Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

2026-09-08 01:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उज्ज्वल ठकुरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’बाट सम्मानित

विजय थापा/असोज २२, अमेरिका । अमेरिकन मरिन गोजु करातेका ५ डान (गोडान ) खेलाडी उज्ज्वल ठकुरीले हालै मात्र  अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएको केही दिन नबित्दै फेरि विश्व रेकर्ड कायम गर्न सफल भएका छन् ।  

“हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड “अमेरिकाको एउटा प्रसिद्ध पुरस्कार मात्र नभई अमेरिका भरि सर्वश्रेष्ठ खेलाडी चिनाउने लिजेण्ड पुरस्कार थियो । यो पुरस्कार अमेरिकन मार्शलआर्ट एशोसियसन द्वारा ९३ जना ख्याती प्राप्त खेलाडीहरुलाई प्रदान गरेको थियो । यो प्राप्त लगतै उज्ज्वल ठकुरीले “गिनिज बुक अफ वोर्ल्ड रेकर्ड”  राख्दै देशको नाम उच्च स्थानमा पुर्याएका छन् ।  

उनले गिनिज बुकमा रहेको भ्यानडम शैली द्वारा अधिक वजन पुरुषहरुले उठाउने विधामा ५० के.जी. को रेकर्डलाई तोडेर ६३.५८ के.जी. उठाई नयाँ विश्व रेकर्ड कायम गरि आफ्नो नाम सदाको लागी ” गिनिज बुक अफ वोर्ल्ड रेकर्ड ” मा लेखाउन सफल भएका छन् । 

यो विश्व रेकर्ड कायम गर्न विशेष गरि साथ दिनु हुने एचकेलि ताईक्वान्दोसंचालक ग्राण्ड मास्टर एचकेलि अन्तरराष्ट्रियका प्रशिक्षक ६ डान मास्टर कृष्ण बहादुर बलाल, ७ डान मास्टर साङ् इल् ह्वाङ, प्रशिक्षक ३ डान राष्ट्रिय खेलाडी रसद मेलोर तथा हाइ रेड बेल्ट मास्टर जेस्म ए रोल्लिङ जुनियर र दुई सानो ब्लाक बेल्टलाई पनि हृदय देखि धन्यवादको साथसाथै अर्को सहयोगी परिवार लि वूद एशोसियसन परिवारलाई पनि धन्यवाद ज्ञापन दिएका छन् । 

ठकुरीको जन्म काठमाडौंमा ४२ बर्ष पहिला भएको थियो । उनी काठमाडौंबाट अमेरिका १५ बर्ष अगाडी आएका थिए । 

उनले कराते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरि विभिन्न अवार्डहरु प्राप्त गरिसकेका छन् । जस मध्ये वर्ल्ड टाईटल बेल्ट, वर्ल्ड च्याम्पियन बेल्ट, दुईवटा राष्ट्रिय स्वर्ण पदक , दुईवटा अन्तरराष्ट्रिय कप त्यस्तै गरि दुईवटा अन्तरराष्ट्रिय ट्रफी लगायत विविध विधाका स्वर्ण पदक जिति सकेका छन् । 

करातेमा उनले आफ्नो ५ किसिमको पृथक विशेष अविष्कार गरेका थिए । जसमा “फाङ् काटामा”(अमेरिकन किक अन्तर राष्ट्रिय) अमेरिकन अन्तरराष्टिय खेलमा स्वर्ण कप  हात पारे । त्यस्तै सोही खेलमा “फांग खुकुरी काटा” मा रजत पदक हात पारे भने अर्को आविष्कार “फांग ब्रेकिंग” मा विश्व वेल्ट उपाधी प्राप्त गरेका थिए । 

त्यस्तैगरि  भ्यानडम शैली  मा विश्व च्याम्पियन वेल्ट र सर्टिफिकेट द्वारा “कुरो बुशि वोर्ल्ड च्याम्पियन खेलमा” नर्थ क्यारोलिनामा सम्मानित भएका थिए ।  

विश्व रेकर्ड कायम गर्न सफल खेलाडी उज्ज्वल ठकुरीले आगामी दिनमा अझै तिन किसिमको छुट्टा-छुट्टी विधामा ” गिनिज बुक अफ वर्ल्ड रेकर्ड ” कायम गर्न आफु हरदम प्रायसरत रहेको र त्यसमा सफलता मिल्नेमा पुर्ण विश्वस्त भएको पनि बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल