2026-09-08 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपाली चेली जोली अमात्य सम्मानित, यस्तो छ सम्मान गर्नुको कारण

विजय थापा | सयुक्त राष्ट्र संघ कि युवा सम्मेलनकि युवा अध्यक्ष नेपाली चेली जोली अमात्य न्युयोर्कमा सम्मानित भएकि छिन् । युएन वुमेन युएस राष्ट्रिय समितिको ३० औ बार्षिक उत्सवमा विविध कार्यक्रमको आयोजना तथा बिबिध प्रकारले मनाउने क्रममा उनलाई अन्य २ बिदेशी महिला सहित सम्मान गरिएको हो ।

यूएन महिलाहरुको लागि युएन राष्ट्रिय समितिले उनलाई “च्यामपिएन अफ चेन्ज ” द्वारा सम्मानित गरेको हो । ” परिवर्तन को बिजेता : विश्व भरका महिलालाई समर्थन गरौ “भन्ने मूल नारा रहेको उक्त कार्यक्रम न्युयोर्कको महानगर शाखाले आयोजना गरेको स्वागत समारोहमा अमात्य सम्मानित भएकी हुन् ।

उक्त समारोहमा सयुक्त ग्लोबल वेलनेस संस्था तथा ग्लोबल वेलनेस समिट कि अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सुसि एलिस ,कर्नरस्टोन क्यापिटल कि संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एरिका कार्प सहित सयुक्त राष्ट्र संघ कि युवा सम्मेलनकि युवा अध्यक्ष जोली अमात्य सम्मानित भएका हुन् ।

उक्त कार्यक्रम मा युएन महिलाका कार्यकारी निर्देशक तथा युएन उप सचिब ले बिशेष सम्बोधन गरेका थिए । सम्मानित हुने अमात्य सहित अन्य महिलाहरुले बोलेका थिए ।\

इतिहासको महत्त्वपूर्ण क्षणमा संयुक्त राष्ट्रसंघ तथा युनएन महिला शाखाले आफ्नो ३० औं बार्षिक उत्सव मनाएको छ। स्थायी विकासको लागि २ हजार ३० वटा कार्यसूचीलाई स्वीकार्दै राष्ट्रहरू १७ लक्ष्यका लागि प्रतिबद्ध छन् । सबैको लागि सम्मानको जीवन सुनिश्चित गर्न र विशेष गरी लैंगिक समानताको लागि ५ लक्ष्य संलग्न गरिएका छन् ।

जोलीलाई किन सम्मान ?

२७ वर्षीय जोली अमात्य नेपालकि एक युवा व्यवसायिक हुन्। संयुक्त राष्ट्रसंघको युवा सभाको अध्यक्षता गरेकी छिन् । न्युयोर्क स्थित सयुक्त राष्ट्र संघ प्रधान कार्यालय हुने अर्ध-वार्षिक युवा सम्मेलन जसले संवादको प्रोत्साहन गर्न र असाधारण युवाहरुको बीच साझेदारीको लागि एक अद्वितीय मंच प्रदान गर्दछ। उक्त सम्मेलनमा उनले नेतृत्व प्रदान गरि सकेकी छिन् ।

बालबालिका र युवाहरूको संयुक्त राष्ट्र मुख्य समुह (यूएन एमजीसीवाई) र संयुक्त राष्ट्र अन्तर सञ्जाल युवा विकास ,लिङ्ग समानताका कार्यकारी समूहको सक्रिय सदस्य पनि छिन । उनि थुप्रै अन्तरराष्ट्रिय संघ/संस्था तथा सयुक्त राष्ट्र संघ संघ आबद्ध छिन् ।

अभियानको बारेमा: ३० वर्षको लागि ३० वटा योद्धाहरू मनाउने 


शाखाले आफ्नो बिजेता परिवर्तन अभियान सञ्चालन गर्दैछ । र परिवर्तनको योद्धाको प्रारम्भिक समूहलाई परिचय गर्नेछ। यी बिजेता महिला सशक्तिकरणका लागि वकालत गर्ने छन् र उनीहरूको व्यावसायिक र व्यक्तिगत कामको माध्यमबाट महिलाको जीवन परिवर्तन गर्न प्रतिबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल