भदौ ७, लस एन्जेलस (एपी) | अमेरिकाको लस एन्जेलसस्थित अदालतका न्यायाधीशहरूको एक इजलासले जोन्सन एन्ड जोन्सन कम्पनीलाई ४१ करोड ७ लाख अमेरिकी डलर (करिब ४२ अर्ब ७५ करोड ९६ ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, लस एन्जेलस (एपी) | अमेरिकाको लस एन्जेलसस्थित अदालतका न्यायाधीशहरूको एक इजलासले जोन्सन एन्ड जोन्सन कम्पनीलाई ४१ करोड ७ लाख अमेरिकी डलर (करिब ४२ अर्ब ७५ करोड ९६ ला"/>
२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जोन्सनको बेबी पाउडरले क्यान्सर, ४३ अर्ब क्षेतीपूर्ति तिर्न अदालतको आदेश !

२०७४, ७ भाद्र बुधबार ०३:५४

भदौ ७, लस एन्जेलस (एपी) | अमेरिकाको लस एन्जेलसस्थित अदालतका न्यायाधीशहरूको एक इजलासले जोन्सन एन्ड जोन्सन कम्पनीलाई ४१ करोड ७ लाख अमेरिकी डलर (करिब ४२ अर्ब ७५ करोड ९६ लाख ४७ हजार रुपैया) क्षतिपूर्ति तिर्न सोमबार आदेश दिएको छ । 

क्यालिफोर्नियाली एक महिलाले कम्पनीको बेबी पाउडर प्रयोग गर्दा डिम्बाशयको क्यान्सर भएको दाबी गर्दै दायर गरको मुद्दाको फैसलामा इजलासले उक्त आदेश दिएको हो । मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशको इजलासले अस्पतालमा उपचार गराइरहेकी ६३ वर्षीया इभा इचेभर्रियालाई उक्त रकम दिन आदेश दिएको हो । ती महिलाले ११ वर्षको उमेरदेखि जोन्सन एन्ड जोन्सन कम्पनीको पाउडर प्रयोग गर्दै आएको बताएकी छन् । तिघ्राको काछ वरपर सुख्खा र स्वच्छ बनाइराख्नका लागि उनी नियमित रूपमा कम्पनीको बेबी पाउडर प्रयोग गर्थिन्।

अमेरिकाका विभिन्न अदालतमा कम्पनीविरुद्ध शृंखलाबद्ध सुनुवाइ हुँदै आएको छ । तर, हालसम्मकै सबैभन्दा ठूलो रकम क्षतिपूर्तिबापत पाउने इचेभर्रिया पहिलो बनेकी छन् ।

पाउडर प्रयोग गरकै कारण आफूलाई डिम्बाशयको क्यान्सर भएको भन्दै अन्य महिलालाई जोन्सन एन्ड जोन्सनको टेलकम पाउडर उपयोग नगर्न सल्लाह दिएकी छन्। उनले आफ्नो उजुरीमा लेखेकी छन्, ‘टेलकम पाउडर असामान्य रूपमा खतरनाक र दोषपूर्ण प्रकृतिको भएकै कारण डिम्बाशयको क्यान्सर भएको हो ।’ अघिल्लो वर्ष १६ दशमलव ५ अर्ब अमेरिकी डलरको व्यापार गरको कम्पनीलेआफ्नो उत्पादनमा चेतावनी लेखेपछि बल्ल इचेभर्रियाले जोन्सन पाउडरको प्रयोग गर्न बन्द गरको सञ्चार माध्यमहरूलाई बताएकी छन् । भनिन्, ‘तर, ढिलो भइसकेको रहेछ ।’ इचेभर्रियाको मुद्दाको सुनुवाइका क्रममा कम्पनीका कानुन व्यवसायीलेअमेरिकी खाद्य तथा औषधि विभागसहित विभिन्न वैज्ञानिक अनुसन्धानले जोन्सन एन्ड जोन्सनको उत्पादनमा खराबी नभएको पत्ता लागेको दाबी गरका थिए । सन् २००० मा कम्पनीले हावार्ड विश्वविद्यालयका अनुसन्धानकर्मीले पाउडर प्रयोग गर्ने ७८ हजार ६ सय ३० सहित १ लाख २१ हजार

महिलामाथि गरिएको अध्ययनमा दुर्भाग्यवश ३ सय ७ मा डिम्बाशयको क्यान्सर भेटिएको समेत कम्पनीको भनाइलाई तिनले राखेका थिए । कम्पनीले भनेको छ, ‘अनुसन्धाकर्मीले आफ्नो समग्र रिपोर्टमा पाउडर प्रयोग गर्दा इपिथिलय ओभरी क्यान्सर नपाएको बताएको थियो ।’ एक हजारभन्दा बढी महिला, जो कम्पनीकोबेबी पाउडर प्रयोग गर्ने गर्छन्, ती मध्ये इचेभर्रिया पनि एक थिइन् । तर, कम्पनीविरुद्ध थोरैमात्र महिला अदालत जाने गरको छन्। यसै वर्षको मेमा मिसौरीस्थित अदालतका न्यायाधीशहरूको बेन्चले भर्जिनियाकी एक महिलालाई ११ करोड अमेरिकी डलरको क्षतिपूर्ति कम्पनीबाट भराएको थियो । अघिल्लो वर्ष पनि पनि मिसौरी अदालतले साढे ५ करोड र ७ करोड २० लाख अमेरिकी डलरको क्षतिपूर्ति तिर्न कम्पनीलाई आदेश दिएको थियो । ७ करोड २० लाख क्षतिपूर्ति पाउने महिलाकोअदालती फैसला आउनुअघि नै मृत्यु भइसकेको थियो । यसै वर्षको मार्चमा सेन्ट लोउस स्थित अदालतका न्यायाधीशले कम्पनीविरुद्ध एक महिलाले दायर गर्न खोजेको मुद्दा अस्वीकार गरको न्युयोर्क टाइम्सले जनाएको छ । धेरै महिलाहरूले आफ्नो तिघ्राको काछ वरपर, स्यानिटरी प्याड या कट्टुलाई सुकाउन र ताजा बनाइराख्न बेबी पाउडरको प्रयोग गर्छन् । अमेरिकी राष्ट्रिय क्यान्सर संस्थाका अनुसार अमेरिकामा १ दशमलव ३ प्रतिशतलाई डिम्बाशयको क्यान्सर रहेको छ । सन् १९७१ मा वाल्सका वैज्ञानिकहरूले पाउडरको कणहरूमा ओभरी र सर्भाकल (डिम्बा र ग्रिवा) ट्युमर हुने पत्ता लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो