मध्यरात भईसक्यो ! कतारमा नेपाल आइडलको कार्यक्रममा किन ढिलाई ?

साझासवाल
2 Min Read

असोज ६, काठमाडौँ | नेपाली समय अनुसार रातको १२ बज्न लागेको छ तर अझै नेपाल आइडलको ग्र्याण्ड फिनाले हेर्न बसेका नेपाली मात्र नभई कतारमै कार्यक्रम हेर्न पुगेकाहरुसमेत हैरान भएका छन् |

नेपाल आइडल हेर्न पुगेका धेरै नेपालीहरुले कतारमा कार्यक्रम सुरु गर्न प्राविधिक समस्या देखिएपछी अझै कति प्रतिक्षा गर्नुपर्ने हो भन्दै हैरानीपूर्ण स्टाटस हाल्न थालेका छन् |

नेपालमा समेत ९ बजे प्रसारण हुनुपर्ने कार्यक्रम निर्धारित समयभन्दा ३ घण्टा बित्दा पनि प्रसारण हुन सकेको छैन | यस बिषयलाई धेरैले पुर्व तयारी नभएको भन्दै आयोजकहरुको आलोचना गरेका छन् |

यता नेपाल आइडल प्रसारण गर्ने एपी वान टेलिभिजनले समेत प्राविधिक कारण नेपाल आइडल तोकिएको समयमा गर्न नसकेको भन्दै माफी मागेको छ | उसले प्राविधिक कारण भन्दै केहिबेरमा कार्यक्रममा प्रसारण गर्ने जनाएको छ |

त्यसो त नेपाल आइडल हेर्न भनि बिभिन्न स्थानमा प्रोजेक्टर नै राखेर हेर्नेदेखि घर-घरमा बसेर टेलीभिजन हेर्नेहरुले आयोजकहरुको आलोचना गर्न थालेका छन् भने फिनाले हेर्न आतुर बनेर कुरेर बसेकाहरु समेत मध्यरातसम्म पनि कार्यक्रम प्रसारणमा ढिलाई भएपछी सुतिसकेका छन् | अनलाइनमा सामाजिक संजाल तथा युटुबमा लाइभ हेर्नेहरुले बेइज्जत गरेको भन्दै निकै आलोचनापूर्ण स्टाटस तथा प्रतिकृयाहरु दिएका छन् |

कार्यक्रम प्रसारणमा ढिलाई भएपछी नेपाल आइडलले फेरी अर्को आलोचना खेप्ने निश्चित छ | नेपालमा सबैभन्दा राम्रो र अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम भन्दै आफैले चर्चा गर्दै आएको कार्यक्रम फाइनलमा कार्यक्रम प्रसारणमा चुक्न पुग्दा यसको क्रेज आफै घट्न पुगेको छ |

तश्विरमा हेर्नुहोस – निशान भट्टराईको गृह नगरमा फिनाले हेर्न बसेका दर्शकहरु:

Share This Article
Leave a Comment

Leave a Reply