प्राबधान छ । अधिबेशनमा उम्मेदवारी दिन मलेशियामा रहेर विभिन्न संघ-संस्थाका प्रतिनिधित्व गरिरहेका  राजनीतिक दल, समाजसेवी, ब्याबसायी, जातिय सस्था र गैर नेपालीहरुको होडबाजी चलिरहेको छ । एन आर एनका पुर्ब पदाधिकारीहरु अधिबेशनको तिब्र तयारीमा लागिपरेका छन् । बहुमत कस्को पक्षमा आउछ र आगामी कार्यकाल कस्को नेतृत्वमा हुने हो ? भन्ने मलेशियामा श्रम गरिरहेका आम नेपाली नागरिकहरुको सरोकार र चासोको बिसय बनिरहेको छ।

‘नेपालका लागि नेपाली’ भन्ने एनआरएनको नाराले बिस्वभर सार्थकता नपाएपनि चर्चा भने कमाउने गरेको छ । NRNA प्राय सबै मुलुकमा बिबादास्पद संस्था भन्दा फरक पर्दैन । मलेशियामा पनि त्यस्तै भयो जे हुनुपर्ने त्यो भइरहेको छैन । जे नहुनुपर्ने त्यो भइरहेको छ । त्यसो त केही दिन अगाडि मात्र १/२ ओटा अनलाइन पत्रीकाले उम्मेदवारी लाई लक्षित गरि मलेशियामा एक दशक देखि समाजसेवा र ब्याबसायी गर्दै आइरहेका हरि भट्टराई र रमेस प्रसाद तिवारीले एन आर एन भवन निर्माणमा बोलेको १ लाख ५१ हजार बुझाएका छैनन् भनेर विवादमा तान्ने काम भयो । चुनाब नजिकिदै गर्दा अप्रत्यक्ष रुपमा गलत प्रचारप्रसार गरेर उम्मेदवारी माथी हमलाको प्रयास भएकै हो ।

त्यसैगरी मलेशियाको अधिबेशन नजिकिदै गर्दा अर्को रहस्य पनि खुलेको छ । यहि अगस्ट २७ तारिक हुने एन आर एनको अधिबेशनलाई लक्षित गरेर हर्बो इन्टरनेसनलले पनि बहुमतको लागि आफ्नो सदस्यहरु प्रशिक्षण दिन NRNA कै लगानिमा नेपालबाट हर्बो सम्बन्धि ख्याती प्राप्त ब्याक्तीहरुलाई मलेशिया बोलाएर हर्बो कार्यक्रमको नाममा NRNA चुनाब र अधिबेशन सम्बन्धि मलेशियाका विभिन्न ठाउमा कार्यक्रम तिब्र गरिरहेको एकाएक रहस्य खुलेको छ । त्यसो त यहाँ मलेशियामा रहेर श्रम गरिरहने नेपालिहरु नै हर्बो ब्याबसायमा आवद्ध छन् । हर्बो एन आर एनकै सिर्ष ब्यक्तिहरुले हाकिरहेको एउटा नेटवर्क  ब्याबसाय हो ।

मलेशियाका विभिन्न क्षेत्रमा रहेर हर्बो नेटवर्क  ब्याबसायमा आवद्ध नेपालीहरु NRNA को लगानिमा सदस्यता निशुल्क खान र बस्ने सुबिधा सहित २६ तारिक बेलुकी नै क्वालालम्पुरको एक होटेलमा जम्मा गर्ने योजना रहेको पनि रहस्य खुलेको छ ।

एउटा सामाजिक संस्थाको नेतृत्व चुन्न पुजिबादी र ब्याबसायिक हाबी बनाउने हो भने के यहाका नेपालीहरुले एन आर एनबाट भरपुर सहयोग प्राप्त गर्लान त भन्ने प्रस्न उठ्न थालिसकेको छ ? सामाजिक अभियान र नितिको आधारमा स्वच्छ र बैचारिक प्रतिस्पर्धा हुनुपर्छ तर यहाँ त्यो नभएर जित्नकै लागि यतिधेरै रकम खर्चेर चुनाबको लागि बहुमत जुटाउने एन आर एन मलेशियाको जिम्मेवारी कता तिर मोडिदै छ भन्ने सजिलै अनुमान लाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल