एडिलेड, (अस्ट्रेलिया) | साउथ अस्ट्रेलियाको राजधानी एडिलेडको क्युरिए स्ट्रिटमा अबस्थित इ-प्लेनट एजुकेशन कन्सल्टेन्सीको हलमा "लुम्बिनी: संभावना र चुनौतिहरु" बिषयक अन्तर्कृ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एडिलेड, (अस्ट्रेलिया) | साउथ अस्ट्रेलियाको राजधानी एडिलेडको क्युरिए स्ट्रिटमा अबस्थित इ-प्लेनट एजुकेशन कन्सल्टेन्सीको हलमा "लुम्बिनी: संभावना र चुनौतिहरु" बिषयक अन्तर्कृ"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियामा “लुम्बिनी: संभावना र चुनौतिहरु” बिषयक अन्तर्कृया

२०७४, ८ भाद्र बिहीबार ०२:११


एडिलेड, (अस्ट्रेलिया) | साउथ अस्ट्रेलियाको राजधानी एडिलेडको क्युरिए स्ट्रिटमा अबस्थित इ-प्लेनट एजुकेशन कन्सल्टेन्सीको हलमा "लुम्बिनी: संभावना र चुनौतिहरु" बिषयक अन्तर्कृया कार्यक्रम आयोजना गरियो । लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले लुम्बिनीका सम्बन्धमा प्रस्तुत गर्नु भएको बहुआयामिक प्रस्तुतिमा साउथ अस्ट्रेलियाका लागि अबैतनिक नेपाली महाबाणिज्यदूत दिपक धमला, एनआरएनए आइसीसी सदस्य गोकुल घिमिरे, एनआरएनए साउथ अस्ट्रेलिया संयोजक अशोक केसी, एनआरएनए साउथ अस्ट्रेलिया निबर्तमान अस्ट्रेलिया उपाध्यक्ष नबिन कंडेल, एनआरएनए अस्ट्रेलिया केन्द्रिय सदस्य नबिन पन्त, समाजसेवीहरु डा पंकज पौडेल, राजु उपाध्याय, कपिल पाण्डे आदिको उपस्थिति थियो ।

लुम्बिनीको विकासका लागि राष्ट्र संघ मार्फत दुइ गुरु योजना तयार भैसकेको चर्चा गर्दै गुरु योजना मुताबिक लुम्बिनीको बिकास संपन्न गरी ठोस योजना सहित अगाडि बढन सकिएको खण्डमा वार्षिक डेढ अर्ब डलरभन्दा बढी आम्दानी सहजै गर्न सकिने र यस्ले देश बिकासमा कायापलट नै गर्न सक्ने बताउनु भयो । कोरिया र स्वीडेनको पाठ्य पुस्तकमा वुद्धजन्मस्थल बिषयमा भएको गल्ती सच्याउने ऐतिहासिक कामपछी अभियानका तर्फबाट आफूले सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई केही प्राबिधिक कारणले गर्दा ती देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरण र ती देशका हजारौंको मानब अधिकार हनन हुनबाट जोगाउनका खातिर सच्याइनु पर्ने आग्रह गरी तयार पारेको छ: पेज लामो अनुसन्धनात्मक प्रतिबेदन नेपाल सरकारलाई हस्तान्तरण गरेपस्चात अभियानको प्रतिबेदनलाई आधार मानेर नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाइ पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती देशमा पत्राचार गरेको चर्चा गर्दै लुम्बिनीको बिकाससंग विस्वका १४% जनताको भावनाको कदर, ग्लोबल वार्मिङ समस्या समाधान, विस्व शान्ति, विस्वमा भातृत्वको बिकास जस्ता महत्वपूर्ण कुराहरु जोडिएकोले लुम्बिनीको बिकासको विस्वब्यापी महत्व रहेको बताउनु भयो । 


श्रेष्ठले नेपालमा रहने नेपालीले वुद्धको जन्मस्थल बिषयमा आफूले बुझेको कुरालाई नै विस्व जनताले पनि बुझेको रुपमा लिनु, भू-राजनीतिक अवस्था जस्ता कुरा राष्ट्रिय स्तरमा र अन्तराष्ट्रिय स्तरमा बिभिन्न देशको पाठ्य पुस्तकमा नै गलत जानकारी हुनु, बिस्व स्तरीय पत्रिका, संग्राहलय, पत्रकार, सन्जालले पनि गलत जानकारी प्रबाह गर्नु गर्नु जस्ता कारणहरुले गर्दा समस्याले विस्वब्यापी रुप लिएको चर्चा गर्नु भयो ।

प्रस्तुतिको क्रममा श्रेष्ठले अमेरिकी जुता कंपनीले वुद्धको फोटो जुत्तामा राखेपछी तात्कालिन अमेरिकी राष्ट्रपति ओबामालाई अभियानका तर्फबाट आफूले लेखेको चिट्ठी र हालमा सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई लेखेको प्रतिबेदनमा कसैलाई आरोप लगाउने काम नभएको बरु प्रसंशा गर्ने काम यथेस्ट मात्रामा भएकोले यो अभियानमा सहभागी भएर अगाडि बढ्न कोही पनि त्रसित हुन नपर्नेबारे प्रस्ट पार्नु भयो । सरकारले गर्नु पर्ने काम जनस्तरबाट यत्ति धेरै भैसकेको र समस्याको जरो भएको कारण अबको मूल काम भनेकै बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गल्ती सच्याउने भएको र यस्को लागि नेपाल सरकारको सहयोग र सहभागिता अपरिहार्य भएकोले हालसम्म भए गरिएका कामहरुलाई उत्प्रेरित गरी प्रभाबकारी तवरबाट निर्णयक मोडमा पुर्याउन आफूले सरकारलाई शून्य आर्थिक भार पर्ने गरी संयन्त्र तयार गर्न ड्राफ्ट वली सरकारकै पालामा पठाएको र त्यस्लाई परिमार्जन गरी यथाशीघ्र पुन: बर्तमान सरकारलाई पनि पठाइने जानकारी दिनु भयो ।

प्रस्तुतिको अन्तमा प्रश्नोत्तर र छलफलको कार्यक्रम थियो । कार्यक्रमपछी अभियानको उद्धेस्य प्राप्तीमा सहयोग हुने केही ठोस काम गर्न एडिलेडमा प्रयास गरिने प्रतिबद्धता सहभागीहरुले जनाउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन