भदौ ५, सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकारमा नेपालका विजय सापकोटा नियुक्त भएका छन् । सापकोटा अस्ट्रेलियाका प्रधानमन्त्री सल्लाहकार..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ५, सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकारमा नेपालका विजय सापकोटा नियुक्त भएका छन् । सापकोटा अस्ट्रेलियाका प्रधानमन्त्री सल्लाहकार..."/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियन प्रधानमन्त्रीको सल्लाहकारमा नेपाली युवा

५ भाद्र २०७४, सोमबार ०८:०३

भदौ ५, सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकारमा नेपालका विजय सापकोटा नियुक्त भएका छन् । सापकोटा अस्ट्रेलियाका प्रधानमन्त्री सल्लाहकारहरु मध्ये १७ जनाको टिममा एक जना सदस्यको रुपमा नियुक्त भएका हुन् । 

सापकोटालाई अस्ट्रेलियाका प्रधानमन्त्रीले निर्माण गरेको अन्तर्रास्ट्रिय शिक्षाका लागि परिषदको पदेन सदस्यका रुपमा नियुक्ति दिईएको हो । उनले आफु यस पदमा नियुक्त भएसँगै नेपाली बिद्ध्यार्थीको हितमा हुने काम गर्ने प्रतिबद्धता जनाएका छन् । १७ जनाको परिषदमा सदस्य बनेका सापकोटा गत वर्ष निर्माण भएको सल्लाहकार बोर्डमा यो वर्ष जुलाईमा उनी अन्तर्रास्ट्रिय विद्यार्थी परिषद् सीआर्इएसए डट र्इडीयू डट एयूको सभापति निर्वाचित भएपछि उक्त संस्थाको सभापतिको हैसियतले नियुक्त गरिएको हो ।

अन्तर्रास्ट्रिय विद्यार्थी परिषद् सीआर्इएसए डट र्इडीयू डट एयूको सभापति निर्वाचित भएपछि उनलाई फेसबुक मार्फत पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दक्षिण एशियाबाट सो पदमा पहिलो पटक निर्वाचित भएर नेपाली युवाहरू एक्काइसौं शताब्दीको नेतृत्व गर्न सक्षम छन् भन्ने उदाहरण बनेको भन्दै शुभकामना दिएका थिए । 

विजय सापकोटाको यो नियुक्तिसँगै यहाँको सरकारी डाईरेक्टरिमा उनको नाम प्रकाशित भएको छ (यहाँ क्लिक गरि हेर्नुहोस) । अस्ट्रेलियाको संघीय सरकारका मन्त्रीहरु संसदहरुसहित शिक्षा क्षेत्रका प्रभावकारी ब्यक्तित्वहरु रहेका बोर्डमा नेपालीले पहिलो पटक प्रवेश पाएको छ ।


यस अघि सापकोटालाई अस्ट्रेलियाले वर्ष विद्यार्थीका रुपमा समेत पुरस्कृत गरेको थियो । सापकोटा अहिले अस्ट्रेलियामा अध्ययनरत ६ लाख अन्तर्रास्ट्रिय विद्यार्थीको नेतृत्व गर्ने संस्थाका सभापति हुन् । सापकोटाले विश्वभरीबाट अष्ट्रेलिया आएका बिद्यार्थीहरुको नीतिको लागि काम गर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु