स्वीटजरल्याण्ड । गैर आवासीय नेपालि संघ स्वीटजरल्याण्डको आगामी निर्वाचनका लागि   बिजय शर्मा दर्पणले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन। विगत ६ बर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स्वीटजरल्याण्ड । गैर आवासीय नेपालि संघ स्वीटजरल्याण्डको आगामी निर्वाचनका लागि   बिजय शर्मा दर्पणले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन। विगत ६ बर्"/>
2026-09-08 01:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दर्पणले दिए एनआरएनए स्विसको उपाध्यक्षमा उम्मेद्वारी

स्वीटजरल्याण्ड । गैर आवासीय नेपालि संघ स्वीटजरल्याण्डको आगामी निर्वाचनका लागि   बिजय शर्मा दर्पणले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन। विगत ६ बर्षदेखि स्वीटजरल्याण्डमा रहदै आएका विजय शर्मा दर्पण सामाजिक सेवामा सक्रिय रही नेपाल र नेपालीको सेवा गर्दै आईरहेका छन। एक कुशल पत्रकारको रुपमा मेरोजिल्ला डटकम अनलाईनका प्रमुख सम्पादक रहेका दर्पणले एनआरएनए स्विसको आगामी कार्यकाल २०१७/२०१९ को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन।

स्विसमा रहने सम्पूर्ण गैर आवासीय नेपालीहरुको आशा र भरोसाको केन्द्र रहेको एनआरएनए स्विसलाई अझ बढी सशक्त बनाउनका लागि आफू उम्मेदवार बन्न लागेको दर्पणले जानकारी दिएका छन। आफुले विगतमा संचय गरेको अनुभव र स्विस निवासी नेपाली अग्रज तथा दाजुभाई एबम दिदीबहिनी हरुले दिएको माँया स्नेह: सद्भावले पाएको बिश्वास भरोशाले सबैको साथ सहयोग र समर्थनले २०१५/२०१७ को कार्यकालमा कार्यकारी सदस्य भई एनआरएनए स्विसमा काम गर्ने शुभ अवसर पाएको उल्लेख गर्दै दर्पणले आगामी दिनहरुमा ससक्त भई उर्जाशील जोस,जागर र नयाँ कार्ययोजनाहरुको साथमा निरन्तररुपमा संस्थाको लागि लागिपर्ने बताएका छन।

स्विसमा छरिएर रहेका हामी नेपालीहरु अनौपचारिक रुपमा नेपाल र नेपाली जनताका अघोषित राजदुत भएको बतादै बिजय शर्मा दर्पनले नेपाली कला,संस्कृति, भाषा र नेपाली पहिचान सदासर्वदा संरक्षण सम्वर्धन गर्ने बताउने दर्पणले स्विस कला संस्कृति र भाषा सित समानान्तर रुपमा विकास गर्दै नेपाली पहिचानको प्रदर्शनले मार्गदर्शन गर्ने बताउछन। त्यसैले स्विसमा जन्मेका हुर्केका हाम्रा सन्ततिहरुलाई नेपाली भाषा र संस्कृतिको बारेमा शिक्षा दिनु अपरिहार्य छ भन्दै दर्पणले यसकारण एनआरएन स्वीटजरल्याण्डले विभिन्न क्यान्टोन हरुमा नेपाली भाषा कला संस्कृति सिकाउने केन्द्र खोलेर नेपाली भाषा र संस्कृति सम्बन्धी शिक्षा दिन जरुरी भएको स्पष्ट पारेका छन।

उहाँको अपिल जस्ताको तस्तै

आदरणीय स्विसबासि नेपाली दाजु भाई तथा दीदि बहिनि हरु,

स्वीटजरल्याण्डमा नेपाली आप्रबासीको रुपमा प्रवेश गरि, मैले बिगत ६ बर्ष देखि सामाजिक सेवामा समंल्गन रही नेपाल र नेपालीको सेवा गरेको कुरा यहाँ हरु सबैमा जगजाहेर नै छ ।

स्वीटजरल्याण्डमा नेपाली पहिचान र संस्कृति विकासको लागि मैले गरेको योगदानको कदर गर्दै तपाईहरु सबैले गैरआवासीय नेपाली संघ स्वीटजरल्याण्डको नेतृत्व तहमा जान बिभिन्न सामाजीक संजाल मार्फत तथा फोन र इमेल मार्फत जोस,जागर र हौसलापूर्ण उच्च मनोबलको उर्जा प्रदान गर्नु भएकोमा यहाँहरुलाइ धेरै धरै धन्यवाद दिन चाहन्छु । साथै यहाँहरु सबैको अनुरोधलाई स्वीकार गर्दै गैर आवासीय नेपाली संघ स्वीटजरल्यान्डको आसन्न अधिवेसनमा मैले उपाध्यक्षको पदमा उम्मेदवारी दिन लागेको कुरा यहाँ हरु सबै लाइ अबगत गराउन चाहन्छु । स्वीसमा हामी नेपाली आप्रबासी हरु अघोषित नेपाली ब्रान्ड (एम्बेसेडोर) राजदूत हौ। हाम्रो हाउ भाउ ,हाम्रो कला, हाम्रो संस्कृतिले हाम्रो नेपाली पहिचान प्रदर्शन गर्दछ। तसर्थ स्विसमा जन्मेका र हुर्केका हाम्रा सन्तति हरु लाइ नेपाली भाषा र संस्कृतिको बारेमा शिक्षा दिनु अपरिहार्य छ । यसकारण एनआरएन स्विसले विभिन्न क्यान्टोनहरुमा नेपाली भाषा सिकाउने केन्द्र खोलि नेपाली भाषा तथा संस्कृति सम्बन्धि शिक्षा दिनु जरुरी छ ।

आदरणीय दाजु भाई तथा दिदीबहिनीहरु, तपाईहरु सबै मान्यजनहरु मेरो प्रेरणाका स्रोत हुनु हुन्छ । अब यहाँहरु सबै संग छलफल गरी आगामी दिन हरुमा म मेरो भाबी नीति तथा कार्यकमहरु प्रकाशमा ल्याउने छु । आशा छ यहाँ हरु सबै ले यस एनआरएनएको अभियानलाई अझ प्रभाबकारी बनाउन मलाई सहयोग गर्नु हुने छ । यहाँहरुको सहयोगबाट नै म मेरो गन्तब्यमा पुग्न सफल हुनेछु । मेरो गन्तब्य भनेकै एनआरएनए स्वीटजरल्याण्डलाई सबैको पहुज सम्म पुराउने र संघको संस्थागत बिकास गर्ने, हरेक नेपालीहरुको हितको हक आधिकारको लागी स्वदेश तथा स्विसमा आवाज उठाउने र नेपालीको लागी नेपाली तथा एक पटकको नेपाली सधैको नेपाली भन्ने कथानलाई आत्म साथ गर्दै स्विसमा रहने सम्पूर्ण नेपाली समुदायको एकता अखण्डतालाई अझ धेरै बलियो बनाउने हो स्विस सरकार र नेपाल सरकारमा कानुनी मान्यता प्राप्त गरेको एनआरएनए स्विस तपाई हामी सबै को आशा र भरोसाको केन्द्र पनि हो। त्येसैले स्विसमा स्थानीय तथा राष्ट्रिय स्तरमा कार्यरत सम्पूर्ण संघ संस्थाहरुसित कार्यगत एकता सहमति सहकार्यका साथमा हाते मालो गर्दै एनआरएनए स्विसलाई सबैका भावना र बिचारलाई उच्च सम्मान गर्दै सम्पूर्ण नेपालीहरुको अपनोत्व महशुस हुने गरी छाता र साँझा संगठनको निर्माण गर्ने पुरा भरोसा र बिश्वास दिलाउन चाहन्छु। धन्यवाद !

भवदिय

बिजय शर्मा दर्पण

उपाध्यक्ष (उम्मेदवार)

एनआरएन एनसीसी स्वीटजरल्याण्ड

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल